भर्खरै :

साविक विजेता मनाङको उपाधि होड कायमै

काठमाडौँ, १५ माघ । सहिद स्मारक ए डिभिजन लिग फूटबलमा साविक विजेता मनाङ मस्र्याङ्दी शीर्ष स्थानमा नरहे पनि उपाधि होडमा कायमै राखेको छ ।
साबिक विजेता मनाङ मस्र्याङ्दी क्लवले सहिद स्मारक ए डिभिजन लिगमा अपराजित यात्रालाई ९ खेलसम्म पु¥याएको छ ।
लिगअन्तर्गत बुधबार भएको खेलमा मनाङले साविक उपविजेता सङ्कटा क्लवलाई ३÷० ले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङका लागि अन्जन विष्ट र निशान सुब्बाले एक÷एक गोल गरे । सङ्कटाका अमित तामाङले एक आत्मघाती गोल गरे ।
४१ औँ मिनेटमा लुइस भिडालको क्रसमा अन्जन विष्टको प्रहारलाई सङ्कटाका डिफेन्डर अमित तामाङले आफ्नै पोस्टमा गोल गर्दा मनाङले खेलमा अग्रता लियो । ४३ औँ मिनेटमा अन्जन विष्टले पेनाल्टी बक्सबाट गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।
त्यस्तै ७३ औँ मिनेटमा निशाल लिम्बुले पेनाल्टी बक्सको दायाँ भागबाट उत्कृष्ट गोल गर्दा मनाङले ३÷० को अग्रता बनाएको थियो ।
यस सिजन मनाङको यो पाँचो जीत हो । जीतपछि ९ खेलबाट १९ अङ्क जोडेको मनाङले दोस्रो स्थानको मछिन्द्र क्लवसँग अङ्क बराबरी गरेको छ भने शीर्ष स्थानको त्रिभुवन आर्मीसँग अङ्क दूरी १ मा झारेको छ ।
सङ्कटा ९ खेलबाट १२ अङ्कसहित आठौँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *