भर्खरै :

नेपालको महिला क्रिकेट आईसीसी वरियतामा यथावत

काठमाडौँ, १९ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको महिला वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १४ औँ स्थानमा यथावत रहेको हो । यसअघि सार्वजनिक गरेको अघिल्लो वरियतामा पनि नेपाल १४ औँ स्थानमै रहेको थियो ।
नयाँ वरियतामा नेपालले २० खेलमा १२९ रेटीङ अङ्क प्राप्त गरेको छ । महिला वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया छ भने दोस्रो स्थानमा न्युजिल्यान्ड छ । त्यसैगरी इङ्ग्ल्यान्ड तेस्रो, भारत चौथो तथा वेष्टइन्डिज पाँचौँ स्थानमा छ । नेपाली महिला टोलीले गत मंसिरमा नेपालमा नै आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) पछि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *