भर्खरै :

भूकम्प एक प्राकृतिक प्रक्रिया

मधुसुदन पोखरेल, कीर्तिपुर
वन जङ्गल, पानी, हावा, पर्वत आदिलाई प्रकृति नै भनिन्छ । यिनीहरू कुनै मानव निर्मित होइनन् । यिनीहरू सधँै शाश्वत छन् । शाश्वत भन्नाले स्वयं उत्पति हुनु हो वा स्वतः आफै स्थितिमा आउनु हो । हावा बहनु, बदली हुनु, वर्षा हुनु, कहिले उत्कट जाडो हुनु, कहिले उत्कट गर्मी हुनु, आँधी चल्नु, घनघोर वर्षा हुनु पनि प्रकृति नै हो । भूकम्प आउनु पनि एक प्राकृतिक प्रक्रिया हो । यो पनि शाश्वत हो । यसको रोकथाम मानव जगतले रोक्नसक्दैन । यो कराल विपत्ति हो । पृथ्वीको सतह एक्कासि हल्लनु वा कम्पनु भूकम्प हो । भूकम्प धेरैजसो समुद्रको गर्भमा हुन्छ । समुद्रको गर्भमा गएको भूकम्पले त्यस्तो ठूलो संहार गर्दैन । यदि त्यो भूकम्प जमिनमा आयो भने विनास हुन्छ । जमिनको नरम जग्गामा पत्तनहरू निर्माण हुन गएका छन् भने नष्ट हुन्छन् । भूकम्पको कम्पन यदि तीव्र छ भने महासागरमा बडे बडे रोमाञ्चकारी तरङ्ग या छाल उठ्छन् । सहरहरू विनाश हुन्छन् । यस्तै महासागरको पिँधमा आएको भूकम्पले जापानमा धेरै नोक्सान भएको थियो । जापानी भाषामा यसलाई सुनामी भनिन्छ ।
पृथ्वी पल्टाएर स्थललाई सागर र सागरलाई धर्ती बनाउन आउने प्राकृतिक रूप भूकम्प कसरी आउँछ त ? पृथ्वीभित्र शक्ति या फोर्स निरन्तर दविएर वा फैलिएर चलिरहेको हुन्छ । त्यो शक्ति या फोर्स भनेको अग्नि या हिट, ग्यास वा वाफ हुन् । धर्तीको गर्भमा अग्नि छ । अग्निको रिजर्भ छ । त्यही नै अग्निले पृथ्वीभित्र रहेको चट्टानलाई तताउँछ । त्यो तापक्रम अन्दाजी ९ सय ८० सेन्टिग्रेडसम्म पुग्दछ । सन् १८९७ मा आसाममा आएको भूकम्पको प्रकम्प ९ सय माइलसम्म पुगेको इतिहास छ । भूकम्पको हलचलको केन्द्रविन्दु पृथ्वीको गहिराइमा १ सय माइल तल भएकोले त्यसको आकलन गर्न सकिंदैन । भूकम्पको तथ्य ज्ञानको बोध अहिलेसम्म प्राप्त गर्न सकिएको छैन । भूकम्प आउने कारण शक्ति नै हो । अर्को पहाडहरूको बनावटीको कारण पनि हो । ठूला भूकम्पहरू ज्यादै पुराना पहाडहरू भएर आउने सम्भावनाको सड्ढेत वैज्ञानिकहरूले दिएका छन् । पहाड नगिच भूकम्प पनि आउँछ न कि समतल भूमिमा ज्वालामुखी भएको ठाउँमा पनि भूकम्प आउँछ । किनकि तल अग्निको रिजर्भ छ । समुद्रको धेरै गहिराइमा पनि भूकम्प आउँछ । प्रशान्त महासागरको पिँधमा पनि भूकम्प चल्दछ । त्यसैले प्रशान्त महासागरको वरिपरि भूकम्पको कुनौटो वा वेल्ट केन्द्र हो । जहाँ हिमालय छ त्यहाँ पनि भूकम्प आउँछ । हाम्रो देश हिमाली राज्य हो । त्यसैले यहाँ भूकम्पको भय छ ।
विश्वको भौगोलिक स्थितिमा संसारमा सबैभन्दा ठूलो टापु वोर्नियो टापु हो । त्यस टापुको एक भाग मलेसिया बनेको छ । त्यसै टापुको तीन भागले इन्डोनेसिया बनेको छ । त्यसैले त्यस टापुदेखि दक्षिण युरोपसम्म सबै भूकम्पको केन्द्र हो । रुसमा रहेको ककेसस पर्वत जसलाई हिन्दू कुश पर्वत पनि भनिन्छ । त्यहाँ पनि भूकम्प आउँछ । विश्वमा भूकम्प आउने ठाउँ संसारको सबैभन्दा ठूलो पहाड अल्पस पर्वत हो । त्यसले फ्रान्स, इटाली, अष्ट्रिया, जर्मनीसम्म छुन्छ । जहाँ ठूला पहाड छन् त्यहाँ भूकम्प आउँछ । सयमा पञ्चानब्बे प्रतिशत भूकम्प आउने क्षेत्र प्रशान्त महासागरको वरिपरि हो । संसारमा अत्यन्त क्रियाशील ज्वालामुखी भएको क्षेत्र हिमालय क्षेत्र पनि हो । यद्यपि भूकम्प नआउने कुनै ठाउँ नै छैन । यो संसारमा घडीको लङ्गुर हल्लेझैँ भित्रभित्रै पृथ्वी हल्ली नै रहन्छ । ठूलो भूकम्प आएपछि मात्र जीव जगत्लाई अवगत हुन्छ । प्रत्येक सय वर्षको अवधिमा ठूलो भूकम्प आउने गरिन्छ । पृथ्वीभित्र कुनै तत्वको विकसित नभएसम्म भूकम्प त्यसै आउँदैन । यस्तो विकराल प्राकृतिक विपत्तिको सामना गर्न हल्का किसिमका घर जनतालाई आवश्यक छ । त्यस्ता घर बनाउन चाहिने साधन महँगो हुनु हुँदैन । नेपालमा घर बनाउने साधन अति महँगो छ । नेपाली जनता घर बनाउनै सक्दैनन् ।
राज्यले यस विषयमा जनताप्रति विवेक राखी जनताको कल्याण हुने कुरा सोच्नुपर्दछ । कष्ट परेका बेलामा जनतालाई केवल सहानुभूति र समवेदना देखाएर हुँदैन । जनताको पीडा र वेदना त्यसै शान्त हुँदैन । यसमा राज्यले भविष्यको विचार गरी सोचेमा जनताको रक्षा हुन्छ र भौतिक सम्पत्तिको क्षति पनि हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *