भर्खरै :

ट्रिपर आतड्ढबाट देशलाई जोगाऔँ ¤

सचेत नागरिकहरू, भक्तपुर नगर
भक्तपुरमा मात्रै होइन देशको विभिन्न जिल्ला र प्रदेशमा ट्रिपर र डोजरको आतड्ढले देश थिलथिलो बन्यो भन्ने धेरै चर्चा भए । त्यसको एउटै कारण राजनैतिक कार्यकर्ता र जनप्रतिनिधिले ठेकेदारहरूले धेरै दुःख दिए भनी गाउँ र नगरपालिकाका प्रतिनिधिहरूले नै बजेट (रकम) निकासा गरी ट्रिपर र डोजर ल्याए, काम सुरु गरे ।
तर प्राविधिकको अभावमा अनुमान र अनुभवको नाममा डोजर चलाइयो, अब वर्षा लागेपछि कुन–कुन जिल्लामा के–के हुने होला हेर्नै बाँकी छ । केही ठाउँमा भीर र पहाडै खस्ने छन्, केही ठाउँमा माटो जम्मा भई पोखरी बन्ने छन्, धेरै पानी परेपछि बाँधजस्तै फुटेर बाढीको रूप लिई बस्ती र बाली लागेका खेतहरू बगाउने छन् । जनधनको ठूलो क्षति हुनेछ । मृत्यु प्राकृतिक कारणले स्वाभाविक हुन्छ भने मानवीय कारणले हुने मृत्यु हत्या हो । कसैको हत्या गरेमा गर्नेमाथि ज्यान मुद्दा लगाउनु आवश्यक छ । हुनसक्छ, ती व्यक्ति ठेकेदार, डोजर, ड्रात्र, जनप्रतिनिधि आदि ।
काठमाडौँ उपत्यकामा ट्रिपरले झाडापखालाले भन्दा बढी मानिसको ज्यान गइरहेकोमा सबै काठमाडौँवासी जानकार छन् । नाफाको कारण ट्रिपर व्यवसाय खुब फस्टाएको छ । ट्रिपर मालिक नाफाको कारण खुसी, घूस खाने कर्मचारीहरू झन् खुसी र भारतीय ट्रिपरका एजेन्टहरू अति खुसी हुने नै भए ।
बाटो साँगुरो, ड्रात्र कच्चा, ट्रिपर दोषपूर्ण, ट्रिपरका मालिक असंवेदनशील र विवेकहीन भएको हुँदा ट्रिपरको नाम ‘भारतीय ज्यानमारा’ भनियो । तर ट्रिपरसँग सम्बन्धित कर्मचारीहरू यो सत्यलाई मान्न तयार छैनन्, तिनीहरू पनि मानिस हुन् र तिनीहरूमा पनि आग्रह र पूर्वाग्रह हुनु स्वाभाविक हो । गरिब मुलुक, इज्जत र शिक्षाको गुणस्तर नभएको मुलुकमा यस्ता लक्षणहरू देखिन्छन् र स्नातक हुँदैमा र सरकारी कार्यालयको कुर्सीमा बस्दैमा उनी शिक्षित र विवेकशील हुन्छन् भन्ने छैन । हाकिमको परिवारको पृष्ठभूमि, सङ्गत, परिवेश, आर्थिक अवस्था, अध्ययन र उनको स्वाभाविक महत्वाकाङ्क्षाले व्यक्तिमा प्रभाव पार्ने हुन्छ ।
राजमार्गमा दिउँसो ट्रिपरले दुःख दिएको भन्दै सरकारले रातिमात्रै अर्थात् बेलुका ७ बजेदेखि चलाउने सूचना जारी गरेको हो । तर भक्तपुर जिल्लामा राजमार्गमा ट्रिपर प्रहरीको निगरानी भएको हुँदा राजमार्गमा ल्याउँदैन, ट्रिपर मालिकहरू पहुँचवाला र नवधनाढ्य भएकाले होला नगरहरूभित्रै दिउँसै ट्रिपरहरू चलाएर जनतालाई तर्साइरहेका छन् ।
नगरका सडक र गल्ली साँगुरा छन्, स्कूलहरू छन् । ठूलठूला ट्रक र ट्रिपरहरू ल्याउँदा सडक बिगार्ने, खानेपानीको पाइप फुटाउने र पानी चुहेर २–४ महिना पहिलेमात्र कालोपत्रे गरेका सडकहरू, फेरि फोर्नुपर्ने हुँदा १२ पाङ्ग्रे र ३० टन बोक्ने ट्रक र ट्रिपरहरू आवास क्षेत्र र बजार क्षेत्रमा (पुरानो नगरभित्र) त्यस्ता गाडीहरू निषेध गर्न आवश्यक छ ।
नगरपालिका, ट्राफिक र सरकारका सम्बन्धित निकायहरूसँग यसबारे गम्भीर भई निर्णय गर्न अनुरोध गर्छौँ । धन्यवाद ¤

Leave a Reply

Your email address will not be published. Required fields are marked *