भर्खरै :

भेनेजुयला, जनवरी २०२० ः कठिनाइ र प्रतिरोध–२

पिटर लाकोस्की (Peter Lackowski)
चाभेज राष्ट्रपति निर्वाचित भएको एक वर्षपछि भूमिसुधार प्रक्रिया सुरू भएको थियो तर यो अझै अपुरो र तीतो बनिरहेको छ एवम् निरन्तर सङ्घर्ष जारी छ । हामीले याराकुयेमा १५–२० परिवारले सामूहिकरूपमा गरिरहेको खेती अवलोकन ग¥यौँ । त्यहाँ हामीले १० हेक्टर जमिन खेती नगरिएको पायौँ । भूमि सुधार ऐनअनुसार त्यसलाई अरू किसानलाई वितरण गर्नुपर्छ तर खेती गर्न आउने अरू किसान थिएनन् । उक्त जमिनमा ती स्थानीय किसानले नै खेती लगाउने अधिकारलाई मान्यता दिलाउन पनि वर्षौँ लाग्यो । त्यति मात्र होइन भूमिसुधार ऐनअनुसार खेती गरेपछि किसानहरूले पुराना जमिनदारको तर्फबाट तोडफोड र ज्यान मार्नेसम्मको धम्की सामना गर्नुपरिरहेको छ । उनीहरूलाई डर छ कि सरकार परिवर्तन भएमा पुराना जमिनदारले किसानले खेती गरिरहेको जमिन खोस्ने छन् ।
ती किसानले उनीहरूका तरिका सधैँ नै अहिंसात्मक रहेको बताए । उनीहरूले उत्पादनमा निकै वृद्धि गरेरै जनसमर्थन हासिल गरेका थिए । उनीहरूमाथि खतरा पनि उत्तिकै बढेको छ तर उनीहरू आफूले सिर्जना गरेका संस्था र उपलब्धि जोगाउनका लागि लड्न पनि तयार छन् । उनीहरूले बोलिभियामा भएको सत्ता विप्लवपछि मात्र भेनेजुयाली सरकारले बोलिभारियाली स्वयम्सेवक मिलिसियालाई सर्तसहित हतियार वितरण गरेको बताए । कतिपय किसान आफ्ना सहकर्मीहरूलाई भूमि सुधारबाट आइसकेको परिवर्तन फर्काउन नसकिने बताउँछन् । आफ्ना उपलब्धि जोगाउन किसानहरू पहाड र जङ्गल जान (शसस्त्र लडाइँ गर्न) समेत तयार छन् ।

ह्युगो चाभेजका उत्तराधिकारीका रूपमा अगाडि आएका राष्ट्रपति निकोलस माडुरोप्रति चाभेजवादीहरूको समर्थन कम छैन ।


हालसालै सङ्कलन गरिएको एक तथ्याङ्कअनुसार ५१ प्रतिशत भेनेजुयालीले आफूलाई अफ्रिकीहरूको वंशज भनी चिनाएका छन् । तिनीहरूमध्ये धेरैजसो एक निश्चित स्थानमा बसोबास पनि गरिरहेका छन् । उदाहरणका लागि याराकुयेको चिनी प्रशोधन उद्योग नजिकको बस्ती–विरोज नगर । विरोज नगरका प्रमुख र अरूले हामीसित कुराकानी गर्दै बोलिभारियाली क्रान्तिकारी प्रक्रियाले आफूहरूलाई ठूलो फाइदा दिएको एक – एक गरी वर्णन गरे । सबैको भनाइमा रहेको एउटा साझा बिन्दु ठूलो ‘सामाजिक कर्जा’ तिरिदिएको वा तिर्नसक्ने वातावरण बनाइदिएको भन्ने थियो ।
आज जस्तो स्थिति छ, हामी शताब्दियौँदेखि उखु खेती गरिरहेका छौँ । विरोजको इतिहास खोतल्दै उनीहरूले भने – हाम्रा पूर्खाले दासताबाट भागेर यहाँ आई आफ्नो स्वतन्त्रता वीरतापूर्वक रक्षा गर्दै स्वशासित समुदाय बनाउनुभएको थियो । चाभेज सरकारले यहाँ एउटा ठूलो रिफाइनरी (चिनी मिल) स्थापना र सञ्चालन ग¥यो र किसानको आर्थिक स्थिति उकास्यो । अहिले उक्त उद्योग पूर्ण क्षमतामा चलेको छैन । मल र कृषि औजारको अभावमा उद्योगका लागि आवश्यक उखु उत्पादन गर्न सकिएको छैन । रिफाइनरीका लागि अत्यावश्यक केही एसिड पनि आयात हुन सकेको छैन । अहिले हामी उखु खेती कम गरेर नयाँ तरिकाले धान खेती पनि गर्न लागेका छौँ ।

