नेपाली भूमिमा परचक्रीको किन गिद्दे दृष्टि ?
- जेष्ठ ८, २०८३
– गौरव प्रधान
कोरोनो भाइरस चीनको सट्टा अमेरिका, भारत, बेलायत, जापान, दक्षिण कोरियाजस्ता देशमा फैलिएको भए ती देशमा कस्तो महामारी भइसक्थ्यो होला भन्ने कुरामा अनुमान गर्न गा¥हो हुन्छ । चीनमा भन्दा ती देशमा यो रोग फैलेर हाहाकार भए हजारौँ हजारको मृत्यु भइसक्थ्यो होला । चीनको हुपेई प्रान्तको उहानमा फैलेको भाइरसको सङ्क्रमण रोक्न जसरी चीनमा चिनियाँ सरकार, चिनियाँ कम्युनिस्ट पार्टी, चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्ता, स्वास्थ्यकर्मीहरू र जनता लागे त्यसरी अरू देशमा लाग्ला भन्ने विश्वास गर्न सकिंदैन । चिनियाँ सरकार, चिनियाँ कम्युनिस्ट पार्टी र स्वास्थ्यकर्मीहरू दिनरात लागेकै कारण कोरोना भाइरसको सङ्क्रमण त्यति नफैलिएको हो ।
कुनै देशमा कुनै रोग फैलिएको छ भने त्यसको निराकरण गर्न कोसँग के कस्ता विधि र उपाय छन् त्यसको उपयोग गर्नुपर्ने हो, पीडित देशलाई सहयोग गर्नुपर्ने हो ।
कुनै देशलाई आपत्विपत् या सङ्कटमा सहयोग गर्ने हो, पीडामा नुन खोर्सानी छर्केर थप पीडा दिने होइन । त्यस्तैखाले या अन्य कुनै रोग अरू देशमा पनि फैलिन सक्छ, रोग फैलेर ठूलो जनधनको क्षति हुनसक्छ । त्यसबेला कुनै देशले असहयोग गर्छ, अनावश्यकरूपमा बढाइचढाइ गरेर हल्ला पिट्छ भने त्यस्तो देश कहिल्यै मित्र हुने छैन । चीनको उहानमा फैलेको भाइरसको सङ्क्रमणबारे संयुक्त राज्य अमेरिकाले बढाइचढाइ हल्ला गरेर तर्साउने र निराश बनाउने काम गरिरहेको छ । यो अमेरिकाले जानाजानै गरेको जाल हो । त्यो जालको विश्वका समुदायले विरोध गरिरहेका छन् र अमेरिका बदनाम हुँदै छ ।
यसैबीच कोलम्बिया युनिभर्सिटी, इरानियन स्टडिज एन्ड कम्यारेटिभका प्राध्यापक हमिद दाबासीको जातीय विभेदको भाइरस कोरोनाभन्दा डरलाग्दो शीर्षकको एउटा लेख छापियो । चिनियाँ सरकार, चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनता तथा स्वास्थ्यकर्मीहरू ज्यानको वास्ता नगरी भाइरस सङ्क्रमणविरुद्ध लडिरहेको बेला चिनियाँदेखि सावधान भन्दै छिः छिः र दुरदुर गर्नु चिनियाँ जनतामाथिको अपमान हो, अवहेलना हो । प्राध्यापक हमिदका अनुसार दक्षिण कोरिया, जापान, हङकङका रेस्टुरेन्टले चिनियाँ ग्राहकलाई बन्देज लगाएका छन् । इन्डोनेसियामा चिनियाँ ग्राहकले होटेल छाड्नुपर्ने भन्दै प्रदर्शन नै भयो । युरोप, अमेरिकामा चिनियाँ जनताले जातीय विभेद भोगिरहेको दृश्य पनि सञ्चारमाध्यमहरूमा आइरहेको छ । जसरी भारतीय शासक वर्गले आफ्नै देशका मुसलमानमाथि असमान व्यवहार र अपमान गरिरहेका थिए त्यसरी नै चिनियाँ जनतालाई विशेषगरी पुँजीवादी र साम्राज्यवादी देश शासक र सञ्चारमाध्यमले हेपिरहेका छन् ।
कोरोना भाइरसभन्दा अघि त्यस्तैखाले डरलाग्दा रोग संसारका विभिन्न मुलुकमा फैलिएको थियो । पहिले प्लेग, कुष्ठ, दादुरा रोग फैलेको थियो । त्यस्तै फ्लु, एचआत्ी र एड्सरोग पनि फैलेको थियो । नेपालमै पहिले झाडापखालाको प्रकोप भएको थियो । यसकारण, कुन रोग कुन देशमा फैलिन्छ, रोग फैलेर मान्छेको कति ज्यान जान्छ भन्ने कुरा यकिन गर्न सकिंदैन । यस्ता रोग फैलियो भनेर त्यो देशका पीडित जनता र सरकारलाई सहयोग गर्ने कि तमासा हेरेर दुःखमाथि दुःख थप्ने ¤ अतः कोरोना भाइरसलाई जातिवादी विभेदको रूपमा हेर्ने दृष्टिकोण फेर्नुपर्छ । कोरोना भाइरस विश्वव्यापी जातीय घृणा फैलाउने दबु नबनोस् । आ–आफ्नो स्थानबाट सक्नेले सक्दो सहयोग गरेर कोरोना भाइरस छिट्टै निर्मूल गर्न सफल होस् ।
Leave a Reply