“विद्यालय शिक्षा राम्रो भए विश्वविद्यालय शिक्षा राम्रो हुनेछ”
- असार ५, २०८३
नेपालका केही बुद्धिजीवी भनी टोपलेका व्यक्तिहरू पहिले बाबुराम भट्टराईको सा¥है गुणगान गर्थे, २–४ वर्षपछि ती सबैले नाक खुम्च्याए, किन ? बाबुराम भट्टराई प्रम भएको बेलाका काम र उनको दृष्टिकोणलाई बुझेर सबै उनीबाट परपर भागे ।
त्यस्तै नेपालका केही बुद्धिजीवी वा लेखक भनी टोपलेकाहरू अहिले खुब रिसाएका छन् । एकले लेखे, “नेमकिपाका अध्यक्ष एवम् भक्तपुरका सङ्कीर्ण तथा साम्प्रदायिक राजनीतिका बेताज बादशाह नारायणमान बिजुक्छेँ उत्तर कोरियाको जुछे विचारधाराका मुखर हिमायती हुन् ।” उनी थप लेख्छन्, “उनको राष्ट्रवादको रङ रातो एवम् लय पश्चिमा तथा भारतविरोधी हुने गरेकोले स्वघोषित उदारवादीहरूले ‘भक्तपुरका अघोषित भूपति’ भनिने बिजुक्छेँका विस्फोटक वक्तव्यहरूलाई समेत लिँदैनन् ।” (कान्तिपुर, २९ माघ २०७६)
यी भनाइ हुन् – ‘कोरोनाको भूराजनीतिक असर’ शीर्षकको ‘शब्द साक्षी’ कोलममा सीके लालको ।
सीके लालका लेखहरू सरल पाठकहरूले पढ्छन् तर बुझ्दैनन् । किन ? भनी प्रश्न गर्दा उनी कहिले कुनै देशको पक्ष लिई लेख्छन् भने कहिले अर्को देशको पक्षमा । साथै, उनी कहिले प्रजातन्त्रको समर्थनमा लेख्छन् भने कहिले गणतन्त्रको पक्षमा र कहिले तिनकै विरोधमा । उनी सद्भावना पार्टी र मधेस आन्दोलनको समर्थन र विरोधमा पनि लेख्छन् । सरल पाठकहरूको मत छ, जतिसुकै नबुझ्ने ढङ्गले लेखे पनि उनी देशका बहुमत जनता – मजदुर र किसानको हितमा लेख्दैनन् । यसको अर्थ हो, उनी शोषक–सामन्तहरूको समर्थन गर्छन् र पुँजीवादी तथा साम्प्रदायिक राजनीतिक दलहरूको समर्थन गर्छन् ।
तर, हाम्रो ठम्याइ छ – सीके लाल नेमकिपा र का. रोहितबारे सुनेको भरमा पूर्वाग्रही र दूराग्रही भएर लेख्छन् । निश्चय पनि सुन्ने र हेर्ने विषयमा धेरै भिन्नता हुन्छ । दृष्टिकोण फरक भएपछि सम्पूर्ण लेखाइ भिन्न हुनु स्वाभाविक हो ।
५ फागुन २०७६ को ‘नागरिक’ को विचार पृष्ठमा जैनेन्द्र जीवनले ‘चिनियाँभन्दा बढी चिनियाँ’ शीर्षकमा आफ्नो ज्ञान र बुद्धिलाई आफ्ना सुलेखनद्वारा नेमकिपाका अध्यक्षलाई ‘दैवतुल्य’ अमेरिकी साम्राज्यवादलाई विरोध गर्ने हुनाले विषयवस्तुभन्दा बाहिर गई अर्थात् आँखा चिम्लेर सराप्ने आफ्नो कलाको प्रदर्शन गरे ।
बिफरको खोपमा मानिसको शरीरभित्रका किटाणुहरू खोप लगाएकै ठाउँमा केन्द्रित गराएजस्तै अमेरिकी साम्राज्यवादको इतिहास खोतलेपछि त्यसको हिमायती, भक्त वा साम्राज्यवादलाई आफ्नो दृष्टिकोण बताउनेहरू सतहमा उत्रेको देखियो । ठिक्कै हो, व्यवहारमा लुकेका शत्रुभन्दा देखिने शत्रु अगाडि आउनु उत्तम हो ।
नेमकिपालाई सराप्नेहरूको दृष्टिमा पार्टीका सबै कार्यकर्ता एवम् बुद्धिजीवीहरू ‘भक्तपुरे’, ‘ज्यापु’, ‘मूर्ख’, ‘नपढेलेखेका’, ‘ज्यामी’, ‘खर्पने’, ‘डोके’, ‘जुम्रे’ हुन् । झण्डै ५०–६० वर्ष पहिलेको परिवेश र वर्गीय दृष्टिलाई यसरी व्याख्या गरेका होलान् ¤ कामदार वर्गमाथि गरिएको शोषण र अत्याचारको कारण किसानहरू दुःखी, गरिब, शिक्षाबाट टाढा राखिएको भनी होइन बरू तिनीहरू अर्कै ग्रहबाट ठूला–बडालाई दुःख दिन र विरोध गर्न आएका सम्झेर स्पार्टाकस आन्दोलन र वेन राजाको वध गरेको सम्झन्छन् ।
का. रोहित आफूलाई देशभक्त र अन्तर्राष्ट्रवादी भन्नुहुन्छ तर उहाँ आफूलाई राष्ट्रवादी मान्नुहुन्न । २०१४–१५ सालको राहदानीमा उहाँको नागरिकतामा ‘नेपाली’ र राष्ट्र ‘नेवार’ लेखिएको थियो । सन् १९१७ को क्रान्तिभन्दा पहिले जारकालीन रूसलाई ‘राष्ट्रहरूको जेलखाना’ भनिन्थ्यो ।
साम्राज्यवाद भनेको पुँजीवादको सबभन्दा माथिल्लो चरण हो । देशको एकाधिकार पुँजीले पुँजीवादी देशलाई त्यस ठाउँमा पु¥याउँछ ।
अल जजिराको एडवार्ड होन–सिङ वनको ‘क्यानाडामा चीनविरोधी भावना र कोरोना भाइरसको सङ्क्रमण’ (श्रमिक, २८ माघ २०७६) र करभिकाको ‘के कोरोना भाइरस अर्को जीवाणु युद्ध हुनसक्दैन ?’ (मजदुर दैनिक, २ फागुन २०७६) को लेख कोरिया युद्ध (१९५०–५३) मा भएको किटाणु युद्धसँग सम्बन्धित छ । लेन आल्डिस र वात्ेट गियापको ‘विषालु रसायन ‘एजेन्ट अरेन्ज’ र भियतनाममा त्यसको प्रभाव’ छापियो । (मजदुर दैनिक, ५ फागुन २०७६)
१ फागुन २०७६ मा चेतनाथ आचार्यको ‘चीनविरूद्ध कोरोनाको भ्रम’ शीर्षकको लेख ‘नागरिक’ ले छाप्यो ।
तर, केही लेखकहरूलाई भक्तपुरमा एक समूहको विरोध प्रदर्शनमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू भएको जानकारी थिएन । (समय–समाज, २७ माघ २०७६) । ओली सरकारले मात्रै होइन नेका, एमाले, माओवादी, मधेसवादी र राप्रपाका सरकार वा संयुक्त सरकारहरूले समेत समयअनुसार सङ्क्रामक रोगहरूको रोकथामको निम्ति कुनै कार्य गरेका थिएनन् भन्ने जनतालाई भर्खर थाहा भयो । भित्रभित्र ५६ वर्ष पुरानो महेन्द्रको पालाको ऐन ‘सङ्क्रामक रोग ऐन–२०२०’ लागू ग¥यो ।
(नयाँ पत्रिका, २ फागुन २०७६)
केही नेपाली बुद्धिजीवीहरूले संरा अमेरिकाले ‘चीनलाई घेरा’ हाल्ने कुरो नेपालीहरूकै हल्ला सम्झेका थिए । तर, त्यसबारे अस्ट्रेलियाली कम्युनिस्ट साप्ताहिक गार्जियनले रोब गोउल्यान्ड लिखित Nato moves to surround China भन्ने शीर्षकमा छापेको थियो । सो लेख बेलायतको The New Worker ले 1st June 2012 र नेपाली अनुवाद ‘ध्रुवतारा’ ले साउन–भदौ २०६९, पूर्णाङ्क – ५ (Augest-sept.2012 ) मा छापेको थियो ।
माथिका यी सबै तथ्यहरूले नेमकिपालाई धारे हात लगाउनेहरू आफ्नै कुपमण्डुक, सङ्कीर्ण, अन्ध–राष्ट्रवादी, झूटा प्रजातन्त्रवादी र साम्राज्यवादी एवम् उपनिवेशवादी दृष्टिकोण राख्ने ‘उदारवादीहरू’ आजको अर्थमा आक्रामक पुँजीवादी र हस्तक्षेपकारी हुन् । यसका उदाहरण भेनेजुयला, बोलिभिया, अर्जेन्टाइना, निकारागुआ आदि हुन् । कलम कोरिहाल्नुभन्दा थप संयम र अध्ययन उत्तम हुन्छ । बदलिँदो समयमा पुराना पुस्तक एवम् नयाँ विचारहरूको जानकारी आवश्यक छ । किम वंशको जानकारी राख्न खोज्नेहरूले नेहरू र कोइराला वंशबारे बुझे प्रस्ट होला ।
Leave a Reply