भर्खरै :

राष्ट्रिय भूकम्प सुरक्षा दिवस ः कहाँ के के हुँदै छ ?

यो वर्षको राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह बिहीबार माघ २ गते भक्तपुर नगरपालिकामा हँुदै छ । कार्यक्रमअन्तर्गत हुने गतिविधिबारे जानकारी प्रस्तुत छ ः
राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह उद्घाटन कार्यक्रम
स्थान ः भक्तपुर दरबार क्षेत्र
समय ः दिनको १ः३० बजे
राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ को मूल समारोहअघि भक्तपुर नगरका दुई ठाउँबाट सचेतना ¥याली सुरु हुने छ ।
पहिलो ¥याली सुरु हुने स्थानः लामगाल पुखु, भनपा १०
समय ः मध्यान्ह १२ बजे
¥यालीको नेतृत्व भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुहुने छ । ¥यालीको रुट–लामगाल पुखु – नवदुर्गा – गछेँ – सकोलान – दत्तात्रय – इनाचो – गोल्मढी – सुकुलढोका – त्रिपुरा सुन्दरी – दरबार क्षेत्र
सुरुको प्रदर्शनी ः ख्वप कलेजबाट जनचेतनामूलक नाटक प्रदर्शनी
नेपाल स्काउटबाट विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्तुति
¥यालीमा निम्नानुसारको सहभागिता रहने छ ः
१. राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोह समितिका पदाधिकारी तथा व्यवस्थापन समितिका पदाधिकारी
२. नेपाली सेना (व्यान्डसहित)
३. महानगरीय प्रहरी परिसर (जगाति वृत्त) (व्यान्डसहित)
सशस्त्र प्रहरी बल (व्यान्डसहित)
४. भनपा वडा नं. ६ देखि १० सम्मका सबै जनप्रतिनिधि
५. भनपद्वारा सञ्चालित कलेजहरू
६. भनपा वडा नं. ६ देखि १० सम्मका सांस्कृतिक समूह
– धिमे बाजा
– बाँसुरी बाजा
– माक प्याखँ
– लाखे प्याखँ
७. भनपा वडा नं. ६ देखि १० सम्मका विद्यालयका स्काउट ट्रुपहरू
८. नेपाल रेडक्रस सोसाइटी
दोस्रो ¥याली सुरु हुने स्थान ः भाज्या पुखु, भक्तपुर नपा वडा नं १
समय ः मध्यान्ह १२ बजे
सुरुको प्रदर्शनी ः भनपा विपद् व्यवस्थापन समितिबाट आगलागी नियन्त्रणसम्बन्धी प्रयोगात्मक प्रस्तुति
नेपाल रेडक्रस सोसाइटीबाट विशेष प्रस्तुति
¥यालीको नेतृत्व भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले गर्नुहुने छ । ¥यालीको रुट–भाज्या पुखु – इनागा – भार्वाचो – तेखापुखु – वंशगोपाल – नासमना – तालाक्व – टौमढी – क्वाछेँ – साकोठा – दरबार क्षेत्र
¥यालीमा निम्नानुसारको सहभागिता रहनेछ ः
१.राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोह समितिका पदाधिकारीहरू तथा व्यवस्थापन समितिका पदाधिकारीहरू
नेपाली सेना (व्यान्डसहित)
२.सशस्त्र प्रहरी बल (व्यान्डसहित)
३.महानगरीय प्रहरी परिसर (व्यान्डसहित)
४.भनपा वडा नं. १ देखि ५ सम्मका सबै जनप्रतिनिधिहरू
५.भनपा वडा नं. १ देखि ५ सम्मका सांस्कृतिक समूहहरू
–धिमे बाजा
–बाँसुरी बाजा
–माक प्याखँ
–लाखे प्याखँ
६.भनपा वडा नं. १ देखि ५ सम्मका विद्यालयका स्काउट ट्रुपहरू
७.ख्वप मावि
८.नेपाल रेडक्रस सोसाइटी
कसको जिम्मेवारी के ?
राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोहको लागि जिम्मेवारी
मूल समारोह समितिको व्यानर र सचेतना ¥यालीको व्यानर – व्यानर डिजाइनको जिम्मा ल्क्भ्त्, प्रकाशन भक्तपुर नगरपालिकाले गर्ने
मूल समारोह स्थल व्यवस्थापन – भक्तपुर नगरपालिका
अतिथि स्वागत सत्कार – भक्तपुर नगरपालिका
समारोहको सुरक्षा प्रबन्ध – सुरक्षा निकाय
समारोहको क्रममा सचेतनामूलक अभ्यास – ल्क्भ्त् र नेपाल रेडक्रस सोसाइटी
जलपान व्यवस्थापन – भक्तपुर नगरपालिका
सचेतना ¥यालीमा साउन्ड सिस्टम र खानेपानीको व्यवस्था – भक्तपुर उद्योग वाणिज्य सङ्घ
¥याली र समारोहको क्रममा ट्राफिक व्यवस्थापन – महानगरीय ट्राफिक प्रहरी परिसर
सञ्चारकर्मीहरूसँग समन्वय – नेपाल पत्रकार महासङ्घ, भक्तपुर जिल्ला कार्यसमिति
प्रत्यक्ष प्रसारण – रेडियो नेपाल र स्थानीय टेलिभिजन एवं एफएम
प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था – भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र
जनचेतनामूलक प्लेकार्डहरू निर्माण – ल्क्भ्त्, नेपाल रेडक्रस सोसाइटी, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ
इन्जिनियरिङ प्रदर्शनी
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ्ग कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ्गको संयुक्त आयोजनामा भूकम्पसम्बन्धी इन्जिनियरिङ्ग मोडल, फोटो तथा चित्रकला प्रदर्शनी
सुरु हुने समय ः बिहान १० बजेदेखि
स्थान ः दरबार क्षेत्र, ताहा सत्तल
प्रदर्शनी दिनभरि नै हुनेछ ।
भूकम्प इन्जिनियरिङ्ग विषयमा राष्ट्रिय सम्मेलन
राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ को अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ्ग कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ्गको संयुक्त आयोजनामा भूकम्प इन्जिनियरिङ्ग विषयमा राष्ट्रिय सम्मेलन हुने छ ।
मिति ः २०७६ माघ ३ गते, शुक्रबार
समय ः बिहान ९ बजे
स्थान ः ख्वप इन्जिनियरिङ्ग कलेजको सभाकक्ष, लिवाली, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *