आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
बग्दाद, १७ पुस । मध्यपूर्वी देश इराकको राजधानी बग्दादस्थित संरा अमेरिकी राजदूतावास झन्डै चौबीस घण्टा इराकी जनताले नियन्त्रणमा लिएका थिए । इराकबाट अमेरिकी राजदूतावास फिर्ता हुन माग गर्र्दै हजारौँ इराकी जनताले मङ्गलबार बग्दादस्थित संरा अमेरिकी दूतावास घेरा गरी कब्जामा लिएका थिए । संरा अमेरिकी हवाई सेनाले इराक र सिरियामा गरेको हवाई हमलामा कम्तीमा २५ जना इराकी जनताको हत्या भएपछि आक्रोशित जनताले दूतावास कब्जा गरेका थिए । आक्रोशित जनताले अमेरिकी दूतावासको उच्च सुरक्षा हरित घेराभित्र पसेर दूतावासको ढोका तोडफोड गरेका थिए । प्रदर्शनकारीहरूले दूतावासको सम्पर्क र सोधपुछ कक्षमा तोडफोड गरेका थिए । प्रदर्शनकारीहरूले ‘संरा अमेरिकी मुर्दावाद ¤’ जस्ता नारा लगाउनुका साथै दूतावासका बाहिरी भित्तामा ठूलठूला अक्षरमा अमेरिकी सरकारको विरोधमा नारा लेखेका थिए ।
प्रदर्शनमा पपुलर मोबिलाइजेसन फोर्स नामको अर्धसैनिक दस्ताको हात रहेको अल जजिराले बताएको छ ।
इराकका अन्तरिम प्रधानमन्त्री अब्देल अब्दुल मेहदीले तत्काल सो स्थान छोड्न आग्रह गरेपछि दूतावास कब्जा गरेर बसेका प्रदर्शनकारीहरूलाई बुधबार रातिमात्र सो स्थान छोडेका थिए ।
प्रदर्शनकारीहरूले बुधबार बिहान दूतावासअघि संरा अमेरिकी राष्ट्रिय झन्डा जलाएका थिए । उनीहरूले दूतावासभित्र ढुङ्गामुढा गरेका थिए । बुधबार बिहान इराकी सुरक्षाकर्मीहरूले उनीहरूमाथि केही अश्रुग्यास प्रहार गरेका थिए ।
पपुलर मोबिलाइजेसन फोर्सले बुधबार साँझ हरित सुरक्षा घेराको सम्मान गर्दै सो स्थानबाट पछि हट्न प्रदर्शनकारीलाई आग्रह गरेपछि उनीहरू त्यहाँबाट फर्केका थिए ।
त्यहाँबाट पछि हटेर प्रदर्शनकारीहरूले दूतावास नजिकैको अर्को ठाउँमा टहरा बनाई विरोध प्रदर्शन जारी राखेका छन् ।
“हामीले अमेरिकी दूतावास छोडेका छौँ किनभने हामीलाई दूतावास वरपरबाट पछि हट्न आदेश आएको छ”, प्रदर्शनमा सहभागी २४ वर्षका मोहम्मदले भने ।
“तर, हामीले टिग्रिस नदीको किनारमा टहरा बसेर विरोध जारी राखेका छौँ । हामी बसेको ठाउँ अमेरिकी दूतावासको नजिकै छ । हामी कम्तीमा पनि तीन दिन धर्ना दिने छौँ । हाम्रा मारिएका साथीहरूको शोकमा हामीले धर्ना दिने छौँ”, उनले भने ।
मङ्गलबार दूतावासमाथि भएको हमला संरा अमेरिका र इरानबीच पछिल्लो समय बढेको तनावकै शृङ्खला मानिएको छ । सन् २०१८ मा इरानसँग भएको आणविक सम्झौताबाट संरा अमेरिकाले हात झिके यता तेहरान र वाशिङ्टनबीचको सम्बन्ध चिसिएको छ । मङ्गलबारको घटनालाई त्यसैको प्रतिछाया मानिएको छ ।
घटना हुँदा इराकी सुरक्षाकर्मी सो क्षेत्रमा उपस्थिति थिए । तथापि तोडफोडमा उत्रेका प्रदर्शनकारीविरुद्ध कुनै कारबाही गरिएन । ‘माथिबाट आदेश नआएको’ भन्दै उनीहरूले प्रदर्शनकारीमाथि कुनै कारबाही गरेका थिएनन् ।
संरा अमेरिकी अधिकारीहरूले इराकी अधिकारीहरूलाई दूतावासको रक्षाको लागि सुरक्षाकर्मी परिचालन गर्न माग गरेका थिए । तर, इराकी सुरक्षाकर्मीले आफ्नो ‘हात बाँधिएको’ भन्दै कुनै कारबाही गरेनन् ।
बग्दादस्थित अमेरिकी दूतावासमा भएको सो हमलाको लागि इरानलाई दोषारोषण गरे पछि इरानी अधिकारीहरूले पनि कडा प्रतिक्रिया जनाएका छन् ।
इरानको इस्लामिक क्रान्तिकारी सेना (आईआरजीसी) का प्रधानसेनापति मेजर जनरल होसेन सलामीले संरा अमेरिकाले आफू हार्दा जहिल्यै इरानलाई दोष लगाउने गरेको बताए । उनले इराकको घटनालाई लिएर संरा अमेरिका दोषारोपणको खेलमा लागेको बताए ।
सेनापतिले संरा अमेरिकाले इरानविरुद्ध लगाएका सबै निषेध र नाकाबन्दीले इरानलाई अझ शक्तिशाली बनाएको बताए । यसअघि संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको हमलाको लागि इरानमाथि दोष लगाउँदै ‘ध्वस्त बनाइदिने’ चेतावनी दिएका थिए । ट्रम्पले इरानलाई ‘ठूलो मूल्य चुकाउनुपर्ने’ धम्की दिएका थिए ।
इरानी सर्वोच्च नेता आयोतोल्लाह खामेनीकै भनाइ उद्धृत गर्दै सेनापतिले इरान युद्धको विपक्षमा रहेको तर कुनै पनि हमला भए सोको कडा प्रतिरोध गर्ने बताए ।
“हामीले धेरै पटक अमेरिकी शक्ति धुजाधुजा बनाइसक्यौँ । अहिले पनि हामीलाई चिन्ता छैन”, उनले चेतावनी दिए ।
बहराइनका सर्वोच्च सिया धर्मगुरु शेख इसा खामेनीले पनि संरा अमेरिकी सेनाले इराकमाथि गरेको हवाई हमला सम्पूर्ण मुसलमान विश्वमाथिको हमला भएको बताएका छन् । उनले एक टेलिभिजन अन्तर्वार्तामा भने, “अमेरिकी हमलालाई इराक, उसको सुरक्षा, स्वतन्त्रता, स्वाधीनता, सभ्यता र धनमाथिको हमलाको रूपमा मात्र लिनुहुन्न । बरू सम्पूर्ण मुसलमान विश्वमाथिको हमलाको रूपमा लिइनुपर्छ ।”
Leave a Reply