ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
भक्तपुर, ६ फागुन । ख्वप्रिङ्ग इङ्गलिश एकेडेमीको २० औँ स्थापना दिवसको अवसरमा आयोजित दोस्रो ख्वप्रिङ्ग कप उपत्यकाव्यापी अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता मङ्गलबारबाट सुरु भयो । प्रतियोगिताको उद्घाटन वाग्मती प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष ज्ञानकृष्ण प्रजापति र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद प्रजापतिले चेसको गोटी चाली संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रममा वाग्मती प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले सङ्घले निकट भविष्यमा वाग्मती प्रदेशव्यापी अन्तरविद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता आयोजना गर्न गइरहेको बताउँदै विद्यालयस्तरबाट यस्ता प्रतियोगिताहरू आयोजना हुनु खुसीको कुरा हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद प्रजापतिले विद्यालयले अत्तिरिक्त क्रियाकलापहरूलाई स्थान दिंदै समय–समयमा यस्ता विभिन्न खेलकुद प्रतियोगिताहरू विद्यालयले सञ्चालन गर्दै आइरहेको छ भन्नुभयो ।

विद्यालयका प्रिन्सिपल विनोद प्रजापतिको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल एवम् अन्तर्राष्ट्रिय आर्विटर निरन्जन प्रजापति र प्रतियोगिताका प्रमुख निर्णायक राष्ट्रिय आर्विटर राजकुमार लघुले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा u-11, u-13, u-15 उमेर समूहमा उपत्यकाका १४ वटा विद्यालयका ७१ जना छात्रछात्रा विद्यार्थी सहभागी छन् । मङ्गलबार सम्पन्न भएको पहिलो र दोस्रो चरणका खेलहरू u-15 ,u-11 छात्र समूहमा बीएन एकेडेमीका आलोक चौधरी र वैदिक ई.स्कूलका निर्भिक भण्डारी २ अङ्कका साथ अग्रस्थानमा छन् भने u-13 छात्र समूहमा हिमालयन ग्लोरी ई.स्कूलका सविन बोँयजू, अन्नपूर्ण ई.स्कूलका सुजन गौतम, बीएन एकेडेमीका चौधरी, रिलायन्स ई.स्कूलका सङ्गम कट्वाल, प्रभात ई.स्कूलका स्वर्णिम दुवाल र सुदन तुइतुइ सबै २ अङ्कका साथ अग्रस्थानमा रहेका छन् । आज सम्पन्न भएको पहिलो र दोस्रो चरणका खेलहरू u-15 , u-13 छात्रा समूहमा बीएन एकेडेमीका सन्तोषी विक, अन्नपूर्ण ई.स्कूलका आरती बराल, प्रभात ई.स्कूलका दीपशिखा बासुकला र ख्वप्रिङ्ग एकेडेमीका प्रशोज्ञा गोसाई पनि २ अङ्कका साथ संयुक्तरूपमा अग्रस्थानमा छन् ।
त्यस्तै गरी मङ्गलबार सम्पन्न भएको पहिलो र दोस्रो चरणका खेलहरू u-15, u-15 छात्र समूहमा ख्वप्रिङ्ग एकेडेमीका सुजल सेवा र हिमालयन ग्लोरी ई.स्कूलका आयुष शाही पनि २ अङ्कका साथ संयुक्तरूपमा अग्रस्थानमा रहेका छन् ।
Leave a Reply