भर्खरै :

“सङ्घर्ष गर्नुको अर्काे विकल्प छैन”

भक्तपुर, १९ पुस । ‘विद्यालय शिक्षा राम्रो बनाउन सके उच्च शिक्षाको स्तर राम्रो हुुने भएकोले सरकारले विद्यालयको शैक्षिक स्तर उकास्न जोड दिनु आवश्यक छ ।”
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज र शारदा क्याम्पस माविमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको शनिबार भएको वार्षिक भेटघाट कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छो (रोहित)ले उक्त भनाइ राख्नुभएको हो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थानहरू भक्तपुरको मात्र नभई देशकै नमुना शैक्षिक संस्थाको रूपमा अगाडि बढिरहेकोमा उहााले खुसी व्यक्त गर्नुभयो । नागरिकशास्त्र र नैतिक शिक्षा पाठ्यक्रममा राख्नुपर्ने आवश्यकता औाल्याउादै अध्यक्ष बिजुक्छोले कलेज तथा विद्यालयले नागरिकशास्त्र विषयमा नियमित कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
देशको लागि धेरै महिला डाक्टरहरू आवश्यक भएको उल्लेख गर्दै उहााले भन्नुभयो, “सरकारलाई प्राप्त हुने एमबीबीएसको सबै छात्रवृत्ति केही वर्षको लागि उत्कृष्ट नतिजा हासिल गर्ने विभिन्न जिल्लाका छात्राहरूलाई सम्बन्धित जिल्लामा गई सेवा गर्ने सर्तमा छात्रवृत्तिमा अध्ययन गराउने नीति बनाउनुपर्छ ।”
शिक्षक तथा कर्मचारीहरूले असल नागरिकको कर्तव्य निर्वाह गर्नुपर्ने आवश्यकता औाल्याउादै उहााले भन्नुभयो, “समाज र देशमा भए÷गरेका गलत कदमविरुद्ध सचेत समुदायले बोल्न सकेन भने हामी पनि दोषी ठहरिने छौा । हामीले गलत कदमलाई समयमै आलोचना गरी असल नागरिकको कर्तव्य निर्वाह गर्नु आवश्यक छ ।”
समाजमा भइरहेका सम्पूर्ण विकृतिको दोषी पुाजीवादी व्यवस्था भएकोले समाजमा अपराध निर्मूल पार्न समाजवादी व्यवस्था स्थापना गर्नु अपरिहार्य भएको अध्यक्ष बिजुक्छोले बताउनुभयो ।
समाजवादी देश प्रजग कोरियाबाट धेरै कुरा सिक्नुपर्ने आवश्यकता औाल्याउादै उहााले प्रजग कोरियाबारे साम्राज्यवादी देशहरूले गलत कुरा प्रचार गरी विश्वलाई भ्रममा पार्ने दुष्प्रयास गरिरहेको छ भन्नुभयो ।
“जीवनमा आइपर्ने अनेक समस्याबाट अविचलित भई अगाडि बढ्नु आवश्यक छ । सङ्घर्ष गर्नुको अर्को विकल्प छैन ।” अध्यक्ष रोहितले भन्नुभयो ।
“संसारमा युद्ध र अशान्ति बढ्नुमा संरा अमेरिकाको प्रमुख भूमिका रहेको छ । दक्षिण एसियामा युद्ध भड्काई चीनलाई चारैतिरबाट घेर्ने योजना संरा अमेरिकाको छ । तर, यो योजना चीनले सफल हुन दिनेछैन”, उहााले भन्नुभयो ।
देशको सार्वभौमिकता रक्षा गर्ने र देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने नयाा पुस्ता तयार गर्न शिक्षकहरूले मेहनत गर्नुपर्ने आवश्यकता अध्यक्ष बिजुक्छोले औाल्याउनुभयो ।
नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले ख्वप कलेजहरू सञ्चालनमा सरकारबाट कुनै सहयोग प्राप्त नभई भनपाकै लगानीमा सञ्चालन भइरहेको छ भन्नुभयो ।
“सरकारमा गएका पार्टीहरूले बद्नियतकै कारण ख्वप विश्वविद्यालय सञ्चालनको स्वीकृति नदिन ख्वप विश्वविद्यालय विधेयकलाई अगाडि नबढाएको हो”, उहााले भन्नुभयो ।
सरकारका बेथितिहरू दिनप्रतिदिन बढ्दै गइरहेको चर्चा गर्दै उहााले भन्नुभयो, “पााच वर्षमा कृषि क्षेत्रमा प्राप्त भएको ६० अर्ब अनुदानमध्ये ३५ प्रतिशत रकम भ्रष्टाचार भएको छ । संसद्देखि वडा अध्यक्षसम्मका जनप्रतिनिधिहरूमध्ये ५६ प्रतिशत ‘कारोबारी जनप्रतिनिधि’ रहेको तथ्याड्ढ भएकोले अनियमितता बढिरहेको हो ।”
