भर्खरै :

प्रधानसेनापति अन्तरविद्यालय टी २१ रनिङ्ग क्रिकेटको उपाधि सैनिक आवासीय महाविद्यालयलाई

 
भक्तपुर, २२ फागुन । सैनिक आवासीय महाविद्यालयको १३ औँ प्रधानसेनापति अन्तरविद्यालय टी २१ रनिङ्ग क्रिकेट प्रतियोगिता २०७६ को उपाधि सैनिक आवासीय महाविद्यालयले हासिल गरेको छ । नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तन्दुलको प्रमुख आतिथ्यमा सम्पन्न पुरस्कार वितरण समारोह बिहीबार महाविद्यालय परिसरमा सम्पन्न भयो ।
प्रमुख अतिथि रथी तन्दुलले प्रधानसेनापति अन्तरविद्यालय टी २१ रनिङ व्रिmकेटमा प्रथम हुन सफल खेलाडी टोलीलाई नगद रु. १,११,१११।–, ट्ररफी र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, सानका वर्तमान अध्यक्ष तथा नेपाली सेनाका अवकाश प्राप्त मानार्थ उपरथी ताराबहादुर कार्की, कल्याणकारी योजनाका सागरबहादुर केसी, क्यानका भूतपूर्व अध्यक्ष विनयराज पाण्डे र महाविद्यालयका सम्पर्क अधिकृत तथा प्रमुख सेनानी अनुप शाहले प्रतियोगितामा द्वितीय, तृतीय स्थान हासिल गर्ने र सहभागी खेलाडीहरूलाई प्रमाणपत्र, मेडल, नगद पुरस्कार र ट्ररफी वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *