भर्खरै :

मित्रको पहिचान सङ्कटमा

मित्र को हो र शत्रु को हो भन्ने कुराको निक्र्योल सङ्कटको समयमा हुने गर्छ । सबै खालका समस्या र सङ्कटमा सधैं साथमा रहने नै असल मित्र हो । छिमेकी देश चीनले यतिबेला एउटा लडाइँ लडिरहेको छ–नोबल कोरोना भाइरसविरुद्धको लडाई । निःसन्देह यो लडाइँ कम कष्टसाध्य छैन । हालसम्म चार सत्न्दा बढी चिनियाँ नागरिकले यो भाइरसबाट हुने निमोनियाका कारण ज्यान गुमाइसकेका छन् । अरू हजारौँ मानिस सङ्क्रमित छन् । चिनियाँ जनता एकजुट भएर यो सङ्क्रमणविरुद्ध लडिरहेका छन् । कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि चिनियाँ जनताले जुन व्यापकताका साथ आज लडिरहेका छन्, उनीहरूले यो लडाइँ नलडे संसारभर यो महामारी फैलिने सम्भावना छ । त्यसकारण चीनको लडाइँ संसारलाई कोरोना भाइरसको महामारीबाट जोगाउने विश्वव्यापी लडाइँको हिस्सा हो । यस्तो सङ्कटको समयमा संसारका सबै देश एकजुट हुनुको विकल्प छैन ।

सङ्कटको समयमा संरा अमेरिकाले एक जिम्मेवार शक्तिको रूपमा चीनलाई सहायताको हात अघि बढाउनु त कता हो कता, वासिङ्टन सरकारले उहानस्थित महावाणिज्य दूतावास बन्द गर्ने, सबै कूटनीतिक प्रतिनिधि फिर्ता गर्ने र पछिल्लो चौध दिनमा चीनको भ्रमण गरेका कोही पनि व्यक्तिलाई आफ्नो भूमिमा प्रवेश गर्न रोक लगाउने निर्णय ग¥यो । विश्व स्वास्थ्य सङ्गठनले समेत वासिङ्टनको यो कदमको विरोध ग¥यो । चीनको पत्रिका ‘ग्लोबल टाइम्स’ले सम्पादकीयमा लेख्यो, “बरू पाकिस्तानजस्तो कम विकसित देशले मास्क पठायो । कोरोना भाइरसको सङ्क्रमणविरुद्ध अहोरात्र लडिरहेका चिनियाँ स्वास्थ्यकर्मीलाई अहिलेसम्म संरा अमेरिकी सरकारले कुनै पनि खालको सहायता नदिएको हामीलाई राम्रो हेक्का छ ।”

विडम्बना यस्तो गम्भीर समयमा पनि संरा अमेरिका भने राजनीतिक पूर्वाग्रह र प्रतिशोधको भावनाबाट मुक्त हुन सकेको छैन । बेलायत भ्रमणको क्रममा गत साता संरा अमेरिकी विदेश सचिव माइक पम्पेओले ‘चिनियाँ कम्युनिस्ट पार्टीले आज संसारभर खतरा निम्त्याइरहेको छ’ भनी बोले । त्यस्तै, पूर्वसोभियत सङ्घमा आबद्ध पाँच देशको भ्रमणमा पनि उनले ‘चीनबाट सावधान रहनु’ भने । दुई शक्ति देशबीच आपसमा प्रतिस्पर्धा अस्वाभाविक होइन । तर, आज चीनले सामना गरिरहेको सङ्कट र त्यसको सम्भावित विश्वव्यापी सङ्क्रमण कुनै पनि प्रतिस्पर्धाभन्दा माथि हो । वास्तवमा यो समय संरा अमेरिकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणमा सहयोग गरेर आफूलाई विश्वको जिम्मेवार महाशक्ति पुष्टि गर्नुपर्ने थियो । तर, संरा अमेरिका ठीक उल्टो बाटो हिंडिरहेको छ । चीनप्रतिको अमेरिकी द्वैष यस्तो सङ्कटमा पनि मुक्त हुन सकेको छैन । उसले ‘चिनियाँ कम्युनिस्ट पार्टीलाई संसारकै खतरा’ भनेर कोरोना भाइरसविरुद्ध अहोरात्र प्रतिरोध युद्ध गरिरहेका चिनियाँ कम्युनिस्ट पार्टीका करोडौँ सदस्यको अपमान गरेको छ । चीनका कम्युनिस्ट कार्यकर्ता आज ‘देवदुत’ बनेर जनताको सेवा गर्ने जिम्मेवारी अथक पूरा गरिरहेका छन् । चीनको कम्युनिष्ट पार्टी आजको संसारको लागि ‘खतरा’ होइन, बरू ‘उद्धारक’ बनेको छ ।
सङ्कटको समयमा संरा अमेरिकाले एक जिम्मेवार शक्तिको रूपमा चीनलाई सहायताको हात अघि बढाउनु त कता हो कता, वासिङ्टन सरकारले उहानस्थित महावाणिज्य दूतावास बन्द गर्ने, सबै कूटनीतिक प्रतिनिधि फिर्ता गर्ने र पछिल्लो चौध दिनमा चीनको भ्रमण गरेका कोही पनि व्यक्तिलाई आफ्नो भूमिमा प्रवेश गर्न रोक लगाउने निर्णय ग¥यो । विश्व स्वास्थ्य सङ्गठनले समेत वासिङ्टनको यो कदमको विरोध ग¥यो । चीनको पत्रिका ‘ग्लोबल टाइम्स’ले सम्पादकीयमा लेख्यो, “बरू पाकिस्तानजस्तो कम विकसित देशले मास्क पठायो । कोरोना भाइरसको सङ्क्रमणविरुद्ध अहोरात्र लडिरहेका चिनियाँ स्वास्थ्यकर्मीलाई अहिलेसम्म संरा अमेरिकी सरकारले कुनै पनि खालको सहायता नदिएको हामीलाई राम्रो हेक्का छ ।”
मित्रताको मापन सङ्कटको बेलामा हुन्छ । संरा अमेरिकामात्र महामारी र प्राकृतिक प्रकोपबाट मुक्त देश होइन । आज चीनले सामना गरिरहेको समस्या भोलि कुनै पनि देशमाथि आइलाग्न सक्छ । त्यसकारण सङ्कटको बेलामा कसैलाई होच्याउनु भविष्यमा आफूलाई समस्यामा पार्नु हुनसक्छ । संरा अमेरिकी नेताहरूले देखाएको असहिष्णुता उनीहरूकै लागि घातक हुनेछ । चीनले लडिरहेको मानवतावादी लडाइँमा आज सबैले हातमा हात मिलाएर साथ दिनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *