भर्खरै :

धिमे प्रतियोगिता र भक्तपुर महोत्सवको तयारी

भक्तपुर, २१ माघ । भक्तपुर नपा वडा नं. ९ को आयोजनामा जिल्लास्तरीय धिमेबाजा प्रतियोगिता र भक्तपुर महोत्सव २०७६ बारे एक भेला कार्यक्रम मङ्गलबार भयो ।
भेलामा भक्तपुर नगरपालिकाका प्रमुख सनिल प्रजापतिले भक्तपुर नपाका जनप्रतिनिधिहरूले निःस्वार्थरूपमा जनताको सेवा गरिरहेको बताउनुभयो ।
छिमेकी मुलुकमा हुने घटनाहरूले पर्यटकको आगमनमा पनि असर पुग्ने बताउँदै उहाँले नगरको सौन्दर्य विकास गर्न नगरको मुख्य बजारमा ढुङ्गा छाप्ने, रात्रीकालीन बत्ती व्यवस्था, नगरको मुख्य सडकमा सीसीटीभी क्यामेरा जडान, तार भूमिगत गर्नेलगायतका कार्यहरू गर्दै आइरहेको छ भन्नुभयो ।
भक्तपुरको पेशा–व्यवसाय प्रवद्र्धन गर्न भक्तपुर महोत्सवको आयोजना भएको बताउँदै भक्तपुर नपाको कार्यशैली प्रशंसनीय रहेको उहाँले उल्लेख गर्नुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर महोत्सवमा व्यापक जनताको सहभागिता जनाउन विविध कार्यहरू भइरहेको बताउँदै भक्तपुर महोत्सवबारे अवगत गराउनुभयो ।
नेमकिपा नगर समिति अध्यक्ष नारायणबहादुर दुवालले भक्तपुर मूर्त अमूर्त सम्पदा, मौलिकता प्रदर्शन गर्न भनपाले भक्तपुर महोत्सवको आयोजना गरेको बताउनुभयो ।
नेक्राकिसङ्घ नगर अध्यक्ष गंगाराम ज्याख्वले नेमकिपाका अग्रज कार्यकर्ताले गरेको सङ्घर्ष उपलब्धिपूर्ण रहेको बताउँदै नेक्राकिसङ्घले गरेको मोहियानी हक सुरक्षा आन्दोलनका कारण भक्तपुरका किसानहरूको आर्थिक स्तर उकास्न मद्दत पुगेको बताउनुभयो ।
वडा सदस्य इन्द्रबहादुर प्याथले वडाबाट भए÷गरेका विकास निर्माण कार्यको जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *