भर्खरै :

म्याराथुनमा कृष्णसुन्दर र कान्छीमाया विजयी

भक्तपुर, ११ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार बिहान सखारै अन्तर नगर एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत पुरुषतर्पmको ४२.१९५ कि.मी. म्याराथुन र महिलातर्पmको २१.९७ कि.मी. हाफ म्याराथुन दौडको सोमबार सिटी बजाएर उद्घाटन गर्नुभयो ।
पुरुषतर्पmको म्याराथुन दौडमा भक्तपुर नगरपालिकाका कृष्णसुन्दर तुईतुईले २ घण्टा ४१ मिनेट १३ सेकेण्डमा दूरी पूरा गरी प्रथम स्थान हासिल गर्न सफल भए भने किर्तिपुर नगरपालिकाका धर्म महर्जनले ३ घण्टा ५ मिनेट ५१ सेकेण्डमा दूरी पूरा गरी द्वितीय र भक्तपुर नगरपालिकाकै सुरेन्द्र ग्वाछाले ३ घण्टा १० मिनेट १ सेकण्डमा सो दूरी पूरा गरी तृतीय स्थान हासिल गर्न सफल भए ।

त्यसैगरी महिलातर्पmको हाफ म्याराथुनमा भक्तपुर नगरपालिकाका कान्छीमाया कोजूले १ घण्टा २५ मिनेट २१ सेकेण्ड, किर्तिपुर नगरपालिकाका सकुन्तला ठगुन्नाले १ घण्टा ४० मिनेट ५२ सेकेण्ड र भक्तपुर नगरपालिकाकै रेष्टिना सितिखुले १ घण्टा ५० मिनेट ४६ सकेण्डमा दूरी पूरा गरी क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए ।
४ ह ४०० मिटर पुरुषतर्पmको रिले दौडअन्तर्गत भएको प्रतियोगितामा भक्तपुर, मन्थली, चौतारा–साङ्गाचोक गढी नगरपालिका क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए भने ४ ह ४०० मिटर महिलातर्पmको रिले दौडअन्तर्गत भएको प्रतियोगितामा भक्तपुर, ललितपुर, चौदण्डी गढी नगरपालिका क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *