के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
– सुविज्ञा थापा
नेपालमा एउटा डरलाग्दो प्रवृत्ति पुनः देखापरेको छ – कुनै सवारीबाट दुर्घटना भएपछि त्यही गाडी र अरू सवारीहरूमा समेत आगो लगाउने । दुर्घटना कसैले जानाजानी गर्ने होइन, अधिकांश दुर्घटना भूलवश नै हुने गर्छ । कहिलेकाहीँ चालकले मादक पदार्थ पिएर वा कहिलेकाहिँ चालकले ज्यादती नै गरेको पनि हुनसक्छ । यस्तै कारणले भीड आक्रोशित हुनु एउटा पक्ष हो तर कतिपय मानिस दुर्घटना पीडितको उद्धार गर्नमा भन्दा सवारी वा गाडी तोडफोड गर्न र आगजनी गर्न अगाडि सर्छन् । त्यस्ता मानिस कतै नयाँ गाडी बेच्ने र बनाउनेहरूका एजेन्ट त होइन ? भन्ने आशङ्का जन्माएको छ । त्यस्ता मानिसहरूले अरूलाई समेत गाडी तथा सार्वजनिक सम्पति तोडफोड गर्न र आगजनी गर्न उक्साउने गर्छन् । अहिले हाम्रो समाज र नयाँ पुस्ता त्यस्तै प्रवृत्तिको शिकार बनेको देख्छौँ ।
सोमबार काठमाडौँको चावहिलमा एउटा दुर्घटना भयो । चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा बीबीएसमा अध्ययनरत एक छात्रालाई बिहान सुकेधारा चोकनजिक बाटो पार गर्ने क्रममा भक्तपुर–नयाँ बसपार्क रुटमा चल्ने बा ४ ख ५९२० नम्बरको बसले बिहान करिब ५ः३० बजे ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएकी छात्रा सृष्टि पन्तको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भयो । त्यसपछि पशुपति बहुमुखी क्याम्पसका विद्यार्थीले चावहिलमा सोही रुटमा चल्ने बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरे । तोडफोड र आगजनीबाट बसमा ठूलो क्षति पुग्यो ।
उक्त घटनामा बसचालक प्रत्यक्ष दोषी देखिए पनि हत्तारमा सडक काट्नु हुँदैन भन्ने कुरा पैदल यात्रीले थाहा पाउनुपर्छ । प्रत्यक्षदर्शी र पीडितका आफन्तहरू आक्रोशित भई बसमा तोडफोड र आगजनी गर्दा बसधनीले दुर्घटनाका पीडितलाई उपचार खर्च र क्षतिपूर्तिका रूपमा दिनसक्ने तेस्रो पक्ष बीमाबाहेकको रकम पनि दिन नसक्ने अवस्थामा पुग्छ । एकपटक दुर्घटना गराएको साधन सडकमा देखापर्नुहुँदैन भन्ने सिद्धान्त कतै लागू भएको छैन । फेरि साधन भनेका त मानिसले चलाउने हो आफै चल्ने र दुर्घटना गराउने होइन । दुर्घटना पीडितलाई उपचार खर्च र क्षतिपूर्ति नपाएको अवस्थामा आन्दोलन गर्नु आवश्यक पनि हुन्छ तर दुर्घटना हुनेबित्तिकै गाडीमा आगजनी गर्नु आन्दोलन हुनसक्दैन, त्यो अराजकतामात्र हो । यस्तो अराजकताले देश र देशवासी कसैको हित भइरहेको छैन । हामीलाई आवश्यक त्यस्ता सवारी साधन बनाउने विदेशी कम्पनीहरूलाई मात्र फाइदा पुगिरहेको छ । यसबारे अविलम्ब सचेत र सजग होऔँ ।
Leave a Reply