भर्खरै :

एमसीसी पारित गर्ने सर्तमा सभामुख सापकोटा ¤

काठमाडौँ, ६ माघ । प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले आफ्नो पदबाट राजीनामा गर्नुभयो । दिउँसो १ बजे सुरू भएको बैठकमा अध्यक्षता गर्दै उहाँले रिक्त रहेको सभामुख चयनको मार्गप्रशस्त गर्न आफ्नो पदबाट राजीनामा दिएको बताउनुभयो ।
उहाँले लोकतन्त्रमा जनताको सूक्ष्म निगरानी रहने उल्लेख गर्दै आफ्नो दुई वर्षको कार्यकालमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो ।
बैठक दिउँसो ४ बजेसम्म स्थगित गर्नुभएको लगत्तै उहाँले राजीनामा दिनुभएको थियो ।
प्रतिनिधिसभाको दोस्रो बैठक दिउँसो ४ बजे ज्येष्ठ सदस्य महन्त ठाकुरको अध्यक्षतामा भयो । उहाँले बैठकमा उपसभामुख शिवमाया तुम्बाहाम्फेको राजीनामा वाचन गरी सुनाउनुभयो ।
ज्येष्ठ सदस्य सभामुखले माघ १२ गते आइतबार दिनको ३ बजे सभामुखको चुनाव गर्ने गरी कार्यक्रम प्रकाशित गर्न सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिनुभयो ।
स्रोतका अनुसार माघ ७ गते सभामुखको उम्मेदवारी दर्ता गर्ने कार्यक्रम प्रकाशित हुनेछ । सत्तापक्ष नेकपाको सचिवालयको बैठकले माघ ५ गते सभामुखमा माओवादीका अग्नि सापकोटालाई उम्मेदवारी बनाउने निर्णय गरेको थियो । सभामुख पदमा नाम प्रस्ताव हुनेबित्तिकै सांसद सापकोटाविरूद्ध ज्यान मुद्दा सर्वोच्चमा दर्ता भएको सार्वजनिक भयो । माओवादीले यसलाई सत्य निरूपण तथा मेलमिलाप आयोगले निर्णय गर्ने दाबी ग¥यो । प्रमुख प्रतिपक्षीले सभामुख पदमा उम्मेदवारी नदिने चर्चा छ । उपसभामुख पद राष्ट्रियसभा सदस्य चुनावमा नेकपासँग गठबन्धन गरेका राजपाले पाउने चर्चा छ । नेकाले उपसभामुख पद दाबी गरेको पनि समाचार छ ।
माघ १२ गते प्रतिनिधिसभाकोएन भएपछि सचिवालयमा दर्ता भएको विधेयक र सन्धि–सम्झौताबारे छलफल सुरू हुनेछ । नेकाको देउवा सरकारले सुरू हस्ताक्षर गरेको र हाल नेकपा सरकारले अघि बढाएको हिन्द–प्रशान्त रणनीतिअन्तर्गतको मिलिनियम च्यालेन्ज कम्प्याक्ट नामको अमेरिकी सैन्य गठबन्धनको पाँच वर्षमा ५५ अर्ब रूपैयाँ अनुदान दिने सम्झौता संसद्बाट पारित गराउन जोडतोडका साथ लागिपरेका छन् । उक्त अमेरिकी सम्झौता असंलग्न नीतिविपरीत भएको हुँदा संसद्बाट पारित गर्न नहुने जनमत छ । नेकपाका नेताहरू माधव नेपाल, भीम रावललगायत पैसामा देश बिक्री गर्न नहुने तर्क राख्दै उक्त सम्झौताको विरोध गर्दै छन् । तर, नेकपाकै सरकार पक्षका नेताहरू उक्त सम्झौता संसद्बाट पारित हुने र त्यही सर्तमा माओवादीका सापकोटालाई सभामुख पदमा चयन गरिने समाचार छ । माओवादीका देव गुरूङलगायत नेताहरू उक्त सम्झौताको विरोधमा छन् ।
पुस ४ गते सुरू भएको प्रतिनिधिसभाको पाँचौँ अधिवेशन सभामुख बनाउने टुङ्गो नेकपाले नगरेको हुँदा पुस ११, १६ र २७ गतेलाई निर्धारित सूचना टाँसेर स्थगित गरिएको थियो । नेकपाको सचिवालय अध्यक्ष दाहाल, सदस्यहरू वामदेव, झलनाथ, माधव, नारायणकाजीले अलग बैठक बसेर प्रम ओलीलाई दबाब दिएका थिए । त्यसपछि दाहालले प्रम ओलीलाई कि प्रधानमन्त्री छोड्नु कि सभामुख माओवादीलाई दिनु भनी चेतावनी दिएको र त्यसपछि ओलीले सभामुख माओवादीलाई दिएको समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *