कृत्रिम बौद्धिकताबारे तालिम सम्पन्न
- जेष्ठ १०, २०८३
सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले बिहीबार पदबाट राजीनामा दिए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको बार्गेनिङसम्बन्धी श्रव्य सामग्री सार्वजनिक भएसँगै उनले पदबाट हात धुनुप¥यो । ओलीका निकटवर्ती र सरकारकै शक्तिशाली मन्त्री बास्कोटाले यसरी पदबाट राजीनामा दिनुपर्ला भनी सपनामा पनि चिताएका थिएनन् सायद । तर, धेरैलाई आचरण र नैतिकताको पाठ सिकाउँदै हिँडेका उनले भने अनैतिकताको भारी बोकेर बिदा हुनुप¥यो । अनैतिकताको कालो बोकेर पदबाट बिदा हुनेमा उनी पहिलो भने पक्कै होइनन् ।
वाइड बडी विमान खरिद, दूरसञ्चार सेवा सञ्चालन अनुमति, मेडिकल कलेज सञ्चालन अनुमतिलगायत धेरै कमिसनसम्बन्धी चलखेलका खबर एक पछि अर्को बाहिरिएका छन् । यी सबै मुद्दामा उच्चपदस्थको संलग्नताले देश कसरी चलेको छ भन्ने अनुमान जनताले लगाएका छन् । मन्त्री बन्नु भनेको भ्रष्टाचार र कमिसनको दलदलमा चुर्लुम्म डुब्नु हो भन्ने अभिव्यक्तिलाई यस्ता काण्डले उजागर गरेको छ । जतिसुकै गोरो मानिस पनि गर्मी ठाउँमा जाँदा उसको छाला कालो हुनु जसरी प्राकृतिक प्रक्रिया हो, त्यसरी नै अहिलेको पुँजीवादी सरकारमा गएका मानिसहरू जतिसुकै आदर्शवादी भए पनि भ्रष्टाचारी र बदमास नै भएर निस्कने गरेको छ । ललिता निवास प्रकरणमा आफ्नो सम्पूर्ण जीवन कम्युनिष्ट आन्दोलनमा होमेका नेताहरूसमेत मुछिएबाट यो व्यवस्थामा सत्ता र सरकारसँग नजिक जोकोही पनि यस्ता विकृतिबाट मुक्त नहुने पुष्टि गरेको छ । ध्वाँसो लागेको हाँडी समात्दा जसरी कहीँ न कहीँ कालो लाग्छ, त्यसरी नै पुँजीवादी सत्तामा जाने र नजिक हुने जोकोहीलाई भ्रष्टाचारको कालो लाग्ने गर्दछ ।
हालैमात्र अदालतको सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा बलात्कारको आरोपमा चार महिना जेलको चिसो खाएर बाहिरिएका हुन् । यसअघि उनै महराको कमिसन बार्गेनिङसम्बन्धी गोप्य श्रव्य सामग्री पनि बाहिरिएको थियो । ३३ किलो सुनसम्बन्धी मुद्दामा महराले आफू सानो माछामात्र भएको, ठूलो माछा अरू नै भएको अभिव्यक्ति दिएका थिए ।
वाइड बडी विमान खरिद, दूरसञ्चार सेवा सञ्चालन अनुमति, मेडिकल कलेज सञ्चालन अनुमतिलगायत धेरै कमिसनसम्बन्धी चलखेलका खबर एक पछि अर्को बाहिरिएका छन् । यी सबै मुद्दामा उच्चपदस्थको संलग्नताले देश कसरी चलेको छ भन्ने अनुमान जनताले लगाएका छन् । मन्त्री बन्नु भनेको भ्रष्टाचार र कमिसनको दलदलमा चुर्लुम्म डुब्नु हो भन्ने अभिव्यक्तिलाई यस्ता काण्डले उजागर गरेको छ । जतिसुकै गोरो मानिस पनि गर्मी ठाउँमा जाँदा उसको छाला कालो हुनु जसरी प्राकृतिक प्रक्रिया हो, त्यसरी नै अहिलेको पुँजीवादी सरकारमा गएका मानिसहरू जतिसुकै आदर्शवादी भए पनि भ्रष्टाचारी र बदमास नै भएर निस्कने गरेको छ । ललिता निवास प्रकरणमा आफ्नो सम्पूर्ण जीवन कम्युनिष्ट आन्दोलनमा होमेका नेताहरूसमेत मुछिएबाट यो व्यवस्थामा सत्ता र सरकारसँग नजिक जोकोही पनि यस्ता विकृतिबाट मुक्त नहुने पुष्टि गरेको छ । ध्वाँसो लागेको हाँडी समात्दा जसरी कहीँ न कहीँ कालो लाग्छ, त्यसरी नै पुँजीवादी सत्तामा जाने र नजिक हुने जोकोहीलाई भ्रष्टाचारको कालो लाग्ने गर्दछ ।
अहिलेको राजनीतिक व्यवस्था नै पैसाको भरमा चल्ने व्यवस्था हो । जसले निर्वाचनमा अथाह पैसा खर्च गर्नसक्छ, त्यो मानिस चुनाव जित्ने र उही सरकारमा जाने अनि त्यसरी पैसाको खोलो बगाएर चुनाव जितेको मान्छे सरकारमा जानुको मुख्य लक्ष्य नै पैसा कमाउनु, कमिसन खानु, अघिल्लो चुनावको ऋण चुक्ता गर्नु र पछि आउने चुनावको लागि पैसा बटुल्नु हुने गर्छ । यो एउटा चक्र हो जसमा नैतिकता भन्ने कुरा बाँकी रहन्न । पुँजीवादी सत्तामा जाने जोकोही पनि यो सत्ता र पैसाको चक्रमा फस्ने गर्छ । फलतः यो व्यवस्थामा भ्रष्टाचार छायाँजस्तै हुने गर्छ ।
बुधबार राति सार्वजनिक भएको गोप्य श्रव्य सामग्रीले कमिसनको खेलमा बास्कोटा एक जनामात्र होइनन्, उनका पछाडि अरू पनि उनीजस्ता धेरै मानिस रहेको सङ्केत दिन्छ । लहरो तान्दा पहरो गर्जिने पीरले प्रधानमन्त्रीले हतारमा बाँस्कोटालाई राजीनामा दिन लगाए । औंलो माग्दा नदिँदा टाउको नै दिनुपर्ने चिन्ताले ओलीले हतारमा आफ्ना निकटवर्ती बास्कोटालाई पदबाट बिदाबारी गरे । ‘कम्युनिस्ट’ को खोल लगाएर जनतालाई झुक्याउनेहरूको वास्तविक अनुहार बिस्तारै उजागर हुँदै छ । यो सिलसिला कति लामो छ, क्रमशः सार्वजनिक हुँदै जानेछ ।
Leave a Reply