भर्खरै :

सांस्कृतिक सम्पदा जोगाआँै

– दिक्षा, मथिनपा, बोडे
मध्यपुर थिमी नगरपालिका एक ऐतिहासिक तथा सांस्कृति नगरको रूपमा परिचित छ । मध्यपुर थिमी नगरपालिकाअन्तर्गत थिमी, नगदेश र बोडेमा विभिन्न ऐतिहासिक मठ–मन्दिरहरू रहेका छन् । जुन ऐतिहासिक मन्दिरहरू मल्लकालीन र राणाकालीन समयमा निर्मित हुन् । तर, मानिसहरूले फोहोरमैला व्यवस्थापन गर्नको लागि सही ठाउँ र सही व्यवस्था अपनाउन नसक्दा सो ऐतिहासिक सम्पदाहरू धरापमा परेको पाइन्छ । त्यस्तै मथिनपा –७ बोडेस्थित महालक्ष्मी मन्दिर उपत्यकाको चार वटा महालक्ष्मी मन्दिरहरूमध्ये एक महत्वपूर्ण मनिन्छ । बोडेवासीहरूले आफ्नो घरको फोहोरमैलालाई उचित व्यवस्थापन नगरी त्यस मन्दिरको उत्तरतर्फ रहेको पाखोमा फाल्ने गरेको छ । जसको कारण वर्षाको समय र अन्य समयमा पनि त्यहाँ धेरै दुर्गन्ध हुने र वरिपरिको वातावरण नै प्रदूषित भएको र विभिन्न सरुवा रोगहरू लाग्नसक्ने अवस्था रहेको छ ।
आगामी नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी सम्बन्धित निकाय तथा नगरपालिकाले स्थानीयलाई फोहोरमैला व्यवस्थापनसम्बन्धी तालिम र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी वातावरणलाई सफा र स्वस्थ बनाउनुपर्छ । अहिलेसम्म नपाबाट स्थानीयलाई कुनै पनि फोहोर व्यवस्थापनको तालिम दिइएको छैन । यदि सम्बन्धित निकायबाट यस्ता किसिमका तालिमहरू र जनचेतनामूलक कार्यक्रमहरू समयमै सञ्चालन गर्न सकेमा कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने फोहोर कम्पोष्ट मल र नकुहिने फोहोर पुनः प्रयोगमा ल्याउने तथा प्रशोधन केन्द्रमा लगेर नयाँ सामान बनाई सदुपयोग गर्न सकिन्छ । यदि फोहोर व्यवस्थापन गर्न घ च् को सिद्धान्त अर्थात् च्भ(गकभ, च्भअथअभि र च्भमगअभ लागू गर्न सके फोहोरमैला प्रदूषण कम गरी वातावरण सुधार गर्न सकिन्छ । यसरी ऐतिहासिक धरोहरहरू र वातावरण फोहोरमैलाको चङ्गुलबाट बचाउन सकिन्छ । स्थानीय निकायले फोहोरमैला समस्यालाई ध्यान दिएर समाधानको लागि तुरुन्त कदम अघि बढाएमात्र नेपाल भ्रमण वर्ष २०२० को औचित्य पुष्टि हुन्छ । सम्बन्धित निकायको ध्यान जाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *