फिफा स्वतन्त्र खेलकुद संस्था होइन यो एक राजनीतिक उपकरण हो !
- श्रावण १, २०८३
भक्तपुर, १ माघ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को २६ औँ स्थापना दिवसको उपलक्ष्यमा युवा उपसमितिको आयोजनामा भएको अन्तर सहकारी फुटसल प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगिताको समापन कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले खेलले खेलाडी तथा सङ्घ÷संस्थालाई अनुशासन सिकाउनुका साथै सीप निखार्ने अवसर दिने र सङ्घ÷संस्थाहरूलाई आपसी हितमा मिलेर कार्य गर्न सिकाउने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले सिद्धि गणेशले हरेक समय संस्थाको चासो र समुदायको आवश्यकताअनुसार आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक राजेन्द्र दुमरु, आयोजक उपसमितिका संयोजक रमेश दुमरु र सचिव निरोज कासिछ्वाले पनि बोल्नुभएको थियो ।
आठ संस्थाको सहभागिता रहेको प्रतियोगितामा केदारनाथ साकोस प्रथम तथा समाज सुधार साकोस द्वितीय भए । फाइनल खेलमा केदारनाथ साकोसका कैलाश लामिछाने म्यान अफ द म्याच चुनिए । प्रतियोगितामा शुभेच्छा साकोसका सरोज सुवाल उच्च गोलकर्ता, केदारनाथ साकोसका विकेश त्वाती र सतिश सुवाल क्रमशः उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडी बने ।
प्रतियोगिताको उद्घाटन पुस २९ गते संस्थाका अध्यक्ष राजन लाखाजुले गर्नुभएको थियो । उद्घाटनमा भक्तपुर जिल्ला फूटबल सङ्घका उपाध्यक्ष सुनिल प्रजापति, व्यवस्थापक राजेन्द्र दुमरु र सभापति रमेश दुमरुले पनि बोल्नुभएको थियो ।
Leave a Reply