फोरजी सेवा विस्तारमा १२ अर्ब रूपैयाा, विराटनगर जुट मिलको अर्बौा सम्पत्तिमा भ्रष्टाचार भएको जानकारी गराउादै सांसद सुवालले भन्नुभयो, “सरकारका मन्त्रीहरूमा इमानदारिता छैन । सरकारी पार्टीका नेतादेखि कार्यकर्ताहरू सबै पैसामा बिकिरहेका छन् ।”
दक्षिण एसियामा भारतकै कारण अशान्ति बढिरहेको चर्चा गर्दै उहााले भन्नुभयो, “रू. ५५ अर्ब रूपैयाा अनुदान पाउने लोभमा एमसीसीमा संलग्न हुनुहुन्न । एमसीसी सैनिक गठबन्धनको अङ्ग भएकोले यसमा जोडिनु नेपालको असंलग्न परराष्ट्र नीतिको विपरीत छ ।”
संसदको अधिवेशन बोलाएर बैठक सुरू नगर्नुमा सत्तापक्ष र प्रतिपक्ष पार्टीहरू नै दोषी छन्, सांसद सुवालले भन्नुभयो ।
गुठी वा ट्रस्टको सबै सम्पत्ति स्थानीय तहलाई जिम्मा दिएर सम्पदा र संस्कृति जोगाउन सकिने धारणा सांसद सुवालले राख्नुभयो ।
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भनपाले मावि र कलेजहरू सञ्चालन गरेर उदाहरणीय कार्य गरिरहेको उल्लेख गर्दै जनप्रतिनिधिहरूले निर्वाचन घोषणापत्रअनुसार नै जनताको सेवा गरिरहेको बताउनुभयो ।
उहााले भन्नुभयो, “देशको शैक्षिक क्षेत्रमा भनपाद्वारा सञ्चालित कलेजहरूको योगदान कम छैन । तर पनि शासक पार्टीहरूले ख्वप कलेजहरूप्रति गलत नजरले हेरिरहेको छ । यो दुःखको कुरा हो ।”
सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिनुपर्ने आवश्यकता औाल्याउादै उहााले भनपा शिशु कक्षादेखि विश्वविद्यालय तहसम्मको शिक्षा दिन प्रतिबद्ध रहेको बताउनुभयो ।
राज्यको जग्गा संरक्षण गर्ने उद्देश्यले सल्लाघारीस्थित नेपाल ट्रस्टको जग्गामा नगरपालिकाले पर्खाल लगाएको उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले जनताको अधिकतम हितमा उपयोग गर्ने गरी उक्त स्थानमा मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय सञ्चालन गर्ने योजना रहेका छ भन्नुभयो ।
नगरवासी, त्यहाा कार्यरत चिकित्सक तथा कर्मचारीहरूको आग्रहअनुसार भक्तपुर क्यान्सर अस्तालमा भइरहेको भ्रष्टाचार र विकृति रोक्न भनपाले उक्त अस्पतालको व्यवस्थापनको जिम्मेवारी लिएको उहााले बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “हाम्रा शैक्षिक संस्थानहरूले अध्ययनको साथसाथै अनुसन्धानमा पनि ध्यान दिनु आवश्यक छ । अनुशासनलाई अझ कडाइका साथ लागू गरी देशभक्त विद्यार्थी तयार गर्नु हाम्रो कर्तव्य हो ।”
भनपाका उपप्रमुख एवम् विद्यालय÷कलेज व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशीले शिक्षाको बारे छलफल गर्नु सराहनीय कदम भएको चर्चा गर्दै भनपाले भक्तपुर महोत्सव गर्न लागेको हुादा सहयोग गर्न सबैमा अनुरोध गर्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरङका प्राचार्य इ. सुनिल दुवालले प्राध्यापकहरूले अध्ययन–अध्यापनका साथै देश र समाजप्रतिको कर्तव्य पनि निर्वाह गर्नुपर्ने आवश्यकता औाल्याउनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालयले ख्वप इन्जिनियरिङ कलेजलाई उत्कृष्ट कलेज घोषणा गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी र शिक्षक कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *