भर्खरै :

जेएनयूको ‘रक्ताम्य आइतबार’

 सुचिता महाजन
म इतिहासको प्राध्यापक हुँ । त्यसकारण मैले ‘रक्ताम्य आइतबार’ (ब्लडी सन्डे) को विषयमा पढाएको छु । रुसमा सन् १९०५ को क्रान्ति त्यही ‘रक्ताम्य आइतबार’बाट सुरु भएको थियो ।
विडम्बना एक शताब्दीभन्दा धेरै वर्षपछि हिजो मैले आफू पढाउने क्याम्पसमा ‘रक्ताम्य आइतबार’ भोग्नुप¥यो । हो, म जवाहरलाल नेहरू विश्वविद्यालयको कुरा गर्दैछु ।
निकै मिठो अपरान्हको समय थियो आइतबारको । मेरो रिसर्च समूहका विद्यार्थी मेरै घरमा जम्मा भएका थिए । एक जना विद्यार्थीले आफ्नो शोधको पाठबारे व्याख्या गर्दैथिइन् । उनको शोधमाथि लामो छलफल चल्यो । अर्की एक जना सहभागीले त्यहाँको दृश्यलाई तस्वीरमा कैद गरिन् । भनिन्–यसलाई म फेसबुक पेजमा पोस्ट गर्छु ।
अनि थपिन्–यसको क्याप्सन ‘जवाहरलाल नेहरू विश्वविद्यालयमा कैद हामी’ हुनसक्छ ।
कलेजमा चालू शैक्षिक गतिविधि उजागर गर्ने हेतु उनले त्यो रोचक क्याप्सन सोचेकी हुनुपर्छ ।
५ः३० बजे सम्ममा सबै विद्यार्थी मेरो घरबाट निस्किसकेका थिए । उनीहरू सबैको गन्तव्य थियो–जेएनयूभित्रको साबरमती ढावा । ४ बजेको समय दिएर जवाहरलाल नेहरू विश्वविद्यालय प्राध्यापक सङ्गठनले त्यहाँ भेलाको आह्वान गरेको थियो । ६ः३० बजेसम्ममा प्राध्यापकहरूको ठूलै सङ्ख्या त्यहाँ भेला भइसकेका थियो ।
मेरी भदैले पेरियार छात्रावासबाहिर एक हुल विद्यार्थी मुखमा रुमाल बाँधेर बसेको देखिन् । उनीहरूमध्ये कसैले लौरो बोकेका थिए, कसैले फलामे छड बोकेका थिए । तथापि भदै ढावातिर गइन् । केही बेरमा पेरियार छात्रावासमा भेला भएका नकाबधारीहरूले ढावामा भेला भएका अरू विद्यार्थी र शिक्षकहरूमाथि अन्धाधुन्ध कुटपिट गर्न थाले । ज्यान जोगाउन मेरी भदै दौडेर सबरमतीबाहिरको २४–७ नामको खाजा पसलभित्र एउटा टेबुलमुनि लुक्न पुगिन् । त्यहींबाट उनले भाग्दै गरेका विद्यार्थी र शिक्षकहरूमाथि हतियार बोकेको समूहले कुटपिट गरिरहेको देखिन् । हतियारबद्ध समूहमा केही केटीहरू पनि थिए ।
वरपर, जताततै ठूलठूला ढुङ्गा वर्षिन थाले । ज्यान जोगाउन धेरै विद्यार्थीहरू लुक्न नजिकैको साबरमती छात्रावासतिर पसे । मुख लुकाएका हतियारधारीहरू पनि उही छात्रावासभित्र पसे । बाटोमा भेटिएका सबै सामान उनीहरूले भाँचकुच पारे । झ्याल फोडे । ढोका तोडे । त्यहाँ आतड्ढको अवस्था बन्यो । एउटा कोठामा कम्तीमा पन्ध्र जना विद्यार्थी ज्यान जोगाउन लुकेका थिए । ढोका खोल्न बाहिरबाट आक्रमणकारीले ठेलिरहेका थिए । भित्रबाट विद्यार्थीहरूले पनि ठेलेर ढोका खोल्न रोकिरहेका थिए ।
