भर्खरै :

विश्व बौद्धिक सम्पदा अधिकार सङ्गठनको निर्वाचनपूर्व अमेरिकाद्वारा राजनीतिक नाटक

पेइचिङ, २९ फागुन । विश्व बौद्धिक सम्पदा अधिकार सङ्गठनका महाप्रबन्धकको निर्वाचन आगामी साता स्वीट्जरयान्डको जेनेभामा आयोजना हुने भएको छ । चीनलगायतका केही मुलुकहरूले उक्त पदको प्रतिस्पर्धा गर्न उम्मेदवार प्रस्तुत गरेका छन् । तर, यो निर्वाचनको प्रतिस्पर्धा हुनुअघि अमेरिकाका केही व्यक्तिहरूले ‘राजनीतिक नाटक’ को निर्देशन र अभिनय सुरु गरेका छन् ।
अमेरिकी परराष्ट्रमन्त्री माइक पोम्पेओको टोलीले ‘चीनले बौद्धिक सम्पदा अधिकार चोरेको’ भन्दै बदनाम गरेको भन्दै चीनले अन्तर्देशीय बौद्धिक सम्पदा अधिकार नीतिको तर्जुमा गर्न सहयोग गर्ने संस्थानको नेतृत्व गर्नु वाहियात भएको बताउनुभएको छ । अमेरिकी ह्वाइट हाउस राष्ट्रिय व्यापार समितिका प्रमुख पिटर नाभारोले ‘फाइनासिकल टाइम्स’ मा लेख प्रकाशित गर्दै चीनले विश्व बौद्धिक सम्पदा अधिकार सङ्गठनको नियन्त्रण गर्नु हुँदैन भन्ने प्रचार गर्नुभएको छ ।
विश्व बौद्धिक सम्पदा अधिकार सङ्गठन संयुक्त राष्ट्र सङ्घको एक अभिन्न संस्था हो । यो सङ्गठनको मुख्य जिम्मेवारी विश्वको विभिन्न मुलुकको बौद्धिक सम्पदाको संरक्षण गर्नु हो । जिम्मेवार व्यक्तिको कार्यावधि छ वर्ष हुने गर्छ । जुनसुकै सदस्य मुलुकले निर्वाचनमा सहभागी हुने योग्यता हुन्छ । सन् १९८० जुन तीन तारिख यो सङ्गठनमा संलग्न भएयता चीनले बौद्धिक सम्पदा अधिकारको संरक्षण र अन्तर्राष्ट्रिय सहयोगलाई निरन्तर रुपमा बढाइरहेको छ ।
चीनको तर्फबाट निर्वाचनको प्रतिस्पर्धामा उम्मेदरवार बन्नु भएकी वाङ शान यिङ हाल विश्व बौद्धिक सम्पदा अधिकार सङ्गठनकी उप महाप्रबन्धक हुनुहुन्छ । उहाँले उक्त सङ्गठनमा करीब तीस वर्षसम्म काम गर्नुभएको छ । उहाँलाई सबैभन्दा प्रशस्त अनुभव, सबैभन्दा शक्तिशाली क्षमता र सबैभन्दा प्रतिस्पर्धात्मक शक्ति भएकी उम्मेदवार मानिन्छ । (सीआरआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *