भर्खरै :

विश्व वरियतामा नेपाली महिला भलिबल ८७ औँ स्थानमा

काठमाडौँ, २२ माघ । अन्तरराष्ट्रिय भलिबल महासङघ (एफआईभीबी) ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७ औँ स्थान हासिल गरेको छ ।
विश्व भलिबलको सर्वोच्च निकाय एफआईभीबीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले ८७ औँ स्थान हासिल गरेको हो । एफआईभीबीले अन्तरराष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरियता निर्धारण गर्दै आएको छ । वरियता क्रममा नेपालको ५७ अङ्क रहेको छ ।
त्यस्तै नेपाली महिला भलिबल टोलीले बङ्गलादेशमा यसै वर्ष सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि हासिल गरेको थियो । त्यस्तै नेपालमा नै आयोजना भएको ते¥हौ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला टोलीले ऐतिहासिक रजत पदक हात पारेको थियो ।
त्यसैगरी वरियता क्रममा भारत ९७ अङ्कसहित ५४ औँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने चीन छ । ३९१ अङ्क जोड्दै चीन शीर्ष स्थानमा रहेको हो । ३८२ अङ्क रहेको संरा अमेरिका दोस्रो तथा ३२८ अङ्क रहेको ब्राजिल तेस्रो स्थानमा छ ।
यस्तै इटाली चौथो, टर्की पाँचौँ, सर्विया छैटौँ, जापान सातौँ, रसिया आठौँ, डोमिनिक गणतन्त्र नवौँ र दक्षिण कोरिया दशौँ स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *