भर्खरै :

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा पर्यटन व्यवसायी भेला

भक्तपुर, १३ पुस । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा भक्तपुर नगरपालिकाले आइतबार नपाको सभाकक्षमा भक्तपुरका पर्यटन व्यवसायीको भेला कार्यक्रम आयोजना ग¥यो ।
भेलामा भनपा प्रमुख सुनिल प्रजापतिले उपत्यकाका ऐतिहासिक र सांस्कृतिक सहरहरूलाई आदर्श नगरको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताउनुभयो ।
भक्तपुरको अर्थतन्त्रको महतवपूर्ण पाटो पर्यटन भएको उल्लेख गर्दै उहाँले पर्यटकलाई बिक्री गर्ने सामान पेटीमा नराख्न र पर्यटकहरूसँग राम्रो व्यवहार गर्न अनुरोध गर्नुभयो ।
भक्तपुर नगरपालिकाले यहाँको मौलिक वस्तु, संस्कृतिबारे नयाँपुस्तालाई जानकारी दिन स्थानीय पाठ्यक्रम लागू गरिसकेको जानकारी दिनुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर पर्यटकहरूको लागि उपयुक्त र सुरक्षित गन्तव्यस्थल हो भन्ने सन्देश दिन र भक्तपुरमा पर्यटन प्रवद्र्धनको लागि भक्तपुर महोत्सव हुन गइरहेको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दीपक कोइरालाले निजी र सरकारी क्षेत्रलाई समेटेर पर्यटन व्यवसायलाई सफल बनाउन नेपाल भ्रमण वर्ष २०२० आयोजना भएको बताउनुभयो ।
भक्तपुर पर्यटन विकास समितिका महासचिव दिपेशराज शर्माले पर्यटन बोर्ड नेपालले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भितयाउने लक्ष्य लिएको हुँदा पर्यटन सेवा गुणस्तरीय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पर्यटक सेवा तथा सूचना केन्द्र प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुर नपाले पुस १५ गते दिनको ३ः३० बजे दरबार क्षेत्रमा भेला भई ४ बजेटबाट सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्राको समुद्घाटन हुने र पुस १६ गते बिहान ७ः०० बजे दत्तात्रयबाट प्रभातफेरी गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *