फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
साग खेलकुद प्रतियोगिताअन्तर्गत म्याराथुन र साइक्लिङ खेलका कारण शनिबार काठमाडौँ उपत्यकाको यातायात दिनभर प्रभावित बन्यो । साइक्लिङ र दौडका लागि राजधानीको कलङ्कीदेखि सूर्यविनायकसम्मको बाटो बन्द गरिएको थियो । सडक बन्दले लाखौँ मानिस सवारी जाममा परे । वैकल्पिक मार्ग भनिएका बाटासमेत साँघुरा र अस्तव्यस्त भएकाले यात्रुले थप समस्या भोग्नुप¥यो । यसअघि पनि विशिष्ट पदाधिकारीको ‘सवारी’ हुँदा सर्वसाधारण जनताले यस्तै समस्या भोग्ने गर्थे ।
सरकारले भरपर्दो विकल्पबिना नै प्रमुख राजमार्ग पूर्णरूपमा ठप्प पार्नु गलत हो । जनजीवनमा यसले नकारात्मक प्रभाव पारेको छ । राज्यका जिम्मेवार निकायले सवारी आवागमनको उचित व्यवस्थापन गरेको भए जनता समस्यामा पिरोलिने थिएनन् । मूल सडकमा सवारी आवागमन रोक्नुअघि नै वैकल्पिक सडकको अवस्थामा सुधार गर्न राज्य गम्भीरतापूर्वक लाग्नुपथ्र्यो । तर, राजधानीका कुनै पनि वैकल्पिक सडक आज सद्दे अवस्थामा छैनन् । जताततै खाल्डा र धुलोले वैकल्पिक मार्गमा यात्रा गर्न अझ जोखिम छ ।
साग खेलकुद प्रतियोगिता नेपाल र नेपालीको लागि गौरवको विषय हो । लामो समयपछि नेपालमात्र होइन, दक्षिण एसियाको खेलकुद क्षेत्रमा ते¥हौँ सागले गतिशीलता सञ्चार गरेको सर्वत्र अनुभव गरिंदै छ । सागको सफलतामा को नेपाली खुसी नहोला र ! विडम्बना ! नेपाल सरकारको दूरदर्शिताको कमीले गौरवशाली साग नै नेपाली जनताको लागि कष्ट बन्न पुग्यो । सबै विकास र पूर्वाधार निर्माण काठमाडौँको परिधिमा मात्र सीमित राख्ने र देशका अन्य क्षेत्र र सहरको विकासमा सरकार उदासीन बन्दा सागजस्तो गौरवशाली कार्यक्रम नेपाली जनताको निम्ति सास्ती बनेको छ ।
मूल सडक बन्द हुने भएपछि ट्राफिक प्रहरीले ठूला आकारका मालबाहक गाडीहरूलाई तोकिएको समयमा वैकल्पिक बाटोमा गुड्न रोक लगाउनुपथ्र्यो । अन्य यात्रुबाहक साना सवारीसाधनलाई मात्र वैकल्पिक सडक प्रयोग गराउने बन्दोबस्त मिलाएको भए सवारी आवागमन अवरुद्ध बनेर जनजीवन प्रभावित बन्ने थिएन । तर, राज्यले त्यत्ति बुद्धिमानी पनि देखाउन सकेन । सरकार जनताका समस्याप्रति संवेदनशील नभएको यो एउटा दृष्टान्त हो । विकासलाई राजधानी वा केही सहरमा मात्र केन्द्रित गर्दा देशका अन्य भूभागमा सागका खेलकुद प्रतियोगिता गर्न सम्भव भएन । लगभग सबै खेल राजधानीमा सम्पन्न गर्नुपर्दा सर्वसाधारण जनताले दुःख भोग्नुप¥यो ।
सरकारमा बस्नेहरू भगवान भरोसामा बस्नु लज्जाको विषय हो । शनिबार सागअन्तर्गतको प्रतियोगिता गर्दा जनतालाई हुने समस्याबारे राज्य उत्तरदायी बन्नुपथ्र्यो । ‘एक दिन त हो’ भनेर सरकारलाई छुट दिन सकिंदैन ।
शनिबार जनताले भोग्नुपरेको समस्या आजसम्मका सरकारका अधकल्चा र हचुवा विकास नीतिका परिणाम हुन् । बृहत् दृष्टिकोण र योजनासहितको विकासले मात्र दिगो विकास सम्भव छ । टुक्रे र हचुवा विकासले अराजकता र अन्योलमात्र निम्त्याउने गर्दछ । विकासलाई एकै ठाउँमा मात्र केन्द्रित गर्ने र भएभरमा मानिस त्यहीं बस्ने अदूरदर्शी विकास नीतिलाई निरन्तरता दिंदा भविष्यमा पनि फेरि योभन्दा जटिल समस्या सामना गर्नुपर्नेछ । सरकार र राजधानीवासीले यो विषयमा गम्भीरतापूर्वक सोच्न जरुरी छ ।
Leave a Reply