भर्खरै :

‘जनताको लागि वकिल भएर काम गर्ने हो ’ तस्वीर सहित

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाको लागि नेमकिपाका प्रमुख पदका उम्मेदवार सुनिल प्रजापतिले आगामी निर्वाचनमा जनताले विश्वास गरेर आफूसहितको नेमकिपाको टोलीलाई विजयी बनाए जनताको वकिलको रुपमा जनताको निरन्तर सेवा गर्ने बताउनुभएको छ । शनिबार चुनाव प्रचारको क्रममा भक्तपुर नपा वडा नंं १ सृजनानगरमा भएको सभामा बोल्दै उहा“ले २०७२ सालको भूकम्पको क्रममा भूकम्प प्रभावित अरु कुनै पनि जिल्लाको तुलनामा भक्तपुरमा प्रभावकारी काम भएको प्रष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाको लागि नेमकिपाले नगरका विभिन्न आवश्यकता सम्बोधन गर्न सक्ने इमान्दार उम्मेदवारहरु उठाएको चर्चा गदैै उहा“ले भूकम्पपश्चातको पुननिर्माणका लागि सक्षम उम्मेनवारहरु भएको बताउनुभयो । सो कार्यक्रममा उपप्रमुख पदका उम्मेदवार रजनी जोशी, साहित्यकार पे्रमनारायण प्रेमी, वडा नं १ का वडाध्यक्ष श्याम खत्री, लक्ष्मीनारायण खत्रीलगायतका वक्ताहरुले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *