भर्खरै :

स्मार्ट सिटी, रङ्गशाला र क्वारेन्टाइन

क्रिस्चिना
काठमाडौँउपत्यकामा जन्मे–हुर्केका भए पनि केही मानिसले युवा अवस्थादेखि नै भक्तपुरप्रति इष्र्या, डाहा र वैमनस्यता पालेको अनुमान गर्न गाह«ो छैन किनभने तिनीहरूको पुस्ता उपत्यकामाथि आक्रमण गर्ने र शासन गर्ने उद्देश्यले नै आएका थिए । आज ती पुस्ताका सन्तानमा नजानिँदो इष्र्या, डाहा र वैमनस्यता बाँकी छ ¤
काठमाडौँउपत्यकाको सभ्यता र संस्कृतिप्रति तिनीहरूको विरोध र शत्रुता थियो किनभने तिनीहरूसँग त्यस्तो सभ्यता, संस्कृति र वैभव थिएन । तिनले यहाँका सबै स्थापित धरोहरलाई जगैसम्म भत्काउने र नयाँ आफ्नै खालको धरोहर निर्माण गर्ने गुप्त इच्छा राखेका हुन्थे । त्यो दुःस्वप्न आज पनि कायम छ ।
मानिसको व्यक्तित्व उसको शरीर, जुङ्गा र लुगाले देखाउँदैन, बरु व्यक्तिको चिन्तनको उचाई र व्यापकताले देखाउँछ । व्यक्तिको व्यक्तित्व उसको अध्ययन र सङ्गतले निधारण गर्छ । अध्ययन, सङ्गत र अनुभवले मानिसलाई दार्शनिक र वैज्ञानिक बनाउँछ, निरन्तरता र मेहनतले आविष्कारलाई अगाडि बढाउँछ । अध्ययनको कमी, राम्रो सङ्गतको अभाव र साँघुरो बसाइको प्रभावले व्यक्तिलाई द्वेषी, इष्र्यालु र अपराधी भावनातिर उन्मुख गर्छ ।
त्यस परिवेशमा हुर्केको व्यक्तिको शैक्षिक स्तर विद्यालय, महाविद्यालय वा विश्वविद्यालयले निर्धारण गरे पनि विज्ञान, प्रविधि र समृद्धिजस्ता सबै सकारात्मक पक्षलाई मनमा पालेको हीनताबोधको काल्पनिक कारणमाथि पुस्ट्याइँ गर्नमा प्रयोग गर्छ । स–साना मुसोलिनी र हिटलर गाउँ, प्रदेश र राष्ट्रिय स्तरमा पनि देखिँदै छन् ।
समाजका विद्यमान जात–जाति र भाषा–भाषी एवम् भिन्न संस्कृति र धर्मलाई पनि पराया सम्झेर ती सबैप्रति नकारात्मक दृष्टिकोण राख्ने प्रवृत्तिको विकास गराउँछ । त्यो दृष्टिकोण र प्रवृत्ति राष्ट्रिय स्तरका व्यक्तिमा रहन गयो भने सकारात्मक होइन, नकारात्मक कार्यले प्रश्रय पाउनेछ । यसले समाजलाई क्षय गर्नेछ ।
हरेक संसदीय निर्वाचन क्षेत्र वा नगरपालिकामा एक–दुई वटा ‘स्मार्ट’ सिटी, उँचा भवनहरू (हाई–राइज बिल्डिङ्गहरू) र रङ्गशाला बनाउने सरकारी योजनाको अर्थ काठमाडौँ उपत्यकाका सारा जनतालाई उठीबास गराई पुर्खौँदेखि खनजोत गरी आएको रोजगारी र खेतीपातीबाट विस्थापित गर्ने योजना होइन भनी कसरी भन्ने ?
यसलाई सामाजिक आँखाले उपत्यकालाई मेक्सिको बनाउने हो । अर्को भाषामा यो पुरानो सभ्यता, संस्कृति तथा जातीय दमनको योजना हो । कोरोना भाइरस र पछि आउने अनेक सङ्क्रमणको सम्भावनालाई समेत ध्यान दिई स–साना नगर बनाउनुपर्ने विचारका हिमायती दार्शनिकहरूलाई सम्झना गर्नु आवश्यक छ ।
चीनको उहान सहरको एक करोड बीस लाख जनसङ्ख्यालाई त्यस भाइरसबाट जोगाउन र सङ्क्रमितहरूको उपचारको निम्ति अरब होइन खरबौँ रकम खर्च हुने अनुमान छ । यसकारण सबै जनसङ्ख्या काठमाडौँ वा अन्य कुनै एक ठाउँमा केन्द्रित नगरी पूर्व–पश्चिम, उत्तर दक्षिण वा हिमाल, पहाड र मधेसका उपयुक्त ठाउँमा काठमाडौँ उपत्यकामा प्राप्त स्वास्थ्य सेवाको सहुलियत दिने, प्रदेशको विश्वविद्यालयको स्तर वृद्धि र सहुलियतको (प्रदेशले प्रतिस्पर्धीलाई प्राथमिकता दिने गरी) बन्दोबस्त, हरेक प्रदेशको लोकसेवा आयोगको बन्दोबस्त आदि गर्दा जनताले सङ्घ राज्य र प्रदेश सरकारको महत्व टड्कारोरूपले देखिनेछन् ।
स्थानीय तह प्रजातन्त्रको जग हुनाले हरेक नगर र गाउँपालिकालाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकारसम्पन्न गराउनु आवश्यक छ । २–४ वर्षभित्रै सङ्घ र प्रदेश सरकारले राम्रा र नराम्रा विषयमा जानकारी हासिल गर्नेछन् र छिट्टै नयाँ समाजमा सक्रिय भई सामेल हुनेछन् । सङ्घ राज्यका मन्त्री, प्रदेश सदनका सदस्य मन्त्री र स्थानीय निकायका पदाधिकारीमध्ये कुन–कुन पार्टीका कुन स्तरका पदाधिकारीले अनियमितता गरे, ती अनियमितता जानेर, नजानेर वा पार्टीको आदेशबाट गराइयो आदिबारे प्रदेश, जात–जाति, भाषा र धर्म तथा वर्गको समेत अध्ययनको निष्कर्षले आलोचना वा कक्षा सञ्चालनबाट दुरुस्त गर्न सकिनेछ । अटेर गर्ने, जिद्दी गर्ने वा अपराधी प्रवृत्तिकालाई कानुनबमोजिम कारबाही ढिलो गर्नु हुन्न र पार्टी नेताबाट पनि बचाऊ गर्न रोक लगाउनु आवश्यक छ ।
युवा अवस्थादेखि पञ्चायतकाल, भूमिगत अवस्था र गृहयुद्धको बेलादेखि नै अरूलाई डर, धम्की देखाई, लुटपाट र अन्य गरिब, कामदार, तल्लो कर्मचारी र तुलनात्मकरूपले आफूभन्दा फरक सामाजिक, धार्मिक, भाषा र जातका जनतालाई दबाउने एवम् तर्साई अहिले जनप्रतिनिधि भएका तथा प्रधानमन्त्री र राष्ट्रपतिसम्म पहुँच पाएका, सेना, प्रहरी र गुप्तचर संस्थाका माथिल्लो पदका अधिकारीहरूसँग समेत उठबस गरेका पार्टी कार्यकर्तालाई पहिले छानबिन र आलोचना गर्नु आवश्यक छ । हिजो पञ्चायतकालमा जनतालाई दुःख दिई समाजमा रहेका भेदभावबाट फाइदा उठाई पार्टीमा माथिल्लो पद र पहुँचमा पुगेका त्यस्ता अपराधीबाट पार्टी वा सरकारलाई पहिले टाढा राख्न आवश्यक छ ।
जाति, धर्म, भाषा र संस्कृतिको आधारमा सत्तापक्षले भेदभाव गर्नु र निश्चित जात–जाति, भाषा–भाषी, धर्म र संस्कृतिप्रति एकोहोरो समर्थन र सहयोग गर्नु फासीवाद र बडा राष्ट्र अहङ्कारवादलाई मलजल गर्नु हो । यस्ता जातिवादी इटाली, जर्मनी, स्पेन आदि देशमा मात्रै होइन, संरा अमेरिकादेखि ल्याटिन अमेरिकामा समेत दोस्रो पुस्तामा नवफासीवाद हुर्कंदै छ । नेपाल यसबाट अछुतो हुने छैन ।
एउटै सानो जिल्लामा व्यारेकहरूको निर्माण गर्नु, दरबारले राम्रा–राम्रा जग्गा सा¥है कम मूल्यमा लिई गरिब जनतालाई बिलखबन्दमा पार्नु, अहिले फेरि ‘स्मार्ट सिटी’, उँचा–उँचा आवास क्षेत्रहरू निर्माण गर्न दिई एकै ठाउँमा असमान ढङ्गले जनसङ्ख्या थुपार्ने र आवश्यकताभन्दा बढी सडकहरू बनाई पुराना बस्ती र स्मारकहरू मास्ने काम विकासको नाममा विनाश निम्तिने निश्चित छ ।
२०२० को महेन्द्रकालीन ५६ वर्ष पहिलेको सङ्क्रामक रोग नियन्त्रण ऐनलाई विना कुनै पूर्वाधार क्वारेन्टाइन स्थापना गर्नु स्वयम् जनतालाई आ–आफ्नो गाउँ–गाउँबाट विस्थापित गर्ने योजना हो । विद्युत् विभाग होस् वा कृषि विभाग सरकारमा सबै विभागीय बन्दोबस्त सानो जिल्लामा केन्द्रित गरी आदिवासी जनतालाई विस्थापित गर्नु अमेरिकामा रेड इन्डियन भन्ने आदिवासी, अफ्रिका, ल्याटिन अमेरिका र अस्ट्रेलियाका आदिवासीहरूलाई धपाई र उपनिवेशहरूले आफ्नो बस्ती बसाल्नुमा एक डेढ सय वर्षको फरकमात्रै हो । संसारका सबै काग काला भएजस्तै संसारका सबै शोषकहरू पीडकहरू नै हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *