भर्खरै :

कोरोना भाइरसको कारण नगरकोटको पर्यटन व्यवसाय प्रभावित

भक्तपुुर, १८ माघ । छिमेकी देश चीनमा कोरोना भाइरसको महामारी फैलिएसँगै काठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीय केन्द्र नगरकोटको पर्यटन व्यवसाय पनि समस्यामा परेको छ । सामान्यतः जनवरी महिनाको अन्तिम र फेब्रुअरी महिनाको सुरु सातामा चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा आउने गर्छन् । तर, यो वर्ष चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउने समयमा नै चीनमा कोरोनाको महामारी फैलिएपछि देशका अन्य पर्यटकीय केन्द्रसँगै नगरकोटको पर्यटन व्यवसायमा समस्या आएको हो ।
जनवरीको अन्तिम सातादेखि फेब्रुअरीको पहिलो साताका लागि होटेलका कोठा बुक गरेका चिनियाँ पर्यटकले होटल बुकिङ रद्द गरेको नगरकोटका पर्यटन व्यवसायी बताउँछन् । नगरकोटस्थित पिसफुल कटेजका सञ्चालक रामशङ्कर ध्वँजूले ६०–७० प्रतिशत होटल बुकिङ रद्द भएको बताउनुहुन्छ । त्यस्तै होटेल चौतारीका सञ्चालक बद्री माकले आफ्नो होटेलमा कम्तीमा २९ वटा चिनियाँ टोलीले आउन नसकिने खबर गरेको बताउनुभयो ।

चिनियाँ पर्यटकको आगमन रद्द भएसँगै सामान्यतः यो समयमा पर्यटकको भीड हुने नगरकोट अहिले सुनसान रहेको उहाँले भन्नुभयो ।
कोरोना भाइरसको सङ्क्रमण अन्य देशमा पनि फैलिएसँगै ती देशबाट आउने पर्यटकको सङ्ख्या घटेको छ । भक्तपुर नगरपालिकाका पर्यटन शाखा प्रमुख गौतम लासिवाले कोरोना भाइरसको महामारीको प्रचारबाजीसँगै चिनियाँमात्र नभई अन्य देशका पर्यटकको आगमनमा पनि कमी भएको बताउनुहुन्छ ।

त्यस्तै होटेल मिस्टिक माउन्टेनका सेल्स तथा मार्केटिङ म्यानेजर अमिता श्रेष्ठले आफ्नो होटेलमा ५० प्रतिशतभन्दा बढी बुकिङ रद्द गरिएको बताउनुभयो ।
जनवरी र फेब्रुअरीमा अन्य देशका पर्यटक नेपालमा कममात्र आउने गरेका छन् । यही समयमा पर्ने चिनियाँ वर्षको अवसर जुराएर नेपाल भ्रमणमा चिनियाँ पर्यटक धेरै सङ्ख्यामा आउने गर्छन् । “सामान्यतः नगरकोटमा २–३ सय चिनियाँ पर्यटक दैनिक हुनेगथ्र्यो । अहिले एक–दुई जनाबाहेक देखिंदैनन्”, पर्यटन व्यवसायी बद्री माक भन्नुहुन्छ ।
“चिनियाँ पर्यटकको राम्रो बुकिङ भइरहेको थियो । कोरोनाको कुरा आएलगत्तै सबै बुकिङ रद्द भयो”, मिस्टिकका म्यानेजर श्रेष्ठले बताउनुभयो ।
चिनियाँ पर्यटकको आगमन रद्द भएसँगै सामान्यतः यो समयमा पर्यटकको भीड हुने नगरकोट अहिले सुनसान रहेको उहाँले भन्नुभयो ।
कोरोना भाइरसको सङ्क्रमण अन्य देशमा पनि फैलिएसँगै ती देशबाट आउने पर्यटकको सङ्ख्या घटेको छ । भक्तपुर नगरपालिकाका पर्यटन शाखा प्रमुख गौतम लासिवाले कोरोना भाइरसको महामारीको प्रचारबाजीसँगै चिनियाँमात्र नभई अन्य देशका पर्यटकको आगमनमा पनि कमी भएको बताउनुहुन्छ ।
नेपाल भ्रमण वर्षको सुरु महिनामा आइलागेको यो ‘धक्का’ ले कम्तीमा केही महिना नेपाललाई प्रभावित बनाउने देखिन्छ । नेपाल भ्रमण वर्ष २०२० मा सबभन्दा बढी पर्यटक चीनबाट आउने आशा गरिएको थियो । तर, चीनमा अनपेक्षितरूपमा फैलिएको कोरोनाले त्यो आशामा पानी खन्याएको छ । चीनले आज सामना गर्नुपरेको सङ्कटले नेपालमा पार्ने प्रभावबारे माघ १३ गते प्रतिनिधिसभामा बोल्ने क्रममा प्रधानमन्त्री केपी ओलीले नेपाल भ्रमण वर्षमा ‘धक्का’ लागेको बताउनुभएको थियो ।
“अब आन्तरिक पर्यटक बढाउनुबाहेक नेपाल भ्रमण वर्ष २०२० सफल बनाउने अर्को उपाय छैन”, पिसफुल कटेजका रामशङ्कर ध्वँजू भन्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *