जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
काठमाडौँ, २९ पुस । ललितपुर लुभुकी रेणुका केसीलाई मङ्गलबार बिहानदेखि नै भ्याइनभ्याई छ । लगनखेल बसपार्कसँगैको घुम्तीमा उनले तरकारी पसल राखेको बीस वर्ष भइसक्यो । उनलाई माघे सङ्क्रान्तिअघि यस्तै भ्याइनभ्याई हुन्छ । अरू बेला अनेकथरी तरकारीले भरिने उनको फुटपाथे पसलमा गत केही दिनदेखि विभिन्न थरी जराजन्य तरुलले भरिएको छ । माघेसङ्क्रान्तिको दिन घर घरमा जराजन्य परिकार पकाउने भएकोले केसीले केही दिनअघि देखि पसलमा मूलतः विभिन्न थरीका जराजन्य तरकारी मात्र राखेकी छिन् ।
उनले पसलमा विभिन्न ६ थरीका यस्ता तरकारी बेच्न राखेकी छिन् । सखरखण्ड, पिडालु, इस्कुसको जरा, वन तरुल, हात्तीपाइले, सिमलको तरुल आदि तरकारी उनले पसलमा राखेकी छिन् ।
सिन्धुली जिल्लाका पुष्प केसीको व्यस्तता पनि उस्तै । उनको पनि लगनखेलमै तरकारी पसल छ । पसलमा रेणुकाकै पसलमा भएका विभिन्नथरी तरकारी राखिएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष व्यापार कम भएको उनको गुनासो छ । “अघिल्लो वर्ष त दैनिक १२ देखि २० हजारसम्मको व्यापार भएको थियो । यो वर्ष कम छ । ८–१० हजारमा चित्त बुझाउनुपरेको छ”, उनले भने ।
बजारमा सखरखण्ड प्रतिकेजी १२०।–, पिँडालु प्रतिकेजी १००।–, इस्कुसको जरा प्रतिकेजी २००।–, वन तरुल प्रतिकेजी ४००।–, हात्तीपाइले तरुल १५०।– र सिमलको तरुल १००।– रुपैयाँमा बिक्री गर्ने गरेको उनीहरूको भनाइ छ ।
माघे सङ्क्रान्तिमा विभिन्न परिकारसँगै जमिनमूनि फल्ने विभिन्न जराजन्य परिकार पनि खाने परम्परा छ । यस्ता जराजन्य खाद्य पदार्थमा मानव शरीरलाई फाइदा गर्ने विभिन्न तत्व पाइने विशेषज्ञहरूको भनाइ छ । जाडो महिनाको उत्कर्षमा सेवन गरिने यस्तो खानाले मानिस शरीरलाई न्यानो बनाउने बताइन्छ ।
मङ्गलबार नै खर्पनमा चाकु र तिलका विभिन्न परिकार बेच्दै गरेको भेटिए–सिन्धुलीकै लालबहादुर जर्धामगर । अरू बेला अर्कै पेशा भए पनि पुसको अन्तिम सातादेखि माघ १ गतेसम्म उनी हरेक वर्ष यसरी खर्पनमा विभिन्न चाकु र तिलका परिकार बेच्ने गर्छन् । उनी चाकु र तिलका ती सबै परिकार काठमाडौँको चाकुको लागि निकै चर्चित स्थान टोखाबाट ल्याउने गर्छन् । अहिले पनि टोखाको परिचय चाकुसँग जोडिएको छ । लालबहादुर र उनका सहकर्मी गणेश बस्याल प्रति पुरिया ५० रुपैयाँको दरले चाकु र तीलका परिकार बेचिरहेका थिए ।
माघे सङ्क्रान्तिमा जराजन्य पदार्थसँगै चाकु पनि खाने निकै पुरानो परम्परा हो । चाकु र तिलले पनि जाडो याममा शरीरलाई न्यानो बनाउने बताइन्छ ।
Leave a Reply