क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
–गौरव प्रधान
सामन्तवादी संस्कार र चिन्तन बोकेका या रहेका कुनै पनि नेता, मन्त्री, सांसद र कार्यकर्ताहरू कम्युनिस्ट हुनसक्दैनन् या कम्युनिस्ट चरित्रका हुँदैनन् । पुँजीवादी व्यवस्थामा रहेर, पुँजीपति वर्गको पृष्ठपोषण गर्ने सत्तारुढ दलका नेता, मन्त्री र सांसदहरू पनि कम्युनिस्ट चरित्रका हुँदैनन् । सरकारले पुँजीपति वर्गको विकास गर्ने कुरा गर्नु र सरकारको नेतृत्व गरेको सोही दलले कम्युनिस्ट चरित्र आवश्यक भएको कुरा बखान गर्नु द्वैधचरित्र हो । एकातिर पुँजीवादको विकास गर्ने अर्काेतिर मुलुकलाई समाजवादतर्फ लैजान सर्वहारा वर्गचरित्र आवश्यक रहेको कुरा सुनाएर नेकपाले एक दल दुईथरीको विचार बोकेर किन कार्यकर्ताहरूलाई अन्योल बनाइरहेको हो ? सर्वहारा चरित्र कायम राख्न र समाजवाद निर्माण गर्न दलले किन सरकार र पार्टीमा सोही आचरणबमोजिम काम नगरेको हो ?
गृहमन्त्री रामबहादुर थापाले फागुन १३ गते प्रकाशित ‘गोरखापत्र’ मा ‘समाजवादका लागि सर्वहारा चरित्र आवश्यक’ रहेको बताए । पार्टीमा सामन्तवादी संस्कार बढेकोमा चिन्ता व्यक्त गर्ने गृहमन्त्री थापाले भ्रष्टाचार, तस्करी, कालाबजारीविरुद्ध आन्दोलन गरी दुश्मनलाई पराजय गर्न नसक्ने बताए । यदि त्यसो हो भने भ्रष्टाचार र तस्करीविरुद्ध आवाज उठाउनेहरूलाई मन्त्रीहरूले मुद्दा राखेर किन दुःख दिएका हुन् ? समाजवादी क्रान्तिका लागि हरेक पार्टी नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरूको आचरण र व्यवहार सच्चिनुपर्छ । तर, नेकपा भनी हिँड्ने सत्तारुढ दलका कार्यकर्तादेखि नेताहरूमा कम्युनिस्टको आचरण र चरित्र देखिएको छैन । सत्तारुढ दलका नेता, मन्त्री र सांसदहरूले छातीमा हात राखेर भन्नुप¥यो, के नेकपाका नेता, मन्त्री र सांसदहरू कम्युनिस्ट चरित्रका छन् ? के तिनीहरू जनतालाई कम्युनिस्ट बनाउन राजनीति गरिरहेका हुन् ?
सरकारको नेतृत्व गरिरहेको नेकपाले कम्युनिस्टको सिद्धान्त र विचारअनुसार के कति काम गरिरहेको छ ? जनतामाझ स्पष्ट पार्नुपर्छ । सरकारले गरिरहेको कुन काम कम्युनिस्टको आचरण र चरित्रअनुसार भइरहेको छ ? लोकपत्यारको लागि कहिलेकाहीँ कम्युनिस्ट सिद्धान्त र विचारको कुरा गरेर न त जनता सिद्धान्तनिष्ठ हुन्छन् त त समाजवादी क्रान्तिको आधार नै तयार हुन्छ ? दलको सिद्धान्त र विचार कम्युनिस्ट राख्ने अनि काम सबै पुँजीपति वर्ग, जमिनदार, जालीफटाहा, भ्रष्टाचारी, गुण्डा र कालाबजारीहरूको पक्षपोषण गरेर पनि देशमा क्रान्ति हुन्छ ? के लामो समय सरकारको नेतृत्व गरेरै देशमा समाजवादी क्रान्ति हुन्छ ? सर्वहारा चरित्र निर्माण हुन्छ ? नेकपामा नेता, मन्त्री, सांसद र कार्यकर्तालाई कम्युनिस्टको आचरण र व्यवहारमा बदल्न के नेकपा सरकारमा सामेल भएको हो ? के सरकारले गरेको विकासको गुणगान गरेर जनता कम्युनिस्ट बन्छन् ? आमूल परिवर्तनको निम्ति जनता तयार हुन्छन् ? के पुँजीवादी व्यवस्थामा रहेरै देशमा आमूल परिवर्तन हुन्छ या साँच्चै समाजवादी क्रान्ति हुन्छ ? बहुमत जनताको सेवा हुन्छ ?
Leave a Reply