भर्खरै :

मानव भाग्य समुदायका लागि महामारीलाई परास्त गर्नुपर्ने

नयाँ कोरोना भाइरसको महामारी फैलिएपछि विश्वभरका विभिन्न ठाउँका व्यक्तिहरूले विभिन्न तरिकाले चीनलाई समर्थन जनाएका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ यिनले दक्षिण कोरिया र चीन छिमेकी मुलुक रहेको बताउँदै छिमेकीलाई सहयोग गर्नु आफैँलाई सहयोग गर्नुजस्तै रहेको बताउनुभयो । जापानी महिलाहरूले उहानका सडकमा पुगेर मास्क चन्दा दिइरहेका छन् । बेल्जियमका पियानोवादकले चीनको उहानका लागि गीत लेखन गरेका छन् ।
चीनका लागि बहुराष्ट्रका राजदूतहरूले भिडियोमार्फत चीनप्रति समर्थन र संवेदना व्यक्त गरेका छन् । चीनका लागि रुसी राजदूतले चिनियाँ जनताको स्वास्थ्य र सुरक्षाको कामना गर्नुभयो । चीनका लागि जर्मन राजदूतले कठिन समयमा जर्मनी र चीन एक अर्कासँग जोडिएको बताउनुभयो । चीनका लागि नेपालका राजदूतले पनि संवेदना व्यक्त गर्नुभयो ।
मानिसहरूको एउटै पृथ्वी छ र विभिन्न देशहरू एकै संसारमा बस्छन् । केही वर्षदेखि चीनका राष्ट्राध्यक्ष सी चिन फिङले प्रस्ताव गर्नुभएको “मानव भाग्य समुदाय” को अवधारणा झन् बढी देशहरूका लागि स्वीकार्य भएको छ र संयुक्त राष्ट्र सङ्घीय प्रस्तावनामा लेखिएको छ । चिनियाँ जनताले नयाँ कोरोना भाइरस महामारीसँग लडाइँ गरिरहेको अवधिमा अन्तर्राष्ट्रिय समुदायले चीनलाई इमानदार र मित्रवत् सहयोग गरिरहेका छन् । यसले साझा ‘मानव भाग्य समुदाय’ को भावना देखाउँछ । (सीआरआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *