जीवनको सग्लो वर्णन अर्थात् अविरल जीवन गीतभित्र रमेश विकल
- श्रावण १५, २०८३
माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा जिन्दावाद !
समाजवादी प्रचार अभियानमा सहभागी होऔँ ! छैठौँ काठमाडौँ जिल्ला सम्मेलन सफल पारौँ !!
नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको छैठौँ जिल्ला सम्मेलन २०७६ फागुन २३ र २४ गते काठमाडौँमा हुँदै छ ।
२०७६ असोज ३–६ गते भक्तपुरमा सम्पन्न पार्टीको सातौँ महाधिवेशनले जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादमा पुग्ने अठोटलाई पुनः जोड दिएको थियो ।
पार्टीले स्थापनादेखि नै समाजवादको झन्डालाई उच्च पार्ने कामलाई निरन्तरता दिँदै छ । आफूलाई कम्युनिस्ट दाबी गरेकाहरू पुँजीवादी सरकारको भागबन्डामा डुबेको र रातो झन्डा खसाल्न रातो झन्डा बोकेको अब लुकेको छैन । संशोधनवादीहरू समाजवादको सार नै बिगार्दै छन् ।
देश र जनताको हितमा नेमकिपाले मोहियानी हक, भर्पाई, बाली काट्ने आन्दोलन, भ्रष्टाचार र महँगीविरोधी आन्दोलनलगायत नेपाली भूमि सुस्तामा भारतीय अतिक्रमण र सिक्किममा भारतीय विस्तारवादको हस्तक्षेपको विरोधमा सङ्घर्ष गर्दै छ । दार्चुलाको लिम्पियाधुरा, लिपुलेक, कालापानी भू–भाग भारतले नयाँ नक्सामा गाभेको विरोधमा पार्टीको सङ्घर्ष चालू छ ।
पार्टीको नेतृत्वमा २०४३ चैत १२ गते भक्तपुर–काठमाडौँ पैदल ¥याली सम्पन्न भयो । यसले पञ्चायती निरङ्कुशताविरुद्ध जनमत बढाउन ऊर्जा प्रदान ग¥यो । देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्ने पार्टीको दृढ अडानदेखि आक्रोशित पञ्चायती शासकहरूले पार्टीविरुद्ध राज्यस्तरको षड्यन्त्र रचेर २०४५ भदौ ९ गते पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लगायत ६७ जना नेता कार्यकर्ताविरुद्ध झूटा ज्यान मुद्दा लगाए । तर, आफ्नै षड्यन्त्रको आगोमा पञ्चायती व्यवस्था खरानी भयो । जनआन्दोलनले बहुदलीय व्यवस्था पुनः स्थापना ग¥यो ।
पार्टीले २०४७ कार्तिक २० गते जनताको संविधान घोषणाको मागसहित भक्तपुर–काठमाडौँ दोस्रो पैदल ¥याली सम्पन्न ग¥यो भने २०५३ असोज ५ गते देशघाती महाकाली सन्धिको विरोधमा भक्तपुर–काठमाडौँ तेस्रो पैदल ¥याली सम्पन्न ग¥यो । २०५७ वैशाख १९ गते कालो विधेयकको विरोधमा चौँथो, २०६२ पुस २६ गते प्रतिगमनको विरोधमा पाँचौँ भक्तपुर–काठमाडौँ पैदल ¥याली सम्पन्न भयो । पार्टीको छैठौँ महाधिवेशनको अवसरमा २०७० चैत २१ गते भक्तपुर–काठमाडौँ पैदल ¥याली सम्पन्न भयो । सातौँ महाधिवेशनको अवसरमा २०७६ असोज ३ गते काठमाडौँ कोटेश्वरदेखि भक्तपुरसम्म पैदल ¥याली सम्पन्न भयो ।
२०७२ सालको भारतीय नाकाबन्दीको विरोधमा पार्टीले सडक र संसद्मा सङ्घर्ष ग¥यो । पार्टीले काठमाडौँस्थित भारतीय दूतावास अगाडि धर्ना र सभा आयोजना गरी नाकाबन्दीको विरोध एवम् भत्र्सना ग¥यो । त्यसबेला भारतीय नाकाबन्दीलाई समर्थन गरेका पार्टी र व्यक्तिहरू उदाङ्गिएका थिए । नाकाबन्दीको विरोधमा निरन्तर जनसङ्घर्षकै कारण भारत सरकार नाकाबन्दी फिर्ता लिन बाध्य भयो । यो स्वाभिमानी नेपाली जनताको विजय हो ।
नयाँ संविधानअनुसार २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको गोटी एमाले–माओवादीको संयुक्त चुनावी मोर्चाले झन्डै दुईतिहाइ स्थान हासिल ग¥यो । तर, ओली–दाहाल सरकारले जनआन्दोलनको भावनाअनुसार काम गरेन । वि.सं. २०४६ सालदेखि वि.सं. २०७६ सालसम्म ३० वर्ष आफूलाई कम्युनिस्ट दाबी गर्ने र प्रजातन्त्रवादी ठान्नेहरूले पालैपालो शासन गरे पनि देश र जनताको सेवा नगरेको अहिले स्पष्ट देखिँदै छ ।
बालुवाटारको सार्वजनिक जग्गा, ठमेलस्थित कमलपोखरी, नेपाल ट्रस्टको गोकर्ण जग्गालगायतको जग्गा र सार्वजनिक पोखरी, पर्ती जग्गा, चउर व्यक्तिको नाममा दर्ता गरी बेचबिखन गर्ने भू–माफियाहरूको मिलेमतो पनि सरकारका ती नेताहरूसँग भएको जनगुनासो बढ्दो छ ।
काठमाडौँको एक महानगरपालिकासहित ११ वटा नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको ३ वर्ष पुग्दै छ । सबै नगरपालिका ठेकेदारको घेरामा रहेको जनगुनासो छ । स्थानीय तहको विकास निर्माण उपभोक्ता समितिमार्फत गरिए मितव्ययी पारदर्शी र दिगो हुनेछ । तर सरकारमा गएका पार्टीहरू ठेकेदारलाई पार्टी कार्यकर्ता बनाउँदै निर्माणको काम बाँडिरहेका छन् । परिणाम भ्रष्टाचार बढ्दो छ । बानेश्वरस्थित भारी सवारी साधन बेकाम बनाउने अधिकारीहरूमाथि कारबाही भएको छैन ।
देशको राजधानी काठमाडौँ जिल्लामा बढ्दो जनसङ्ख्यासँगै खानेपानीको हाहाकार, फोहरमैलाको समस्या, प्रदूषण, सडकजाम र अपराध एवम् दूर्घटना बढ्दो छ । सरकार ‘फास्टट्रयाक’, ‘सुख्खाबन्दरगाह’, ‘बाह्य चक्रपथ’ र ‘स्मार्टसिटी’को नाममा उपत्यकामा नयाँ सहर विस्तार गर्ने र यहाँको सांस्कृतिक र सामाजिक वातावरण तहसनहस गर्ने प्रपञ्च बुन्दै छ । देशको सन्तुलित विकास आजको आवश्यकता हो । राजधानीकेन्द्रित विकासलाई उपत्यकाबाहिर विकेन्द्रीकरण गर्नुपर्दछ । पार्टीले उपत्यकालाई सांस्कृतिक सहर बनाउन सडक र संसद्मा सरकारको ध्यानाकर्षण गर्दै आएको छ ।
नेपाल मजदुर किसान पार्टीको छैठौँ काठमाडौँ जिल्ला सम्मेलन २०७६ साल फागुन २३ गते काठमाडौँको रत्नपार्कमा पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) द्वारा समुद्घाटन हुने कार्यक्रम सफल पार्न मजदुर, किसान, युवा, विद्यार्थी, महिला, कर्मचारी, शिक्षक, प्राध्यापक, बुद्धिजीवी, पत्रकारलगायत सम्पूर्ण काठमाडौँवासी दिदीबहिनी, दाजुभाइहरूसँग हार्दिक अपिल गर्दछौँ र सक्रिय सहभागितासहित आर्थिक, भौतिक र नैतिक सहयोगको लागि हार्दिक अपिल गर्दछौँ ।
कार्यक्रम
मिति ः २०७६÷११÷२३ गते शुक्रबार
उद्घाटन ¥याली ः बिहान ११ः०० बजे बागबजार
उद्घाटन समारोह ः दिनको १ः०० बजे रत्नपार्क
Leave a Reply