भर्खरै :

विकासको सहयोगमा सर्त किन ?

 गौरव प्रधान
विश्वका केही शक्ति राष्ट्रहरू नेपालको स्वाधीनता र सार्वभौमिक अखण्डताविरुद्ध धावा बोल्दै छन्, धावा बोल्न गृहकार्यमा छन् । नेपाल सरकार विदेशी शक्ति राष्ट्रको आर्थिक सहयोग र विकासमा फसेको कारण नेपाल विदेशी शक्ति राष्ट्रको परेड खेल्ने मैदान बनिरहेको हो । विगतमा भारतले नेपाललाई आर्थिक सहयोग र विकासको प्रलोभन देखाएरै या विकासमा सहयोग गर्छु भनेरै नेपाल सरकार असमान सन्धि–सम्झौतामा फसेको हो, नेपाल भारतको उठबसमा बस्न बाध्य भएको हो । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालको संसदबाट पास भए या नेपाल सरकारले समर्थन गरे ५० लाख अमेरिकी डलर सहयोग गर्ने लोभ देखाइरहेको छ । विदेशी शक्ति राष्ट्रको परेड खेल्ने मैदान बने पनि नेपाल सरकार दूरगामी असर के पर्छ मतलब राख्दैन । आर्थिक सहयोग पाएपछि देश जतासुकै गए पनि, पुगे पनि मतलब नराख्ने सरकारको अदूरदर्शिताले गर्दा मुलुकमा दुर्दशा निम्तिरहेको हो ।
अमेरिकी एमसीसीको त्यस्तो कुनै स्वार्थ नभएको भए आर्थिक सहयोगको लोभ किन ? आफ्नो योजनामा समर्थन गरेपछि मात्रै आर्थिक सहयोग गर्ने अमेरिकी प्रशासनको कस्तो चाल ¤ सहयोगमा किन सर्त ¤ आर्थिक सहयोगको नियत स्वच्छ छैन भन्ने कुरा सर्त पालना गरेपछि मात्रै पाउने सहयोगले थाहा हुन्छ । इन्डो प्यासिफिक रणनीतिमा समर्थन पाउन नै नेपाल सरकारलाई अमेरिकाले आर्थिक लोभको जालो फ्याँकेको हो । ठूलो रकम पाएपछि देश विकास हुन्छ भनेर विदेशी शक्ति राष्ट्रले फ्याँकेको जालमा सरकार किन फस्छ ? कतै चीनको कार्यनीति बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा नेपालले समर्थन गरेको इष्र्या गरेर अमेरिकाले कदम चालेको त होइन ?
चीनले आर्थिक र विकासमा सहयोग गर्दा कहिल्यै सर्त हालेको देखिएको छैन । बरु चीन आफ्नो देशझैँ अरू स–साना देशको पनि विकास हुने बाटो देखाउँछ । तर, अमेरिका र भारत आर्थिक सहयोगमा सर्त तेस्र्याउँछन् । अमेरिकाले राखेको सर्तमा नेपालले समर्थन नगरे आर्थिक सहयोग पनि भैगो भन्दै अमेरिका नेपाललाई घुर्की देखाउँछ । अमेरिकाले प्रजग कोरियामाथि गरेको आर्थिक नाकाबन्दीमा नेपालले समर्थन गर्नुपर्ने सर्त किन ? प्रजग कोरियाले अमेरिकाको लागि हानि पु¥याउने काम के ग¥यो भनेर आर्थिक नाकाबन्दी गर्नुप¥यो ? अमेरिकाले विश्वका स्वाधीन स–साना देशहरूमा तर्साउन पाउने, आक्रमण गर्न पाउने अनि अरू देशले आक्रमण गर्ने सम्भावना देखेर प्रतिरक्षाको पनि तयारी गर्न नपाउने ¤
भारतसँगै हातहतियार किन्नुपर्ने, पेट्रोलियम पदार्थ अरू मुलुकसँग किन्न नहुने नेपाल–भारतको सन्धि कस्तो सन्धि ¤ नेपालको पानी भारतले आफूखुसी गर्न पाउने सन्धिहरू गरेकै आधारमा भारतले नेपालको विकास कार्यक्रममा सहयोग गरेको होइन ? चीनसँग हतियार खरिद गरेको निहुँमा आजभन्दा तीन दशकभन्दा अघि भारतले नेपालमा नाकाबन्दी ग¥यो । भारतको अनुकूल नेपालको संविधान नबनाएको निहुँमा भारतले केही वर्षअघि पेट्रोलियम पदार्थ रोक्यो । भारतले नेपालमा आर्थिक नाकाबन्दी गरे पनि, विभिन्न स्थानमा सीमा मिचेर सार्वभौमिकतामाथि आँच पु¥याए पनि अमेरिका किन मौन ¤ अमेरिका मौन भए पनि संयुक्त राष्ट्र सङ्घले त बोल्नुपथ्र्याे नि ¤ विचार नमिलेको आधारमा कुनै स्वाधीन मुलुकलाई के शत्रुको व्यवहार गर्न मिल्छ ? अमेरिकाले अरू विभिन्न मुलुकमा राखेको सेना तुरुन्त फिर्ता लानुपर्छ । अमेरिकाले अरू कुनै देशमा नाकाबन्दी गर्न पाउँदैन । के संसारका स्वाधीन मुलुकहरू ठूला देशका कठपुतली हुन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *