भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
– दिलकुमार कोजू
कला, संस्कृति, सम्पदालाई जीवन्तता दिनुपर्छ । यसमा दुईमत छैन । हो, संस्कारको निरन्तरता आवश्यक छ । तर, उहिलेदेखि चल्दै आएको सबै रीतिथिति अहिले पनि जस्ताको तस्तै पालना या निरन्तरता दिनुपर्छ भन्ने होइन । कुनै पनि संस्कार या संस्कृतिले समाजमा बिकार गर्छ, नोक्सान पु¥याउँछ, सडक फोहर गर्छ, स्वास्थ्यमा हानी पु¥याउँछ भने त्यसबारे सोच्नुपर्छ र समय अनुकूल प्रयोग गर्नुपर्छ । सामाजिक संस्कार, संस्कृतिलाई विज्ञानसम्मत बनाउनु भनेको पनि त्यही हो ।
पहिले पहिले सेतो माटो (ताकिचा) ले विशेषगरी महिलाहरू नुहाउँथे । साबुन आइसकेपछि पनि उमेर पुगेका महिलाहरू ‘ताकिचा’ खोजी खोजी खोलामा नुहाउँथे । त्यो चलन हटेको या छोडेको धेरै भएको छैन । उहिलेको चलन या रीति भनेर अहिले पनि त्यसको निरन्तरता दिनु आवश्यक हो या होइन ? धान काट्ने समयमा बालबालिका फट्याङ्ग्रा टिपेर काँचै खान्थे । फट्याङ्ग्रा काँचै खाने चलन धेरै हटेको छ तर पनि पूरा हटेको छैन । त्यसलाई हामीले निरन्तरता दिने हो या त्यसतर्फ सावधान हुने ¤ भनिन्छ, पहिले पहिले जुम्रा हेर्दै, टिप्दै खान्थे । अबको यो विज्ञान र प्रविधिको युगमा के यस्ता प्रवृत्तिलाई निरन्तरता दिनु ठीक हो ?
कति वृद्धाहरू गाईको पिसाबलाई समेत गङ्गाजल (शुद्ध पानी) सम्झी पिउँछन् । एउटा गाईको पिसाब सधैँ शुद्ध या स्वच्छ हुन्छ भन्ने होइन । पिसाब सामान्यतः फोहर मानिन्छ । तर त्यही पिसाब शुद्ध पानी (गङ्गाजल) सम्झेर खानु कति ठीक हो । हो, बुढापाकाहरू गाईको पिसाब खानु कल्याण ठान्छन् । यसबारे चिन्तन मनन गर्नुपर्छ कि पर्दैन ? पहिले पहिले गोलभेँडा खान त के छुन पनि दिँदैन । गोलभेँडा छोयो भनेर हात धुन लगाइन्थ्यो । आजभोलि त्यही गोलभेँडा अचार बनाएर खाइन्छ । अनपढको परिवारमा पहिले झाडापखाला हँदा पानी खाइँदैन या खान दिँदैन या खाएपछि झन् झाडा हुन्छ भनिन्थ्यो, तर आज त्यहीँ परिवारले झाडा–पखाला हँदा जति पानीको भाग खेर गएको हो त्यति नै पूर्ति गर्न पानी खानुपर्छ भन्ने पाठ सिकेको छ ।
कसैको परिवारमा बिहे, व्रतबन्ध, देवाली पूजाको कार्यक्रम या श्राद्धमा भातको भोज खाने चलन छ । भातको भोज खाइसकेपछि केही भात बाँकी राखेर कला वाय्गु भनी नजिकको दोबाटो या ‘डोका’ मा फाल्ने चलन छ । त्यो चलन अद्यापि छ । त्यो चलन सबैलाई थाहा हँदैन । दोबाटो या चौबाटो या ‘डोका’ मा भातको जुठो फाल्दा फोहोर हुन्छ, दुर्गन्ध फैलिन्छ । त्यसलाई के गर्ने ? संस्कृति भनेर निरन्तरता दिने हो या सरसफाइमा ध्यान दिएर अर्को बाटो अपनाउने या सुधार्ने ? यस्ता रीतिथितिलाई सुधार्ने कि नसुधार्ने ? के संस्कृतिको नाउँमा यस्ता रीतिथितिलाई निरन्तरता दिइरहने हो ? छलफलको विषय बनेको छ ।
Leave a Reply