भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
काठमाडाँै, २ पुुस । विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सको जीवनवृत्तिमा आधारित नाटक ‘माक्र्स फर्किए’ राजधानीको प्रज्ञा भवनमा मञ्चन भइरहेको छ । अमेरिकी लेखक हवार्ड जीनले लेखेको नाटकलाई आरोहण गुरुकुलले नेपाली रूपान्तरण गरी मञ्चन गरेको हो । बेलायतको राजधानी लण्डनस्थित सोहो सहरमा जान लागेका मत्र्यलोकबाट एक घन्टाको लागि पृथ्वीलोक झरेका माक्र्स झुकिएर नेपालमा आइपुग्ने परिकल्पनामा आधारित नाटकमा माक्र्सको जीवनका घटनाक्रम र योगदानबारे नाट्य प्रस्तुति गरिएको छ । युरोपका विभिन्न देशमा निर्वासित भएर माक्र्सले भोग्नुपरेको सङ्घर्षपूर्ण जीवनलाई नाटकमा प्रस्तुत गरिएको छ । आर्थिक अभावका कारण माक्र्सको परिवारले भोग्नुपरेका समस्याबीच पनि क्रान्तिकारी आन्दोलनको विकासको निम्ति गरेको योगदानलाई नाटकमा प्रभावकारी चित्रण गरिएको छ । माक्र्सले भोग्नुपरेका ती कठिन दिनमा उनका अनन्य मित्र ‘सन्त पुरुष’ एङ्गेल्सले गरेको सहयोगलाई नाटकले सङ्क्षिप्त तर सशक्तरूपमा देखाइएको छ ।
नाटकमा माक्र्सले तत्कालीन समयमा देखेको लण्डनको अवस्थालाई आजको काठमाडौँको अवस्थासँग तुलना गरिएको छ । माक्र्स मरे र माक्र्सवाद पुरानो भयो भनी चिच्याउन नछोडेका पुँजीपति वर्गलाई नाटकले माक्र्सको भौतिक निधन भए पनि माक्र्सको विचार अझै नमरेको देखाएको छ । माक्र्सले पुँजीवादको विषयमा गरेको विश्लेषण आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी भएको सत्य प्रस्तुत गरिएको छ । “म मरेको छु । तर, म अझै जीउँदै पनि छु । यसैमा द्वन्द्ववाद छ”, नाटकमा माक्र्सको भूमिकामा रहेका चर्चित कलाकार सुनिल पोखरेल भन्छन् ।
नाटकमा समाज विकासको नियमबारे माक्र्स र समकालीन चिन्तकहरूबीचको सैद्धान्तिक सङ्घर्षलाई पनि चित्रण गर्ने प्रयास गरिएको छ । बाकुनिनको अराजकतावादी चिन्तनसँग माक्र्सको मतभेदलाई नाटकमा देखाइएको छ । माक्र्स भन्छन्,“बाकुनिनको क्रान्ति उनको दिमागमा मात्र सीमित थियो ।”
माक्र्सकै समयमा भएको ऐतिहासिक पेरिस कम्युनको महत्व र त्यसमा माक्र्सको योगदानबारे नाटकमा चर्चा गरिएको छ ।
आजको विश्वको आर्थिक अवस्थाका विभिन्न घटना र समाचारलाई प्रमाणको रूपमा प्रस्तुत गर्दै माक्र्सले आजको समाजमा पनि आफ्नो विचार अझै सान्दर्भिक र उपयोगी भएको विचार राख्छन् । अझै पनि धन धनी वर्गमा सीमित हुँदै जानु, बेरोजगारीको बिगबिगी, आर्थिक असमानता आदि कारणलाई औँल्याएर माक्र्सकृत ‘पुँजी’ मा वर्णित सिद्धान्त बुझ्न जटिल भएर पनि अपरिहार्य भएको नाटकमा माक्र्सले बोलेका छन् ।
माक्र्सको ‘पुँजी’ गहन भएर पनि ‘कम्युनिस्ट घोषणापत्र’ जस्तो शक्तिशाली नभएको र क्रान्तिकारीहरूले कुनै पनि कृति बौद्धिक वर्गको लागि नभई व्यापक मजदुर वर्गले बुझ्ने भाषामा लेख्नुपर्ने भनी माक्र्स पत्नी जेनीले गरेको आलोचनाका दृश्य, उनका छोरी इलेनोरमा सानै उमेरदेखि खुलेको क्रान्तिकारी विचारको प्रस्तुतिले नाटकलाई अझ रोचक र संवदेनायुक्त बनाएको छ ।
माक्र्सकालीन कम्युनिस्टहरूको सङ्गठन र आजको नेपालका कथित ‘कम्युनिस्ट पार्टीहरू’बीचको भेदलाई पनि नाटकका संवादहरूमार्फत तुलना गरिएको छ । नेपालका सत्तासुखमा रमाइरहेका कम्युनिस्ट पार्टीहरूलाई व्यङ्ग्यको झटारो हानिएको छ ।
नाटकको परिकल्पना र निर्देशन कलाकार सुनिल पोखरेल र प्रवीण खतिवडाले गरेका छन् । प्रज्ञा भवनको खचाखच भरिएको हलमा विभिन्न राजनीतिक दलका नेताहरूको पनि सहभागिता थियो । नाटक हेर्न विभिन्न कलेज र विद्यालयका विद्यार्थीहरूको पनि बाक्लो सहभागिता थियो । नाटकीय विश्राम (ड्रामाटिकल रिलिफ) को प्रयोगले विचार र चिन्तनमा डुबेको नाटक दर्शकले सहजै हेर्नसक्ने बनाइएको छ ।
नाटक बिहीबारसम्म मञ्चन गरिने छ ।
Leave a Reply