विरोजको एक कम्युनमा सामूहिक कार्यका लागि छलफल गरिँदै


उक्त रिफाइनरी (उद्योग) एक ‘सामाजिक सम्पत्ति’ हो र त्यसको समग्र सम्बन्ध त्यस नगरसित रहेको छ । जब हामी त्यहाँ पुग्यौँ त्यस उद्योगको कार्यालय सँगैको बेस बल फिल्डमा युवाहरू तालिम गरिरहेका देख्यौँ । हामीलाई बताइयो कि यो क्षेत्रले चिनी, सुर्ती, कफी र बेसबल खेलाडीहरू उत्पादन गर्छ । अहिले त्यस क्षेत्रका सात जना खेलाडीहरू मुख्य–मुख्य लिगहरूमा खेलिरहेका छन् । ठूला लिगमा खेल्ने खेलाडीहरू पनि अफ सिजनमा यहाँ आएर नयाँ खेलाडीलाई कोच गर्ने (सिकाउने) गर्छन् । संरा अमेरिकी प्रतिबन्धका कारण उनीहरूले अहिले त्यो पनि गर्न पाइरहेका छैनन् ।
धेरै किसान अहिले आयातित मलको विकल्पमा परिष्कृत प्राङ्गारिक तरिकातिर लागेका छन् । अर्को फार्ममा जाँदा हामीलाई बताइयो कि गत वर्ष भेनेजुयलाविरूद्ध संरा अमेरिकाले गरेको साइवर–सेवोटेज (हमला) का कारण गतवर्ष बसन्तमा धेरै समय विद्युत् कटौती भयो । उक्त विद्युत् कटौतीले प्रयोगशालाभित्रका रेफ्रिरेजेसन र एयर कन्डिसनका धेरै साधनका साथै त्यहाँभित्रका बिउहरू पनि बिग्रिए । देशभरकै इलेक्ट्रोनिक्स साधनहरूमा ठूलो असर पु¥यायो, त्यसले भेनेजुयलाको खाद्यान्न उत्पादन गर्ने क्षमतामा धेरै ठूलो नोक्सान ग¥यो ।
संरा अमेरिकाले भेनेजुयला सरकार र सरकारी अधिकारीहरूका असङ्ख्य सम्पत्तिहरू फ्रिज गरेको छ । ती सम्पत्ति भ्रष्टाचार र लागूपदार्थ कारोबारबाट कमाएको भनी हचुवा आरोप लगाइराखेको छ । बाहिरबाट हेर्दा उक्त प्रतिबन्धले सरकारमा संलग्न केही मानिसमात्र प्रभावित हुने देखिन्छ । तर, वास्तवमा त्यो त्यस देशका हरेक मानिसको जीविकामाथिको आक्रमण हो । कुनै आरोप सही नभए पनि संरा अमेरिकाले कसैलाई ‘भ्रष्ट’ भनी छाप लगाइदिएपछि ऊ सामेल भएको हरेक कारोबारमा स्वतः रोक लगाइने भएको छ । संरा अमेरिकाले प्रतिबन्ध लगाएको कुनै मन्त्रालय वा व्यापारिक इन्टरप्राइजसित कारोबार गर्ने कुनै देशको कम्पनीलाई पनि संरा अमेरिकाले ‘अपराधी’ घोषणा गर्नसक्छ ।
उक्त प्रतिबन्ध साम्राज्यवादको प्रतिरोध गरिरहेको भेनेजुयलालाई आर्थिकरूपले एक्ल्याउने अर्को धम्की हो । यसले भन्नलाई त केही व्यक्तिलाई मात्र चोट पु¥याउँदछ तर त्यसबाट भेनेजुयलामा असङ्ख्य दैनिक समस्याहरू ल्याइराखेको छ ।

चाभेजवादीहरू आ–आफ्नो दृष्टिकोण अनुसार धेरै कुरामा वर्तमान राष्ट्रपति निकोलस माडुरोको आलोचना पनि गर्छन् । धेरैको कथन छ – माडुरो सरकारले ग्वाइडोको संसदीय स्वतन्त्रता स्थगित गरेर भएपनि पक्राउ गर्नुपथ्र्यो । केही चाभेजवादीहरूको दृष्टिमा उनी बुर्जुवाहरूप्रति सम्झौतापरस्त छन् । ग्रामीण क्षेत्रका कम्युनहरूले आफूहरूले ठूला जमिनदारहरूसित सङ्घर्ष गरिरहेकोले सरकारको तर्फबाट बढी सुरक्षा र सहयोग खोजेका छन् ।

सर्वसाधारण जनताको ठूलो भाग आफ्ना दैनिक समस्या समाधानका लागि र आफ्ना काम गर्नका निम्ति ती प्रतिबन्ध लगाइएका अधिकारीहरूमा निर्भर छन् ।
एल ह्याटिलो बृहत् काराकसमा रहेका पाँच नगरपालिकामध्ये एक हो । यो सानो छ तर यहाँको रमाइलो बोलिभार प्लाजा (चोक) किराना पसलहरू र रेष्टुराँहरूले घेरिएको छ । ती पसल र रेष्टुराँले पर्यटक र धनी भेनेजुयालीहरूलाई सेवा पु¥याइरहेको छ ।
उक्त नगरपालिकामा भिरालो डाँडा र गहिरा उपत्यका (खोँच) हरू पनि छन् । त्यहाँ साना किसानहरू छन् र उनीहरूले तुलनात्मकरूपले सहर नजिक हुनुको फाइदा उठाउन सक्छन् । देशको प्रतिष्ठितमध्ये एक सिमोन बोलिभार विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी र त्यहाँबाट स्नातक गरेका सदस्य भएका परिवारहरूसित हामीले भेटघाट ग¥यौँ । तर, मुद्रास्फितिले उनीहरूको तलबको मूल्य घटाएको र उनीहरूका लागि आम्दानीको अर्को स्रोत आवश्यक भएको पाइयो ।
कृषि उत्पादनमा संलग्न र कृषि उत्पादन कृषक बजारमा ल्याउने सबै चाभेजवादी थिए । त्यस्तै बेरिहरू मिलाएर वाइन उत्पादन गर्नेहरू, कासाबा (एक प्रकारको अन्न) उत्पादन गर्ने र त्यसको रोटी बनाउनेहरू र पोषिला तरुलहरूबाट बिस्कुट बनाउनेहरू, औषधिका लागि प्रयोग हुने जडिबुटी खेती गर्नेहरू सबै पनि चाभेजवादी नै पाइए । उनीहरूको क्षेत्रमा कुनै कम्युन त थिएनस त्यस्तै त्यहाँको समुदाय राजनीतिक र सामाजिकरूपमा विविधतामा विभाजित पायौँ । उनीहरू बोलिभारियाली क्रान्तिसित सीधा जोडिएका पेशाकर्मीहरू हुन् र उनीहरूले जनताबाट जनताको अर्थतन्त्रका निम्ति उत्पादन गरिरहेका छन् ।
चाभेजवादीहरू आ–आफ्नो दृष्टिकोण अनुसार धेरै कुरामा वर्तमान राष्ट्रपति निकोलस माडुरोको आलोचना पनि गर्छन् । धेरैको कथन छ – माडुरो सरकारले ग्वाइडोको संसदीय स्वतन्त्रता स्थगित गरेर भएपनि पक्राउ गर्नुपथ्र्यो । केही चाभेजवादीहरूको दृष्टिमा उनी बुर्जुवाहरूप्रति सम्झौतापरस्त छन् । ग्रामीण क्षेत्रका कम्युनहरूले आफूहरूले ठूला जमिनदारहरूसित सङ्घर्ष गरिरहेकोले सरकारको तर्फबाट बढी सुरक्षा र सहयोग खोजेका छन् । तर, एल ह्याटिलोका मानिसहरू माडुरो सरकारको समग्र कार्य सम्पादनप्रति सकारात्मक छन् । उनीहरूले देशलाई बोलिभारियाली सरकारको नियन्त्रणमा राख्न सकेकोमा र दक्षिणपन्थी विपक्षीहरूबाट भेनेजुयलालाई बीसौँ शताब्दीको नवउपनिवेशको स्थितिमा पु¥याउनबाट रोक्न सकेकोमा माडुरोको प्रशंसा गरेका छन् । उनीहरू क्लाप (CLAP) र आवास योजना (जुन योजनाले हालसम्म ७० लाख परिवारलाई घर निर्माण गरी वितरण गरिसकेको छ) सर्वसाधारण जनताका लागि चाभेजले दिएको ध्यानकै निरन्तरताका रूपमा लिन्छन् । उनीहरूले विद्युतीय मुद्रा ‘पेट्रो’ को सुरुआतको पनि स्वागत गरे । राष्ट्रिय मुद्रा ‘बोलिभार’ माथि साम्राज्यवादी आक्रमणको प्रतिरोधमा नयाँ मुद्राको ‘पेट्रो’ को सुरुआतको पनि स्वागत गरे । राष्ट्रिय मुद्रा ‘बोलिभार’ माथि साम्राज्यवादी आक्रमणको प्रतिरोधमा नयाँ मुद्राको सुरुआतले भेनेजुयाली जनताको अप्ठ्यारो हटाएको थियो । मुद्रास्फिति माडुरो सरकारले बाध्यतावश गर्नु परेको यथार्थमा आधारित कदमका रूपमा उनीहरूले लिएका छन् ।
उनीहरूले अन्तरमनले माडुरोको बचाऊ गर्नुको कारण चाभेजवादविरोधीहरूसितको उनीहरूको नियमित विवाद भइरहने हुनाले पनि हुनुपर्छ भन्ने मैले आशङ्का गरेँ । भर्खरै स्नातक सिध्याएका एक विद्यार्थीले सरकारविरोधी दक्षिणपन्थी विद्यार्थी र प्राध्यापकहरूले आफूलाई दिएको सास्ती र अपमानबारे बताए । राजनीतिक विचारकै कारणले आफ्नो अङ्क घटाएको, छात्रवृत्ति प्राप्त विद्यार्थी सङ्घको अफिसमा तोडफोड गरेको र त्यहाँभित्र रहेका फाइलहरूमा धुलो मैलो फाल्नुका साथै पिसाब गरिदिएको उनले बताए ।
जब राष्ट्रियसभाले आफ्नो अध्यक्ष पदबाट ग्वाइडोलाई हटायो हामी काराकसमै थियौँ । त्यहाँको स्थिति अरू दिनजस्तै सामान्य नै थियो । तर, हामीले अमेरिकी सञ्चारमाध्यमहरूबाट काराकसका बारेमा अर्कै भिन्नै समाचार सुन्यौँ । बरु हामीले दक्षिणपन्थी राजनीतिक कार्यकर्ताहरूसित पटक–पटक सम्पर्क ग¥यौँ तर उनीहरू हामीसित कुराकानी गर्न कहिल्यै अगाडि आएनन् । सर्वसाधारण जनतामाझ उनीहरूको उल्लेखनीय प्रभाव भएको सङ्केत हामीले कतै पाएनौँ । सरकारप्रति गुनासो गर्ने जनतामाझ पनि ती दक्षिणपन्थी राजनीतिक पार्टीको कुनै प्रभाव थिएन ।
भेनेजुयलाविरुद्धको संरा अमेरिकी आर्थिक युद्ध सर्वसाधारण भेनेजुयालीहरूको जनजीवन कष्टकर बनाउन निश्चय नै प्रभावकारी देखिएको छ । बरु सरकारप्रति वितृष्णा वा आक्रोशको सट्टा आधारभूत तहका जनता सम्भाव्य सबै क्षेत्रमा उत्पादन वृद्धि गर्दै कम्युनहरू, कृषक बजारहरू, सामूहिक खेती, सहर–गाउँ प्रत्यक्ष साटफेर, विभिन्न रूपमा सामुदायिक निर्माण र कार्यहरूमा सक्रिय रहेको पायौँ । यस वर्षको जनवरीमा हामीले भेनेजुयलामा भेटेका हरेक कार्यकर्ताहरूले÷अभियानकर्मीहरूले सजगतापूर्ण आशावादीता देखाएका छन् । उनीहरूका अनुसार चाभेजले सुरु गरेको बोलिभारियाली क्रान्तिकारी प्रक्रियाले आर्थिक युद्धमा विजय प्राप्त गरेरै छोड्ने छ । यसैबीच सामुदायिक सहयोगको मूल्य, सामाजिक ऐक्यबद्धता र आपसी सहयोगमा आधारित एक नयाँ किसिमको समाज भेनेजुयलामा उदय भएको छ ।
(Venezuela Jan. 2020 : Hardship and Resistance_
Telesur.net/February 1, 2020

अनुवाद ः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *