भर्खरै :

चाडपर्वमा विज्ञानको खोजी गरौँ

चाडपर्व सामाजिक जीवनको महत्वपूर्ण हिस्सा हो । चाडपर्वको नाममा अन्धविश्वास र अतिरञ्जना विकृति हो । तथापि अधिकांश चाडपर्व समाजको विकासक्रमको कुनै न कुनै समयको वस्तुगत आवश्यकताले जन्माएको हुन्छ । चाडपर्वलाई शासकले आफ्नो राजनीतिक स्वार्थसिद्धको निम्ति धर्म, पूजा अर्चना र भक्तिसँग जोडेको हुन्छ । त्यसकारण चाडपर्वको वैज्ञानिक पक्ष ओझेल पर्ने र अन्धविश्वास हावी हुने गरेको हुन्छ । यसले चाडपर्व कुन सामाजिक परिस्थितिमा कुन उद्देश्यले आरम्भ भएको थियो भन्ने मूल कुरा छायामा पर्ने गरेको छ ।
माघी सङ्क्रान्ति विज्ञानमा आधारित चाड हो । नेपालका लगभग सबै समुदायका मानिसले यो चाड कुनै न कुनै तरिकाबाट मनाउने चलन छ । सूर्य र पृथ्वीको स्थान र गतिमा परिवर्तनसँगै माघी सङ्क्रान्तिपछि जाडो क्रमशः कम हँदै जान्छ । थारु समुदायमा यो दिन आगो बालेर ताप्ने र जाडो महिनालाई बिदा गर्ने परम्परा छ अर्थात् माघी सङ्क्रान्तिमा परम्परा वैज्ञानिक निहीत छ । जाडो महिना भएकोले माघ महिनामा शरीरलाई तातो दिने परिकारजस्तै चाकु, लसुन, घ्यू र सख्खरखण्ड खाने परम्परा छ । यसले शरीरलाई तागतिलो र न्यानो बनाउने गर्छ । माघी सङ्क्रान्तिको दिन टाउकोमा तेल राख्ने चलन पनि स्वास्थ्यको लागि हितकारी हो । तर, अज्ञानवस मानिसहरू कानमा पनि तेल हाल्छन्, यो भने चिकित्सा विज्ञानले अहितकारी हुने पुष्टि गरेको छ ।
माघी सङ्क्रान्तिको सांस्कृतिक र सामाजिक आयाम भने अझ व्यापक छ । विशेषतः थारु समुदायले यो पर्व नयाँ वर्षको रूपमा धुमधाम मनाउने चलन छ । थारु समुदायले यो दिनमा बडघर चुन्ने र वर्षभरि उही बडघरको नेतृत्वमा समाज चलाउने गर्छ । यो थारु समाजको सकारात्मक सामाजिक अभ्यास छ । यो प्रजातान्त्रिक अभ्यासको नमुना हो । समाजका सबै सदस्य भेला भएर बितेको वर्षको समीक्षा गर्दै नयाँ बडघर चुन्ने प्रणाली थारु समुदायमा अद्यापि कायम नै छ । यो प्रणालीले समाजमा एकै व्यक्ति र परिवारको निर्विवाद नेतृत्व कायम रहने सामन्ती अभ्यासलाई निरुत्साहित गर्छ । नेतृत्वको कमी कमजोरीलाई औँल्याएर आलोचना गर्ने अवसर पनि माघी सङ्क्रान्तिमा थारु समुदायका सदस्यलाई प्राप्त हुन्छ ।
चाडपर्वका वैज्ञानिक पक्षको अध्ययन गरी तिनलाई उजागर गर्न नसक्दा सर्वसाधारण मानिसमा अन्धविश्वास हाबी हुने गर्छ । त्यसकारण चाडपर्वको मूलमर्म ओझेल पर्ने र अनेकथरी अन्धविश्वास र विकृतिका ऐजरु पलाउने गर्छ । चाडपर्वको नाममा मौलाउने विकृति र अन्धविश्वासलाई छ्यासेर सकारात्मक र वैज्ञानिक पक्षलाई प्रवद्र्धन गर्न सके हाम्रा चाडपर्वले समाजलाई सभ्य र सुसंस्कृत बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

माघी सङ्क्रान्ति विज्ञानमा आधारित चाड हो । नेपालका लगभग सबै समुदायका मानिसले यो चाड कुनै न कुनै तरिकाबाट मनाउने चलन छ । सूर्य र पृथ्वीको स्थान र गतिमा परिवर्तनसँगै माघी सङ्क्रान्तिपछि जाडो क्रमशः कम हँदै जान्छ । थारु समुदायमा यो दिन आगो बालेर ताप्ने र जाडो महिनालाई बिदा गर्ने परम्परा छ अर्थात् माघी सङ्क्रान्तिमा परम्परा वैज्ञानिक निहीत छ । जाडो महिना भएकोले माघ महिनामा शरीरलाई तातो दिने परिकारजस्तै चाकु, लसुन, घ्यू र सख्खरखण्ड खाने परम्परा छ । यसले शरीरलाई तागतिलो र न्यानो बनाउने गर्छ । माघी सङ्क्रान्तिको दिन टाउकोमा तेल राख्ने चलन पनि स्वास्थ्यको लागि हितकारी हो । तर, अज्ञानवस मानिसहरू कानमा पनि तेल हाल्छन्, यो भने चिकित्सा विज्ञानले अहितकारी हुने पुष्टि गरेको छ ।

राज्यले सबै समुदायका परम्पराभित्र वैज्ञानिकता र सकारात्मक पक्षको खोजी गर्न मद्दत गर्नुपर्छ । सरकारका प्राज्ञिक निकाय र विश्वविद्यालयले यसको अध्ययन गरी नीतिगत तहबाट सकारात्मक र प्रगतिशील सामाजिक परम्परालाई प्रवद्र्धन गर्नुपर्छ । विविधतायुक्त नेपाली समाजलाई एउटै कोण र रङ्गको आधारमा परिभाषित गर्नु नेपाली समाजको कलेवर नबुझ्नु हो । पञ्चायतले त्यहीँ नीति लिँदा त्यत्तिबेला धेरै नेपाली सम्पदा र संस्कृति नष्ट भए । भाषा, परम्परा र संस्कृति हराएर गए । आज देशमा फरक शासन व्यवस्था छ । आजको शासन व्यवस्थाले पनि त्यही गल्ती भने दोहो¥याउनु हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *