नेपाली भूमिमा परचक्रीको किन गिद्दे दृष्टि ?
- जेष्ठ ८, २०८३
–दीनबन्धु केसी
निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा कमिसनमा नभुल्न खबरदारी गर्ने विजयप्रकाश मिश्रलाई सरकारी प्रवक्ताको हैसियतले धन्यवाद दिनुको सट्टा गाली बेइज्जतीविरूद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा हाल्न पुगे । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेर पदको दुरूपयोग नगर्न खबरदारी गरेका मिश्रलाई गाली बेइज्जतीको मुद्दा राखेर मन्त्री बाँस्कोटा चोखिने छैन । कानुन हातमा लिएर, पैसाको खोलो बगाएर र डर धम्कीको आधारमा हार्नुपर्ने मुद्दा जित्न सकिएला, कानुनतः अभियुक्त निर्दोष ठानिएला तर जनताको नजरमा विजयप्रकाश मिश्रहरू सत्पात्र नै ठानिएका हुन्छन्, यस्ता निर्भिक पात्रहरू देशको निम्ति खाँचो छ ।
नेपाल भ्रष्टाचार र कमिसनको चक्करमा फसेको मुलुक हो । भ्रष्टाचार कमिसनकै कारण नेपाल विश्वमा बदनाम भएको देश हो । नेपाल त्यसै भ्रष्टाचारको सूचीमा परेको होइन । कमिसन र भ्रष्टाचारमै पल्केर सत्तारूढ दल र ठूला दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरू धनी भएका छन् । कार्यकर्तादेखि नेता र मन्त्रीहरूको यस्तै चरित्रले गर्दा नेपाल विकास नभएको हो । कमिसनको खेलमा डुबेकै कारण देशमा अनियमितता बढेको हो । विजयप्रकाश मिश्रको खबरदारी कुनै व्यक्तिको इज्जत र प्रतिष्ठामा धक्का पु¥याउन होइन, कुनै पनि नेता, मन्त्री र सांसदले कुनै सामान आयात र निर्यातमा कमिसन र भ्रष्टाचारको कुरा नगर्न सुझाएको रूपमा लिनुपर्छ । पदको दुरूपयोग गरी कमिसनमा नफस्न खबरदारी गर्नेलाई पनि त्यस्तै मुद्दा हालिन्छ र क्षतिपूर्ति भराइन्छ भनी पाठ सिकाउन खोजेको त होइन ?
मुद्दा राख्दैमा निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाले सफाइ पाइन्छ भन्ने हाइन । अडियो टेपमा आएको विषयमा सत्यता नभएको कुराकानीमा रकम लेनदेनको लागि कसैसँग कुरा नगरेको जवाफ निवर्तमान मन्त्री बाँस्कोटाले जवाफ दिन पाउँछन्, पत्रकार सम्मेलन गरी स्पष्टीकरण दिन पाउँछन् । कसैले भनेको आधारमा कुनै व्यक्तिको चरित्र, नैतिकता र ख्यातिमा असर पु¥याउँदैन । आफू चरित्रवान, नैतिकवान छन् भने के को आधारमा बाँस्कोटाले राजीनामा गरेका हुन् ? देशमा भ्रष्टाचार कम गर्ने हो, कमिसन रोक्ने हो भने भ्रष्टाचार र कमिसनमा पल्केर राजनीति गरिरहेका नेता, मन्त्री, सांसद र जनप्रतिनिधिहरूलाई खबरदारी गर्नैपर्छ, त्यस्ता चरित्रका व्यक्तिहरूको विरोध गर्नैपर्छ ।
सरकारले भ्रष्टाचार कमिसनलाई बढावा होइन हतोत्साही गर्नुपर्छ । भ्रष्टाचार र कमिसनको विरोध र खबरदारी गर्नेहरूलई उत्साहित बनाइनुपर्छ, हौसला दिनुपर्छ । सरकारले गर्नुपर्नेमा काम अरूले गर्दा उल्टो मुद्दा राख्ने, भ्रष्टाचारविरोधी कदमलाई निष्क्रिय पार्ने काम गरेर कसरी देशमा भ्रष्टाचार अन्त्य हुन्छ, कमिसनखोरी रोकिन्छ ? बाँस्कोटाले मिश्रविरूद्ध गाली बेइज्जतीविरिूद्ध मुद्दा दायर गरेर आफ्नो झन् बदनाम हुन्छ, इज्जत र आस्थामा धक्का पु¥याउँछ । मुद्दाको परिणाम जे–जस्तो आए पनि निवर्तमान सञ्चारमन्त्रीप्रति जनताको विश्वास हुनेछैन । भ्रष्टाचार बढी भएको देशमा विजयप्रकाश जस्ता आँटिला मानिसहरूको आवश्यकता छ, भ्रष्टाचार र कमिसनविरूद्ध आवाज बुलन्द गरिरहनुपर्छ ।
Leave a Reply