प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
प्रदेश नं ३ ले केही दिनभित्र नाम र स्थायी राजधानी पाउने देखिएको छ । यसै साताबाट बस्ने प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी प्रस्ताव गर्दै छ । नेकपाको दुईतिहाइ बहुमत भएको प्रदेशसभाबाट केही दिनअघि नेकपाको सचिवालयले गरेको सिफारिसअनुसार नै नाम र राजधानी निर्णय हुने सम्भावना प्रबल छ । सो सिफारिसअनुसार प्रदेशसभाले निर्णय गरे प्रदेश नं ३ को नाम ‘बागमती’ र प्रदेश राजधानी हेटौँडा हुने छ । तथापि सत्तापक्षकै केही सांसदहरू भने पार्टीको सो सिफारिस नमान्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।
प्रस्टतः प्रदेशको राजधानी र नाम सिफारिस कुनै पार्टीको सचिवालयबाट गर्नु संविधानको मर्मविपरीत हो । संविधानले स्पष्ट शब्दमा ती विषयको निक्र्योल प्रदेश संसद्बाट गर्ने उल्लेख छ । तथापि शासक दलले संविधानको भावना लत्याएर गरेको यो निर्णय भविष्यको लागि गलत नजिर बन्नेछ । संविधानको पालना गर्न सबभन्दा जिम्मेवार राजनीतिक दलले बहुमतको आडमा सचिवालयबाट यस्ता निर्णय गर्नु सङ्घीयताको मर्मविपरीत हो । शासक दलमा अझै पनि केन्द्रियतावादी चिन्तनको पञ्चायती भूत मेटिनसकेको यो एउटा दृष्टान्त हो ।
सत्ता पक्षकै केही सांसदहरूले प्रदेशको नाम कुनै निश्चित जाति र क्षेत्रलाई जोडेर नामकरण गर्न माग गरिरहेका छन् । जातीय र क्षेत्रीय आधारमा प्रदेशको नामकरणले समाजलाई विभाजित गर्ने छ । अहिलेसम्म नामकरण भएका प्रदेशहरूले कहीं पनि जातीय र क्षेत्रीय नाम राखेका छैनन् । प्रदेश नं ३ ले पनि प्रदेशको नामकरण जातीय र क्षेत्रीय आधारमा गर्नु मूर्खतापूर्ण हुनेछ ।
प्रदेश राजधानी र नाममा थप राजनीति गर्न आवश्यक छैन । सत्ता पक्षकै केही सांसदहरूले स्थायी राजधानी भक्तपुरमा राख्ने भनी कुनै बेला ठूलै कोकोहोलो मच्चाएका थिए । उनीहरूले काठमाडौँ उपत्यकाभित्र दुई वटा राजधानी राख्नु विकेन्द्रीकरण र सङ्घीयताको भावनाविपरीत भएको आफ्नो मत राख्ने राजनीतिक नेतृत्वको बेइज्जती गर्ने गल्तीसमेत गरेका थिए । तर, आखिरमा केही जग्गा व्यवसायीलाई अकुत सम्पत्ति कमाउन दिनमात्र राजधानी ल्याउने प्रचारबाजी गरिएको वास्तविकता आज जनताले थाहा पाउँदै छन् । सत्तासीन दलका खुरापाती सांसदहरू कुन उद्देश्यले के प्रस्ताव ल्याउँछन्, जनतालाई सहजै बुझ्न पनि कठिन छ ।
चुनावमा जनतालाई दिएको वचनले केही सांसदहरू अहिले मर्कामा परेका छन् । आफ्नो क्षेत्रमा प्रदेश राजधानी ल्याउने प्रतिबद्धताका आधारमा चुनाव जितेका सांसदहरूले अब राजधानी आफ्नो क्षेत्रमा पर्ने सम्भावना न्यून भएपछि जनताको आँखामा धुलो छ्याप्दै पानीमाथिको ओभानो बन्न राजधानी आफ्नै क्षेत्रमा राख्नुपर्ने भनी कोकोहोलो मच्चाइरहेका छन् । उनीहरूले सार्वजनिक मञ्च र सञ्चारमाध्यममा कडा अभिव्यक्ति दिए पनि पार्टी सचिवालयको आदेशलाई नाघेर जाने ह्याउ उनीहरूमा नहुने वास्तविकता अब बस्ने प्रदेशसभाको बैठकमा देखिने छ ।
प्रदेश राजधानी र नाममा थप राजनीति गर्न आवश्यक छैन । सत्ता पक्षकै केही सांसदहरूले स्थायी राजधानी भक्तपुरमा राख्ने भनी कुनै बेला ठूलै कोकोहोलो मच्चाएका थिए । उनीहरूले काठमाडौँ उपत्यकाभित्र दुई वटा राजधानी राख्नु विकेन्द्रीकरण र सङ्घीयताको भावनाविपरीत भएको आफ्नो मत राख्ने राजनीतिक नेतृत्वको बेइज्जती गर्ने गल्तीसमेत गरेका थिए । तर, आखिरमा केही जग्गा व्यवसायीलाई अकुत सम्पत्ति कमाउन दिनमात्र राजधानी ल्याउने प्रचारबाजी गरिएको वास्तविकता आज जनताले थाहा पाउँदै छन् । सत्तासीन दलका खुरापाती सांसदहरू कुन उद्देश्यले के प्रस्ताव ल्याउँछन्, जनतालाई सहजै बुझ्न पनि कठिन छ ।
अहिले पनि सत्तासीन दलका नेताहरूको निर्णयलाई त्यही दलका सांसदहरूले विरोधको नाटक गरिरहेका छन् । ‘आफँै धामी आफै बोक्सी’ भन्ने एउटा पुरानो नेपाली उखानजस्तै नाटक आज सत्तासीन दल खेलिरहेको छ । राजधानी र नाम चित्त बुझ्ने जनता पनि आफ्नै पक्षमा र विपक्षीलाई पनि आफ्नै पक्षमा पारेर दुवै हातमा लड्डु पार्ने यो जालसाझी मात्र हो । यस्ता जालझेल र दोहोरो चरित्रबारे जनता सचेत बन्न जरुरी छ ।
Leave a Reply