पछि मैले छात्रावासको मेसका एक जना कामदार भेटें । अन्धाधुन्ध मान्छे कुट्दै हिँडेका हमलाकारीबाट जोगिन उनी कार्यालय कक्षभित्र पसेर भित्रबाट चुकुल लगाएर बसेका रहेछन् । उनी जोगिए । मेरा सहकर्मी (प्राध्यापक) सुचित्रा सेनको निधारमा ढुङ्गा लागेको थियो । उनलाई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) को ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । जेएनयू विद्यार्थी युनियनका सभापति आइशी घोषलाई ताकेरै टाउकोमा हानियो । उनको टाउकोबाट भलभलती रगत बग्यो ।
हमलाबाट जोगिन छात्रावासको कोठाहरूमा लुकेर बसेका धेरै विद्यार्थीहरूले मलाई फोन गरे । वामपन्थी विद्यार्थी समूहका चिनिएका विद्यार्थीहरूबाहेक धेरै मुसलमान विद्यार्थीहरूले पनि के गर्ने, कसो गर्ने भनी फोन गरे । मैले उनीहरूलाई अवस्था सामान्य नहुञ्जेल कोठाबाट बाहिर नआउने सल्लाह दिएँ ।
तर, तनाव कम भएन । बरु उल्टो हातहतियार बोकेका बजरङ्गी दलजस्तो समूहहरू विश्वविद्यालय वरपरका मुर्निका र बेरा सराय गाउँहरूमा तैनाथ थिए । मुख्य गेटमा पनि त्यस्तै समूह बसेको देखियो । जेएनयूभित्र बस्ने सबै जना खतरामा थिए ।
प्राध्यापक सङ्गठनले हामी सबैलाई मुख्य गेटमा बोलाए भेला हुन खबर गरेपछि घरबाट हामी सबै त्यत्तै दौडियौं । अवस्था निकै खराब थियो । ‘गोली से उडादो सालों को, टुकडे टुकडे ग्याङ वालोंको’ जस्ता नारा सुनिएको थियो । कोही ‘भारत माता कि जय’ को नारा लगाइरहेका थिए ।
मलाई तत्क्षण आफू कुनै मानिस मारिने मैदानमा उभिरहेको अनुभव भयो । जहाँ रक्तपिपासु भीडलाई कुनै पनि बेला भित्र पस्ने अनुमति दिइएको थियो । कन्हैया कुमारले लगाउने गरेको आजादीको नारालाई बिगारेर उनीहरूले ‘नक्सलवादसे आजादी’ को नारा लगाइरहेका थिए । भन्दै थिए–‘नक्सलवादीयों से क्याम्पसको मुक्त करो ।’
गेटमा उभिंदै गर्दा मलाई त्यत्तिबेला आफू हिजो भोगिसकेको कुनै समयमा उभिएको अनौठो आभास भयो । मलाई आफू सन् २०१६ मा दोहोरिरहेको अनुभव भयो । त्यत्तिबेला जेएनयूमा सत्तारुढ दलसम्बद्ध सङ्गठनले उनीहरूको शब्दमा ‘राष्ट्रविरोधी’ र ‘देशद्रोही’माथि गरेको निर्मम दमनको विरोधमा उठेको जनआक्रोशमाथि यसरी नै राज्य लागेर पेलेको थियो ।
राष्ट्रमाथि खतराको नाममा देशभक्तमाथि दमन गर्ने भाजपा र उसका अन्य मित्र सङ्गठनको मुद्दाअनुसार नै त्यत्तिबेला त्यो घटना भएको थियो । पाकिस्तानलाई जस्तै उनीहरूले जेएनयूलाई शत्रु मानेका थिए ।
यसले मलाई एउटा बृहत् वास्तविकताको चित्र स्मरण गराएको छ–आइतबार विश्वविद्यालयमा भइरहेको हमला लगातारको हमलाको शिलशिलामात्र हो । विश्वविद्यालयका वर्तमान उपकुलपतिले पदभार ग्रहण गरेकै दिनबाट यो शिलशिला सुरु भएको थियो । विश्वविद्यालयको सर्वोच्च निकाय प्राज्ञिक परिषद्देखि विश्वविद्यालयका सबै विभागहरू क्रमशः खोक्रो बन्दै गएको म एक जना विभागीय प्रमुखको रूपमा सबै देखिरहेकी छु । अनि फरक विचार राख्ने चलनलाई उपेक्षा गरिएको छ । हाँसोको विषय बनाइएको छ । दबाइएको छ । विरोधी मतको त कुरै भएन ।
