विजयको ७३ औँ वार्षिकोत्सव तथा पितृभूमि मुक्ति युद्धमा लडेका सैनिकहरूको सम्मानमा परेड
- श्रावण १३, २०८३
भक्तपुर, २४ बैशाख । भक्तपुर नगरपालिका वडा नं १ तेखापुखुमा आज विहान भीषण आगलागि भएको छ । भुसे चुल्होको आगो राम्ररी निभाउन नसक्दा राती करिब १ बजेबाट आगलागी भएको जानकारीमा आएको छ । आगलागीबाट स्थानीय इन्द्र शिल्पकार, दानबहादुर शिल्पकार, कृष्ण शिल्पकार, सुन्दर शिल्पकारको घरलगायत ६ घरहरु पूर्ण क्षति भएको छ । सिकर्मी पेशामा आबद्ध शिल्पकार परिवारहरुको घरमा राखिएका काठ, प्लाईलगायतका काठका सामाग्रीहरुमा आगो टिपेपछि आगलागीले अझ भीषण रुप लिएको हो । राती करिब १ बजे इन्द्र शिल्पकारको घरबाट लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा आइनसकेको जानकारी प्राप्त हुन आएको छ । आगलागीले ८ परिवारको ५ घरमा क्षति पु¥याएको बुझिएको छ । आगलागी नियन्त्रण गर्न स्थानिय वासिन्दासंगै वारुण यन्त्र, प्रहरी र सशस्त्र प्रहरीको टोली विहानै तेखापुखु पुगेको थियो ।
त्यस्तै तेखापुखुमा आगलागीको स्थिति र क्षतिबारे बुझ्न नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवाल र नेमकिपाकातर्फबाट भक्तपुर नगरपालिकाका मेयर पदका उम्मेदवार सुनिल प्रजापति तेखापुखु पुग्नुभएको छ । तेखापुखु पुगी उहाँहरुले स्थानियहरुसंग कुराकानी गरी जानकारी लिनुभएको छ र आगलागी नियन्त्रणको प्रगतिबारे बुझ्नुभएको छ ।
फोटोः बालकृष्ण बनमाला

















Leave a Reply