भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, १६ पुस । जर्मनी नागरिक भेरोना वास्टिक नेपालको भ्रमणको क्रममा बुधबार बिहान भक्तपुर दरबार क्षेत्रको मूल प्रवेशद्वारमा पुग्नुभयो ।
उहाँलाई स्वागत गर्न भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, स्थानीय जनप्रतिनिधि र नगरवासी प्रवेशद्वारमै उभिनुभएको थियो । भेरोनासँगै स्वीट्जरल्यान्ड, मलेसिया, चीन, भारत र होल्यान्डका १८ जना पर्यटकलाई नगर प्रमुख प्रजापति र उपप्रमुख जोशीले स्वागत गर्नुभएको थियो । हातमा फूलको गुच्छा अनि टाउकोमा भादगाउँले कालोटोपी अनि भक्तपुर नगरपालिकाका विभिन्न प्रकाशन उपहार पाउँदा पर्यटकहरू छक्क हुनुभयो । अरू बेला नगर प्रवेश गर्न पन्ध्र डलर तिर्नुपथ्र्यो भने बुधबार स्वागत गरिएका सबै पर्यटकहरू निःशुल्क नगर प्रवेश गर्नुभएको थियो ।
नेपाल भ्रमण वर्ष २०२० को आरम्भको अवसरमा भक्तपुर नगरपालिकाले बुधबार बिहान प्रभातफेरी आयोजना गरेको थियो । दत्तात्रयबाट सुरु भएको प्रभातफेरी नगर परिक्रमा गरी लाय्कुमा पुगी सभामा परिणत भएको थियो । भ्रमण वर्षको शुभारम्भ घोषणा गर्दै त्यहाँ ३२९ वर्ष पुरानो ऐतिहासिक मल्लकालीन नगरा र तगो गाँ
(ठूलो घण्टा) बजाइएको थियो ।
दरबार क्षेत्रमा भएको कार्यक्रममा बोल्दै प्रमुख सुनिल प्रजापतिले देशैभरि भ्रमण वर्षको सफल सुरुआत भएको बताउनुभयो ।
देशको अर्थतन्त्र बलियो बनाउन नेपाल सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्याउने प्रतिबद्धता जनाइसकेको बताउँदै प्रमुख प्रजापतिले नेपालको अर्थतन्त्रको विकास गर्न पर्यटनले महत्वपूर्ण भूमिका खेल्ने छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाले भक्तपुरको मल्लकालीन सम्पदाहरू पुनःनिर्माण गरी नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियान चलाइरहेको बताउँदै उहाँले भक्तपुरलाई सुरक्षित र पर्यटकीय उत्कृष्ट गन्तव्यस्थलको रूपमा विकास गर्ने लक्ष्यस्वरुप अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भ्रमण वर्षलाई राष्ट्रिय पर्वको रूपमा मनाउने अभियानस्वरुप भक्तपुर नगरपालिकाले आगामी दिनहरूमा गर्ने गतिविधिहरूबारे जानकारी गराउनुभयो ।
पहिलो दिन ६३६ पर्यटक
भक्तपुर, १६ पुस । नेपाल भ्रमण वर्षको पहिलो दिन भक्तपुर नगरमा कुल ६३६ जना पर्यटकले भ्रमण गरेको भक्तपुर नगरपालिका पर्यटन शाखाले जानकारी दिएको छ । तीमध्ये ३६० जना सार्क देश र चीनका पर्यटक छन् भने २७६ जना अन्य देशका छन् ।
भक्तपुर नगरपालिकाले सार्क देश र चिनियाँ पर्यटकलाई नगर प्रवेश गर्न प्रत्येक पर्यटकबाट ५ सय नेपाली रुपैंयाँ र अन्य देशका पर्यटकबाट पन्ध्र अमेरिकी डलर शुल्क उठाउने गरेको छ ।
नयाँ वर्ष र क्रिसमसको समयमा प्रायशः पर्यटक आफ्नो देशमा बस्ने भएकोले यो अवधिमा पर्यटक तुलनात्मकरूपमा न्यून हुने नपा कर्मचारी मुरज दिदियाले जानकारी दिनुभयो ।
जर्मनी नागरिक भेरेना वास्टिकले भक्तपुर नपाले गरेको न्यानो स्वागतप्रति आभार प्रकट गर्नुभयो ।
प्रभातफेरी कार्यक्रममा वडाध्यक्ष एवम् वातावरण तथा पर्यटन समितिका संयोजक रवीन्द्र ज्याख्वले शुभकामना मन्तव्य दिनुभएको थियो भने पर्यटक सेवा तथा सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले पनि बोल्नुभएको थियो ।
सिद्धपोखरीमा डुङ्गा सररर
भ्रमण वर्षको शुभारम्भसँगै बुधबारबाट भक्तपुरको प्रसिद्ध एवम् ऐतिहासिक सिद्धपोखरीमा भक्तपुर नगरपालिकाले नौका बिहार सुरु गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिले नौका बिहारको उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधि र स्थानीय जनता सिद्धपोखरीमा डुङ्गामा सयर गर्नुभएको थियो ।
लगभग घाँसेमैदानमा परिणत भइसकेको ऐतिहासिक मल्लकालीन सो पोखरी भक्तपुर नगरपालिकाले नै पुनः निर्माण गरेको थियो । पुनः निर्माणपछि पोखरी विशेषतः आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेका छ । हाल त्यहाँ दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक भ्रमण गर्छन् । नौका बिहारको सुविधा सुरु भएपछि पर्यटकको सङ्ख्या अझ बढ्ने आशा गरिएको छ ।
डुङ्गा केही समयपश्चात् नियमितरूपमा सञ्चालन गरिने नगरपालिका स्रोतले जानकारी दिएको छ ।
बुधबार बिहान नौकाको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले सिद्धपोखरी पुनः निर्माण र जीर्णोद्धारको समयको स्मरण गर्दै पोखरीलाई नयाँ जीवन दिन भक्तपुर नपाका जनप्रतिनिधि र स्थानीय जनताको उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभयो ।
भ्रमण वर्षको अवसर पारी भक्तपुर नगरपालिकाले भक्तपुरको सिद्धपोखरीमा नौका बिहार (डुङ्गा सञ्चालन) मा ल्याएको बताउँदै उहाँले डुङ्गा सञ्चालनलाई व्यवस्थित बनाउन कार्यविधि नै बनाएर अगाडि बढ्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भन्नुभयो, “भक्तपुरका पोखरीहरूलाई जीवन प्रदान गर्न पोखरीहरूमा डुङ्गा सञ्चालन गरी नौलो कामको सुरुवात गरेको हो ।”
भक्तपुर नपा वडा नं. १ का पूर्ववडाध्यक्ष लक्ष्मीनारायण राजलवटले सिद्धपोखरीमा धेरै वर्ष अगाडि पनि डुङ्गा सञ्चालन गरेको इतिहास रहेको बताउँदै पोखरीको चारै दिशामा हरियाली प्रवद्र्धन र सरसफाइ व्यवस्थापनमा नगरपालिकाको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दीपक कोइराला, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो ।
भ्रमण वर्ष २०२० को अवसरमा बुधबार बेलुकी सिद्धपोखरी र कमलपोखरीमा दीपावली गरिएको थियो ।
Leave a Reply