भर्खरै :

उपत्यकाव्यापी स्प्रिङ्गडेल कप भलिबल सुरु

भक्तपुर, २३ माघ । स्प्रिङ्गडेल माविको आयोजनामा १० औँ विद्यालयस्तरीय छात्र तथा तेस्रो उपत्यकाव्यापी स्प्रिङडेल कप भलिबल प्रतियोगिता बिहीबारबाट सुरु भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगिताका रेफ्रि बलराम न्हिसुतुलाई बल हस्तान्तरण गरेर उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गर्नु खुसीको कुरा भएको बताउँदै प्राथमिकताअनुसार यो खेलको विकास पनि आवश्यक भएको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष विद्यालयस्तरीय खेल प्रतियोगिता सञ्चालन गरी नगरभित्रका विद्यार्थी खेलाडीहरूलाई खेल जगतमा क्रियाशील बनाइरहेको बताउनुभयो ।
उहाँले खेल शारीरिक, मानसिक विकासको निम्ति हुनुपर्नेमा जोड दिँदै भनपाले नियमितरूपमा ६ वटा खेलकुदको प्रशिक्षण सञ्चालन गर्दै आएको र प्रशिक्षणले विद्यार्थीको मनोबल बढाउन मद्दत पु¥याइरहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल शिवजी श्रेष्ठले भलिबल खेलको प्रवद्र्धन गर्न विद्यालयले विद्यार्थीलाई उत्साहित बनाउन यो खेल प्रतियोगिताको आयोजना गरेको बताउनुभयो ।
भक्तपुर जिल्ला प्याब्सनका अध्यक्ष चन्द्र अधिकारीले भक्तपुर शिक्षाको उत्कृष्ट गन्तव्यस्थलको रुपमा विकास भइरहेको बताउँदै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराइराख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तमनारायण महत, शिक्षिका शर्मिला चौगुठीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *