भर्खरै :

एमसीसीको सर्वत्र विरोध हुँदै छ

– आर. के. श्रेष्ठ
यतिबेला चोक चोकमा एमसीसीको विषयमा चर्चा परिचर्चा छाएको छ । सामान्य नागरिकको मनमा पनि यसबारे चिन्ता र चासो परेको छ । डलरको लोभमा कतै नेताहरू फस्दै त छैनन् ? अझै पनि नेपालको राष्ट्रियता र स्वाधीनतामा आँच पुग्ने सम्झौताहरू होलान् भन्ने त्रासमा जनता छन् ।
नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभा, प्रदेश सभा, छलफल कार्यक्रम र विभिन्न सञ्चारमाध्यममार्फत एमसीसी र हिन्द प्रशान्त सैन्य गठबन्धनभित्रकै एक घातक रुप हो भनी विरोध गर्दै आएको छ । सत्ता पक्षकै केही नेताहरूले पनि एमसीसी सदनबाट पास भएमा देशले दुर्दशा भोग्नेछ भनी विरोध गर्दै छन् ।
हिजोदेखि शासन गर्दै आएको काङ्ग्रेस भने केही पैसा र पदकै लोभमा देश हितविपरीत सन्धि सम्झौता गर्न अग्रसर देखिन्छ । एमसीसी जसरी पनि सदनबाट पास हुनुपर्छ भन्नेमा काङ्ग्रेस छ । नेकपाको नेतृत्वले पनि त्यही बाटो समात्दै आएको हो । देश आज परनिर्भरताको अवस्थामा छ । हरेक कोणले एमसीसीजस्तो घातक सम्झौता सदनबाट पास नहुनेमा पक्षमा देशभक्त जनता छन् ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनमार्फत आउने नेपाली पचास अर्बले पँुजीवादी सोच भएका शासक नेताहरू अन्धभक्त बनेका छन् । तिनीहरू भागबन्डा र कमिसनको सपना देख्दै होलान् र जसरी पनि सदनबाट पास गर्ने कोशिश गर्दै छन् । जनता भने भोलि नेपाली भूमिमा अमेरिकी सेनाले परेड खेल्ला कि भन्ने पिरलोमा छन् ।
पद र पैसाको लोभमा हिजोको शासकले देश हितविपरीत सन्धि सम्झौता गर्दा हरेक पक्षबाट भारतको अधिनष्ठमा नेपाल पिल्सिएको अवस्था छ ।
स्वास्थ्य, खानेपानी, शिक्षा, फोहोर व्यवस्थापनजस्ता महत्वपूर्ण कार्यहरू कमिसनको लोभमा परी ठेकेदारहरूलाई पोस्ने काम पनि यी शासकहरूबाट भइरहेको छ । राज्य गैरजिम्मेवार र निकम्मा बन्दै गएको छ । नीच स्वभावका नेता भनाउँदाहरूले कतै देशलाई ठेक्कामा चलाउन दिने त होइन भनी नागरिक चिन्तित छन् । तसर्थ, एमसीसीको सर्वत्र विरोध हँुदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *