भर्खरै :

ख्वप कलेज नतिजामा उत्कृष्ट

भक्तपुर, ६ माघ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले उत्कृष्ट नतिजा पाउँदै आएको छ । देशभरका जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाहरूमध्येका स्थानीय निकायहरूमध्ये भक्तपुर नगरपालिकाबाट सञ्चालित देशकै पहिलो अनि एउटै कलेज ख्वपले प्रत्येक वर्ष देशभरकै कलेजहरूमध्ये उत्कृष्ट नतिजा निकाल्न सफल भएको हो ।
कलेजले दिएको जानकारीअनुसार कलेजका विद्यार्थी दुईपटक गोल्ड मेडलिस्ट भएका छन् । २०६८ सालमा एमबीएसमा सन्तोषी रिमाल र २०७२ सालमा एमबीएसमै अभिशेष खनाल गोल्ड मेडलिस्ट हुन सफल भएका थिए ।
कलेजका प्रिन्सिपल रूपक जोशीले दक्ष, अनुभवी, मेहनती प्राध्यापक अनि सामूहिक प्रयासले यो सफलता मिलेको बताउनुभयो । कलेजमा झन्डै देशभरबाट विद्यार्थीहरू अध्ययनरत रहेको उहाँले बताउनुभयो ।
कलेजमा विज्ञान, व्यवस्थापन र मानविकीमा स्नातकोत्तर तहसम्म पढाइ भइरहेका छन् । तीनवटै सङ्कायमा स्नातकोत्तर तहसम्म अध्ययन अध्यापन हुने यो भक्तपुरको एउटैमात्रै कलेज रहेको बताइन्छ । भक्तपुर नगरपालिकाबाट सञ्चालित शारदा क्याम्पसमा शिक्षा सङ्कायतर्फ स्नातकोत्तरको पढाइ भइरहेको छ । कलेजमा स्नातकोत्तर तहमा एमबीएस, एमए अङ्ग्रेजी, एमए इकोनोमिक्स, बीएस्सी इन्भारामेन्ट साइन्सको पढाइ भइरहेको छ । शारदा क्याम्पसमा पपुलेसन र नेपालीमा एमएडको पढाइ भइरहेको छ ।
ख्वप कलेज ५५ रोपनी क्षेत्रफलमा फैलिएको छ । कलेजमा काठमाडाँै, बनेपा, धुलिखेल, पनौतीलगायतका जिल्लाका विभिन्न ठाउँका विद्यार्थीका लागि गाडी सुविधाको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *