भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
भक्तपुर, २२ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ख्वप माविको २० औँ, ख्वप कलेजको १८ औँ र शारदा क्याम्पसको २९ औँ वार्षिकोत्सव तथा तीनदिने शैक्षिक कार्यक्रम बुधबारबाट सुरू भयो ।
कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै अध्यक्ष बिजुक्छेँले शिक्षक, कर्मचारी र विद्यार्थीको संयुक्त मेहनतले मात्र शैक्षिक संस्थाको सफलता सम्भव छ भन्नुभयो । विद्यार्थीहरूलाई अध्ययनशील र उत्साहित बनाउन शिक्षकहरूले थप योगदान गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले शिक्षकहरूले विद्यार्थीहरूलाई असल व्यवहार सिकाउनुपर्नेमा जोड दिनुभयो ।
संरा अमेरिकामा आपराधिक घटना बढी हुने चर्चा गर्दै उहाँले अमेरिकामा विनाभिसा करोडौँ मानिसहरूको बसोबास रहँदै आएको जानकारी दिनुभयो । गैरकानुनीरूपमा बसोबास गर्दै आएका मानिसहरूलाई अमेरिकाबाट निकाला गरे अमेरिकामा ठूलो सङ्कट निम्तिने धारणा उहाँले राख्नुभयो ।
“छिमेकी मुलुक चीनमा महामारीको रूपमा देखापरेको कोरोना भाइरसको निराकरण गर्न ऐक्यबद्धता जनाउनु आवश्यक छ”, उहाँले भन्नुभयो ।
नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले शैक्षिक प्रदर्शनीले विद्यार्थी, शिक्षक, अभिभावक सबैको लागि उपलब्धिमूलक हुने आशा व्यक्त गर्नुभयो ।
सांसद सुवालले ख्वप विश्वविद्यालयको सञ्चालन अनुमतिको लागि भनपाले २०६४ सालमा निवेदन दर्ता गरे पनि हालसम्म स्वीकृति प्राप्त गर्न नसकेको चर्चा गर्दै उहाँले भन्नुभयो, “एक्काइसौँ शताब्दीको विज्ञान र प्रविधिको युगमा विश्वविद्यालय सञ्चालनको लागि अनुमति मागेको १२ वर्षसम्म स्वीकृति नहुनुले प्रजातन्त्र र गणतन्त्र भनिने हालका सरकारहरू जनताप्रति जवाफदेही नभएको स्पष्ट पार्छ ।”
नेपालीको खुसी ३ गुणा बढेको प्रधानमन्त्री ओलीको भनाइप्रति विमति राख्दै सांसद सुवालले कक्षा १ मा भर्ना भएका १०० जना विद्यार्थीमध्ये ४० जनामात्र कक्षा १० मा पुग्ने तथ्याङ्क रहेको जानकारी दिनुभयो ।
सांसद सुवालले भन्नुभयो, “नेपालीले स्वदेशमा रोजगारी पाएका छैनन् ।
संरा अमेरिकामा आपराधिक घटना बढी हुने चर्चा गर्दै उहाँले अमेरिकामा विनाभिसा करोडौँ मानिसहरूको बसोबास रहँदै आएको जानकारी दिनुभयो । गैरकानुनीरूपमा बसोबास गर्दै आएका मानिसहरूलाई अमेरिकाबाट निकाला गरे अमेरिकामा ठूलो सङ्कट निम्तिने धारणा उहाँले राख्नुभयो ।
“छिमेकी मुलुक चीनमा महामारीको रूपमा देखापरेको कोरोना भाइरसको निराकरण गर्न ऐक्यबद्धता जनाउनु आवश्यक छ”, उहाँले भन्नुभयो ।
७० लाख युवाहरू १११ देशमा रोजगारीको नाममा बहुराष्ट्रिय र विदेशी कम्पनीहरूमा काम गर्न बाध्य छन् । सरकारको बजेट रू. १५ खर्ब छ । तर, व्यापार घाटा १३ खर्ब छ । नेपालीको टाउकोमा ३० हजारभन्दा बढी ऋण छ । नाम निःशुल्क शिक्षा ऐन राखी पारित गरियो, तर ऐनभित्र निजी विद्यालय यथावत सञ्चालन हुने दफाहरू छन् । सरकारी अस्पतालको दुर्दशा बढ्दो छ । दिनको लाख–लाख असुल्ने निजी अस्पतालको अराजकता बढ्दो छ । अख्तियार स्रोतअनुसार ११८ अर्ब रूपैयाँको १८४८ वटा ठेक्का अधुरै छ भने २४ अर्ब परिचालन पेश्कीको ठेक्काको काम सुरू नै भएको छैन । देशको सन्तुलित विकास गरिएको छैन । अध्ययन, अवसर र
बाँकी पृष्ठ ८ मा
अझै…
रोजगारीको लागि जिल्ला–जिल्लाबाट काठमाडौँ वा अन्य सदरमुकाममा जनता धाउन बाध्य छन् ।”
“एमसीसी कम्प्याक्ट सम्झौताको बहानामा अमेरिकाले
आफ्नो नेतृत्वको हिन्द–प्रशान्त सैन्य गठबन्धनमा नेपाललाई सामेल गराउँदै छ । यसमा नेपाल सरकार संलग्न हुनु असंलग्नता विपरीत हो”, सांसद सुवालले भन्नुभयो ।
कार्यक्रमका सभापति, कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले देशभरि सरकारी वा सामुदायिक विद्यालय तथा कलेजहरू असफल भइरहेको अवस्थामा भक्तपुर नपाद्वारा सञ्चालित विद्यालय, कलेज शैक्षिक गुणस्तरको हिसाबमा कुनै निजी शैक्षिक संस्थाभन्दा कम नभएको चर्चा गर्दै हरेक विद्यार्थी भोलिका असल, अनुशासित र देशभक्त बनाउन नपा प्रयासरत रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालको सार्वभौमिकतामाथि भारत सरकारले बेला–बेला हस्तक्षेप गर्ने गरेको छ । सिमाना जोडिएका ठाउँहरूमा जङ्गे पिलर भत्काउने, सीमास्तम्भ नै सारेर नेपाली भूमि मिच्ने, एकतर्फी नक्सा सार्वजनिक गरेर नेपालको ठूलो भूभाग गाभ्ने, नेपालको सीमामा अन्तर्राष्ट्रिय मापदण्डविपरीत बाँध बाँधेर नेपाली जनतालाई दुःख दिने काम पनि भारत सरकारले गर्दै आएको छ । एक सभ्य नागरिकले आफ्नो देशमाथि त्यसरी अर्को देशले गरेको थिचोमिचो अन्याय हेरेर बस्नसक्दैन । ख्वपमा अध्ययनरत हरेक विद्यार्थी देश रक्षाको निम्ति निरन्तर आवाज उठाउने एक सिपाहीँको रूपमा अगाडि बढ्ने विश्वास छ ।”
भनपाले युवाहरूलाई विकृतिबाट जोगाउने उद्देश्यले विभिन्न खेलको प्रशिक्षण दिइआएको जानकारी दिँदै प्रमुख प्रजापतिले प्रत्येक विद्यार्थी कुनै न कुनै खेलकुदमा सरिक होस् भन्ने चाहना राखी नगरका वडा–वडामा व्यायामशालाहरू सञ्चालन गरी नागरिकलाई स्वस्थ बनाउन चाहेको बताउनुभयो ।
नेमकिपा वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले राज्यले क्रमशः शिक्षा क्षेत्रबाट हात झिक्दै गर्दा र निजीकरणलाई प्रश्रय दिइरहँदा तल्लो वर्गका छोराछोरीहरूको शिक्षामा पर्नसक्ने सम्भावित असरलाई ध्यानमा राखी सुझबुझका साथ चालिएको दरिलो पाइला नै ख्वप मावि तथा कलेजहरू हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “समाजका संवेदनशीलहरू, राजनीतिक कार्यकर्ताहरू, सचेत तथा जिम्मेवार नागरिकहरू सबै एकजुट भएर समाजलाई ध्वंश, अन्तरध्वंश तथा थप विनाशको चक्रबाट जोगाऔँ । यसैमा हामी सबैको भविष्य अन्तरनिहीत हुने छ । ख्वपजस्ता जनतासँग जोडिएका संस्थाहरूको योगदान तथा भूमिका निरन्तर भइरहने छ ।”
वाग्मती प्रदेशका सांसद सृजना सैँजूले नेपालका विश्वविद्यालयहरू बौद्धिक भ्रष्टाचारको केन्द्रको रूपमा विकास हुँदै जानु चिन्ताजनक भएको चर्चा गर्दै नेपालले एमसीसी स्वीकार गरे देश अमेरिकी सेनाको अखडा बन्नेछ भन्नुभयो । नेमकिपाले अमेरिकी एमसीसी सम्झौताको वास्तविकताबारे जनतालाई सचेत पार्न जिल्ला र चोक–चोकमा सभाहरू आयोजना गर्दै आइरहेको उहाँले जानकारी गराउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नपाद्वारा सञ्चालन भएका कलेजहरूको नतिजा र गुणस्तर दिनप्रतिदिन अभिवृद्धि हुँदै जानु सुखद पक्ष भएको चर्चा गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न कलेजहरू निरन्तर क्रियाशील रहने बताउनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसन्धान गुणस्तर तथा शासकीय सुधार महाशाखाका प्रमुख डा. रामचन्द्र पाण्डेले नेपाल सरकारले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न शिक्षक तालिममा धेरै रकम खचिरहेको तर ती तालिमहरू उपलब्धिशून्य भएको र प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले शिक्षा क्षेत्रमा भइरहेको व्यापारीकरण र गलत संस्कारलाई निरूत्साहित गर्न भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरूले निःस्वार्थरूपमा देशभरका विद्यार्थीलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ भन्नुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले भक्तपुर शैक्षिक केन्द्रको रूपमा विकास भइरहेको बताउँदै भक्तपुर नपाले गरिरहेको काम–कारबाही अन्य स्थानीय तहको लागि नमुनायोग्य भएको बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशीले ख्वप कलेज र ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले ख्वप माविको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूले सांस्कृतिक प्रदर्शनीहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अतिथिहरूले वार्षिक उत्सवको अवसरमा भएका विविध प्रतियोगितामा विजयी तथा उत्कृष्ट विद्यार्थीहरूलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो भने अध्यक्ष बिजुक्छेँले कलेज तथा विद्यालयमा १० वर्ष सेवा अवधि पूरा शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गर्नुभएको थियो ।
वार्षिक उत्सवकै अवसरमा बिहीबार र शुक्रबार शैक्षिक प्रदर्शनी चालू रहने छ ।
Leave a Reply