कहीं आशा नलागेर अन्ततः हामीले अदालतको ढोका घच्घचाउनुपरेको छ । त्यहीं मात्र हाम्रो कुराको केही सुनुवाइ भइरहेको छ । बितेका तीन वर्ष म अदालतमा वादीको रूपमा धेरै पटक धाएकी छु । यसरी अदालतको ढोकामा पुगेका प्राध्यापक र विद्यार्थीलाई मद्दत गर्न हरेक महिना सबैसँग चन्दा सड्ढलन हुने गरेको छ ।
यी सबै घटनाक्रमबीच आइतबारको घटना भयो । त्यो साँझ मैले चिने–जानेका सबै मिडियासमक्ष हारगुहार गरें । प्रहरीलाई अवस्था नियन्त्रण गर्न आग्रह ग¥यौं । जेएनयूको पूर्वविद्यार्थी समूहको पेजमा सहयोगको लागि आग्रह गरें । हामीप्रति सद्भाव राख्नेहरूसमक्ष पनि सहयोगको लागि आह्वान गरें । केही समयमै जामिया विश्वविद्यालय र दिल्ली विश्वविद्यालयका विद्यार्थी र शिक्षकहरू जेएनयू आइपुगे । धेरै चाँडै हाम्रो सङ्ख्या हाम्रो रगत पिउन अभिशप्तहरूको तुलनामा धेरै भयो । अनि बल्ल हामीले ज्यान जोगाउन छात्रावास र क्याम्पस बाहिर लुकेका विद्यार्थीलाई एकै ठाउँमा भेला गर्न सक्यौं ।
यी सबै घटना भने सुरक्षाकर्मीहरू लाटाले पापा हेरेजस्तै टुलुटुलु हेर्दै बसेका थिए । मेरा श्रीमान क्याम्पसबाट ६ः३० बजे बाहिर निस्कँदा मूल द्वारमा धेरै प्रहरी तैनाथ थिए । तर, आवश्यकता पर्दा उनीहरू कोही पनि त्यहाँ थिएनन् । पछि प्रहरीले आफूलाई उपकुलपतिले भित्र नआउन सूचना गरेको स्पष्टिकरण दिए । टेलिभिजनमा आतड्ढको भयावह दृश्यहरू प्रसारण गरिएपछि मात्र प्रहरीलाई क्याम्पसभित्र पस्न अनुमति दिइयो ।
केही उच्च प्रहरी अधिकारीले विश्वविद्यालयभित्र पसेर काम गर्न थालेपछि मात्र हामी ढुक्क भयौं । उच्च प्रहरी अधिकारीहरूमध्ये कति त जेएनयूकै पूर्वविद्यार्थी थिए ।
यो घटनाले विश्वविद्यालयको जिम्मेवार पदमा बसेका धेरै पदाधिकारीको मनसायमाथि धेरै असहज र अनुत्तरित प्रश्नहरू उठेको छ । उनीहरूले समस्याका जरा ठानेका केही प्राध्यापक र विद्यार्थीमाथिको यो रिस हो वा यो घटना आम विद्यार्थी र प्राध्यापकले बुझेजस्तै क्याम्पस प्रशासनकै भद्दा चाहनाअनुसार भएको हो ?
उत्तर जे सुकै भए पनि यो विश्वविद्यालयको नेतृत्वको पूर्ण असफलता हो । घटनाको समयमा अवस्थालाई हातमा लिन त परको कुरा, कोही पनि पदाधिकारी त्यहाँ कहीं पनि थिएन ।
म टक्क रोकिएँ । आफैलाई सोधें–के यो विश्वविद्यालय जानाजान सिध्याउने प्रशासनको चालबाजी होइन ? कतै यो विश्वविद्यालय ध्वस्त बनाउन नै शक्तिको आडमा अहिलेका उपकुलपतिको नियुक्त भएको हो कि ? संविधानको मूल्यमान्यताको रक्षक मानिएको यो विश्वविद्यालय ध्वस्त बनाउने कतै यो षड्यन्त्र त होइन ?
घर फर्किंदा मध्यरात कटिसकेको थियो । मेरो निधारमा लागेको ठूलो ढुङ्गाको चोटभन्दा गहिरो चोट मुटुमा लागेको चोट थियो । मुटुमै कुनै ढुङ्गा अड्केको जस्तो ग¥हुङ्गो महसुस भयो ।
हे मेरो प्रिय क्याम्पस ¤ हे मेरो प्यारो देश ¤
(लेखक जेएनयूको इतिहासका प्राध्यापक हुनुहुन्छ ।)
स्रोतः द वायर
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *