के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
काठमाडौँ, २६ माघ । कोरोना भाइरसबाट सबभन्दा बढी सङ्क्रमित मध्य चीनको हुपेई प्रान्तको उहान सहरका विभिन्न विश्वविद्यालयमा हाल जम्मा ६० जना नेपाली विद्यार्थी छन् । सिङ्गो हुपेई प्रान्तमा भने जम्मा १८० जना नेपाली विद्यार्थी छन् । उनीहरू गत माघ ९ (जनवरी २३) देखि आफू बसेको कोठाबाट बाहिर निस्केका छैनन् । लामो समय एउटै कोठामा बस्दा त्यसै पनि मानसिक तनाव हुने नै भयो । त्यसमाथि कोरोना भाइरसको कारण हरेक दिन सङ्क्रमित र मर्नेको सङ्ख्याको खबरले उनीहरूलाई थप तनावग्रस्त बनाउने गरेको छ । आइतबार अपराह्न हाल उहानको उहान युनिभर्सिटी अफ टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी दिनेश सुकुमनी र मनिता कुसीसँग हामीले सम्पर्क गर्दा आफ्नो अवस्था यसरी सुनाउनुभयो ।
सङ्क्रमणको खतरा हुने भएकोले हामी बाहिर गएका छैनौँ । सत्र दिनदेखि हामी कोठामै छौँ । हामी बसेको डर्मिटोरीमा ६ जना नेपाली छौँ । पालैपालो बाहिर गएर सबैको लागि आवश्यक सामान किनेर ल्याउने गरेका छौँ । सकेसम्म छिटो सामान लिएर कोठामा फर्किन्छौँ । तर, सङ्क्रमणको व्यापकताले बाहिर जाऊँ कि नजाऊँजस्तो लाग्छ । बाहिर जानु युद्धमैदानमा जानेजस्तो त्रासपूर्ण छ । हरियोपरियो तरकारी नदेखेको धेरै दिन भयो । आलु र अरू उपलब्ध तरकारीबाटै छाक तारिरहेका छौँ ।
यहाँको अवस्था त्यहाँ प्रचार गरेजस्तो पनि छैन । यहाँ खानै नपाउने अवस्था पनि होइन । पहिले चौबीस घण्टा खुल्ने पसलहरू आजभोलि दिनको केही घण्टामात्र खुल्ने गरेका छन् । विश्वविद्यालयले हाम्रो लागि पसल केही घण्टा खोल्ने व्यवस्था गरेको छ । दैनिक पहिलेजस्तो सहज भने छैन । तर, केही पनि खाने कुरा नपाउने अवस्था भने होइन । सामान्य अवस्थामा हामी जारको पानी प्रयोग गथ्र्यौंँ । आजभोलि भने जारको पानी प्रयोग गरिरहेका छैनौँ । धारामा आउने पानी नै प्रयोग गरिरहेका छौँ । त्यो पानी उमालेर पिउने गरेका छौँ ।
सङ्क्रमणको खतरा हुने भएकोले हामी बाहिर गएका छैनौँ । सत्र दिनदेखि हामी कोठामै छौँ । हामी बसेको डर्मिटोरीमा ६ जना नेपाली छौँ । पालैपालो बाहिर गएर सबैको लागि आवश्यक सामान किनेर ल्याउने गरेका छौँ । सकेसम्म छिटो सामान लिएर कोठामा फर्किन्छौँ । तर, सङ्क्रमणको व्यापकताले बाहिर जाऊँ कि नजाऊँजस्तो लाग्छ । बाहिर जानु युद्धमैदानमा जानेजस्तो त्रासपूर्ण छ । हरियोपरियो तरकारी नदेखेको धेरै दिन भयो । आलु र अरू उपलब्ध तरकारीबाटै छाक तारिरहेका छौँ ।
हाम्रो मुख्य समस्या भने मानसिक तनाव नै हो । अरू बेला कमिलाजस्तै मानिसको भीड हुने सडक आजभोलि सुनसान छन् । सहर पूरै ‘घोस्ट सिटी’ जस्तै भएको छ । चिनियाँहरू पनि सबै आ–आफ्ना कोठामा छन् । तर, दैनिकजसो आउने सङ्क्रमणसम्बन्धी सूचनाले हामीलाई थप तनाव दिने गरेको छ ।
नेपालमा छापिने समाचार पढेर परिवारले निकै चिन्ता लिएर सम्पर्क गर्नुुहुन्छ । त्यहाँ प्रकाशित समाचारले हामीलाई अझ बढी तनावपूर्ण बनाउने गरेको छ । यहाँभन्दा त्यहाँ परिवारलाई बढी तनाव र पीडा भइरहेको छ ।
विश्वविद्यालयको छात्रावासमा बस्ने हामीजस्ता विद्यार्थीको अवस्थाभन्दा छात्रावासबाहिर बस्ने विद्यार्थीको अवस्था नाजुक छ । त्यस्ता विद्यार्थीले केही किन्नु परे निकै टाढा जानुपर्ने अवस्था छ । त्यसकारण पनि उनीहरू बढी समस्यामा छन् ।
सङ्क्रमण तत्काल रोकिने अवस्था छैन । जाडोयाम नसकिएसम्म मेरो विचारमा सङ्क्रमण कम नहोला । यहाँ मार्चदेखि मात्र जाडो कम हुने गर्छ । उहानमा अझै पनि चिनियाँहरूले अरू अस्पतालहरू बनाइरहेका छन् । त्यसबाट पनि सङ्क्रमण तत्काल रोकिने अवस्था नभएको सङ्केत गरेको छ ।
खान–बस्न समस्या भएरभन्दा मानसिक तनावबाट मुक्त हुन नै हामी देशमा फर्किन चाहेका छौँ । हामी सङ्क्रमित होइनौँ । अहिलेसम्म कोही पनि हामी सङ्क्रमित भएका छैनौँ । यहाँबाट नेपाल आउँदा पनि सङ्क्रमितलाई पठाउने होइन । विमानस्थलमा सबै परीक्षण गरेरमात्र हामी फर्किने हो । कोही सङ्क्रमित भए हामीलाई फर्काइनेछैन । यहीं उपचारमा पठाइन्छ ।

उहान युनिभर्सिटी अफ टेक्नोलोजीको छात्रावासबाट देखिएको सुनसान उहान सहर । तस्वीरः दिनेश सुकुमनी
Leave a Reply