‘श्रमिक’ र ‘मजदुर’ मा नेपाली भाषाकै शब्द हुनु राम्रो
- कार्तिक ६, २०८३
–आयुशा थकुलवट
भक्तपुरमा पशु वध गर्ने धेरै स्थानहरू छन् । तर, अधिकांश वधशाला अझै व्यवस्थित छैनन् । वधशाला व्यवस्थित गर्न भक्तपुर नगरपालिकाअन्तर्गत गठित अनुगमन टोलीले बरोबर अनुगमन गरिरहेको यथार्थ हो । कहिलेकाहीँ पशु वध गर्दा र वध गरिएको पशु पोल्दा बटुवालाई हिँडदुल गर्न समस्या हुन्छ । वध गरेको र खुला ठाउँमा नछोपिकन मासु बेचिरहेको देख्दा विदेशी पर्यटकहरू अचम्भित हुन्छन् । वध गर्ने ठाउँमा राम्रो सफा नगर्दा इँटा छापेको भुइँ कालो भइरहेको हुन्छ । काटेको मासु त्यसै खुला छोड्दा झिँगाले भन्किरहेको हुन्छ । फोहर ठाउँमा बसेरै राँगो काटिरहेको हुन्छ । के त्यस्तो मासुले हाम्रो हाम्रो स्वास्थ्यमा असर पु¥याउँदैन ?
जहाँतहीँ पशु वध गर्दा, वध गरिएको पशु पोल्दा भएको फोहरले सफा र स्वच्छ नगरलाई गिज्याइरहेको हुन्छ । कुनै उपयुक्त ठाउँहरूमा पशु वध गर्ने व्यवस्था गर्नसके जहाँतहीँ फोहर पनि हुँदैन, बटुवालाई मर्का पनि हुने छैन । पशु वध गर्ने र पोल्ने निश्चित ठाउँको व्यवस्था भए सुनमा सुगन्ध हुनेछ । नगरलाई जहिल्यै सफा, सुन्दर र सभ्यस्थल बनाउने हो भने निश्चित स्थानमा पशु वधशालाको व्यवस्था नगरी हुँदैन ।
त्यस्तो व्यवस्था नभएकोले पनि मासु व्यापारीहरूले आफू अनुकूल जहाँतहीँ पशु वध गरिरहेका छन् । समस्या समाधान गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जाने विश्वास गर्छु ।
Leave a Reply