भर्खरै :

नेपाल विदेशी शक्ति राष्ट्रको चङ्गुलमा ¤

– गोपाल नगरकोटी
सत्तारुढ दलका नेताहरू देश र जनताप्रति जिम्मेवार र दूरदर्शी नहुँदा नेपाल अरु देशको प्रयोगशाला बनिरहेको छ । देश र जनता तथा देशको स्वाधीनता र स्वाभीमानभन्दा पैसा ठूला ठान्ने दास मानसिकताले नेपाल असुरक्षित देश बनिरहेको छ । संरा अमेरिका र भारतले नेपालमा के गरिरहेका छन्, के गर्न चाहिरहेका छन् र नेपाल पसेर कुन देशविरुद्ध षड्यन्त्र गर्दै छन् भन्ने कुरा नबुझेर आर्थिक प्रलोभनमा परेको कारण देश जर्जर अवस्थामा पुगेको हो । पछिको विचार नपुर्याउँदा, देश र जनतालाई पर्ने दूरगामी असरबारे लेखाजोखा नगर्दा नेपाल अरु विदेशी शक्ति राष्ट्रको चङ्गुलमा फसिरहेको हो । यसरी नै नेपाल फस्दै गएमा नेपाल विश्वको एक स्वतन्त्र देशको रूपमा रहने छैन या त नेपाल सधैँ अरु देशको परेड खेल्ने मैदान भइरहने छ ।
राजनीति कुनै टाउको गन्तीको आधारमा चल्ने होइन । सिद्धान्त र विचारको आधारमा चल्ने दल नेताहरूको आफूखुसी चलेपछि त्यस्तो दलको नेतृत्वले न देश नै सही ढङ्गले चलाउन सक्छ न पार्टी नै चलाउन सक्छ । शक्तिको आधारमा देश बन्धक राख्ने काम कुनै पनि नागरिकको लागि कदापि सह्य हुने छैन । देशको नेतृत्व गरिरहेको सरकार देशको स्वाधीनता र सार्वभौमिकतामा आँच पुग्ने काममा किन लम्किरहेको हो ? सार्वभौमिकता गुमेपछि प्रायश्चित गरेरै के गर्ने ? सार्वभौमिकता एकैबाजी गुम्दैन, पाइला पाइला गरी गुम्ने हो । तर, नेपाल सरकार साम्राज्यवादी अमेरिकाले फैलाएको जालोमा फस्दै छ । नेपाल सरकार भारतीय विस्तारवादको मात्र होइन साम्राज्यवादी अमेरिकाको गोटीचालमा फस्दै छ, भारत र अमेरिकी सरकारको अन्धभक्त समर्थक बनिरहेको छ । यो राम्रो लक्षण होइन ।
सत्तारुढ दल र सरकारले आफू मातहतका नेता तथा कार्यकर्तालाई देशभक्त र जनभक्त बनाउन सकेनन्, देश बनाउने प्रयास पनि गरेनन् । राष्ट्रको स्वतन्त्रता र भू–अखण्डता जोगाउनेतर्फ सरकारी प्रयास भएन । कहिलेकाहीँ समाजवादी सपना बुनेर, समाजवादी सपनाको जालो फ्याँकेर जनताको मत लिने र जनता प्रभावित पार्ने मन्त्र फालेर देशमा कसरी समाजवाद स्थापना हुन्छ ? देशको सीमा नेकाको सरकारले जोगाएन । नेकाले जोगाएन भनेर कम्युनिस्ट भनिने सरकार पनि मौन ¤ आर्थिक प्रलोभनमा देशलाई रणभूमि बनाउने लाइसेन्स दिने ¤ सरकार यसबारे किन गम्भीर भएन, संवेदनशील भएन ? देश र जनताप्रतिको जवाफदेहिता खोइ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *