“देशमा राजनीतिक परिवर्तन ल्याउन निर्वासन, भूमिगत र जेल जीवन झेल्नुप¥यो”
- श्रावण २, २०८३
नेपालमा पनि कोभिड–१९ भाइरस फैलिन सक्ने हल्लासँगै बजारमा मास्क र अत्यावश्यक औषधिको अभाव भएको छ । औषधि र मास्कका थोक तथा खुद्रा बिक्रेताहरूले लुकाएपछि ती वस्तुको बजारमा कृत्रिम अभाव सिर्जना भएको छ । उपभोक्ता अत्यधिक महँगोमा खुद्रा पसलमा मास्क र औषधि खरिद गर्न बाध्य छन् । सामान्यतः पाँच रूपैयाँ पर्ने मेडिकल मास्क आज–भोलि बजारमा कम्तीमा २० देखि ५० रूपैयाँसम्म तिर्नुपरेको उपभोक्ताको गुनासो छ । बजारमा कृत्रिम अभावसँगै सर्वसाधारण अझ भयभित भएका छन् ।
कोभिड–१९ भाइरसबाट सङ्क्रमित हालसम्म नेपालमा कोही नभेटिएको सरकारको जिम्मेवार निकायका अधिकारी भन्दै छन् । तर, हल्लैहल्लामा व्यापारीले विभिन्न दैनिक उपभोग्य वस्तु र औषधिजन्य सामानको अभाव सिर्जना गरिरहेका छन् । यसले सर्वसाधारण जनताको जीवन बढी कष्टकर र त्रासपूर्ण बनाएको छ । सङ्कटको समयमा अकुत नाफाको लागि यस्ता कृत्रिम अभाव र कालाबजारी गर्नु अपराधमात्र होइन, अनैतिकता र अमानवीयता पनि हो । भाइरसको सङ्क्रमण फैलिए यसले सबै वर्ग, लिङ्ग, क्षेत्र र पेशाका मानिसलाई हानी गर्ने हो । त्यसकारण केही रूपैयाँ थप नाफाको लागि लोभी र बदमासहरूले गर्ने कुकृत्यले सबै जनतालाई दुःखको सागरमा डुबाउन सक्छ ।
समाजमा आउने यस्ता समस्या समाधानको प्रमुख जिम्मेवारी राज्यको हो । मानिसभित्रको लोभ, पाप, अधर्म आदिले टाउको उठाउँदा समाजमा अराजकता निम्तिन्छ । त्यसकारण, राज्यको दायित्व यस्ता अराजकताको व्यवस्थापन गर्नु हो भन्ने विचार शताब्दियौँअघि राजनीतिक चिन्तक मेकियावलीले दिएका थिए । आज हामी एक्काइसौँ शताब्दीमा छौँ । अझै पनि ‘सभ्य’ भनिएका मानिसको मनमा लोभ, पाप र अनैतिकता मेटिएको छैन । बरू अझ बढेको छ । पुँजीवादी व्यवस्थाले मानिसलाई अझ बढी लोभीपापी बनाएको छ । यस्तो अवस्थामा राज्यले अझ जिम्मेवारीपूर्वक भूमिका खेल्न जरूरी छ ।
राज्यका संयन्त्र अत्यावश्यक सामानमा हुने कालोबजारी र कृत्रिम अभावको विरोधमा परिचालित हुनुपर्छ । कसैको कुत्सित मनसायले यस्ता अपराध गर्छ भने कडा कारबाही गर्न सक्नुपर्छ । अत्यावश्यक वस्तुको अभावले जनताको जीवन अझ बढी कष्टकर हुने भएकोले आपूर्तिका सबै माध्यम चुस्तदुरूस्त राख्नुका साथै तत्काल उत्पादन गर्न सकिने वस्तुको स्वदेशमै उत्पादन गर्नुपर्छ । जनताप्रति जिम्मेवार राज्यले जनहितको लागि जे पनि गर्न तयार हुनुपर्ने कुरा छिमेकी देश चीन स्वयं उदाहरण हो । उहान सहरमा कोभिड–१९ को सङ्क्रमण व्यापक बनेपछि चीन सरकारले दस दिनभित्र दुई वटा अत्याधुनिक अस्पताल स्थापना ग¥यो । त्यहाँका विद्यालय, रङ्गशाला आदिमा समेत अस्थायी अस्पताल सञ्चालनको बन्दोबस्त ग¥यो । त्यसरी नै नेपाल सरकारले कम्तीमा देशलाई आवश्यक मास्क उत्पादनको चाँजोपाँजो मिलाउनुपर्छ । नेपालमा भएका मास्क कारखानालाई सामान्य समत्न्दा बढी मास्क उत्पादन गर्न निर्देशन दिनुपर्छ । जनतालाई कुनै पनि खालका खतरा वा असामान्य अवस्था नआउने विश्वास दिलाउन राज्य अझ जिम्मेवार बन्नुपर्छ ।
बजारमा समस्या देखिन थालिसकेको छ । सरकारले अब पनि विलम्ब गर्नु बुद्धिमानी नहोला । राज्यको क्षमता अरू सामान्य परिस्थितिमा भन्दा यस्तो बेला परीक्षण हुने गर्छ । जनताको जीवनमा कुनै पनि खाले अभाव र समस्या नहुने गरी कालाबजारी र कृत्रिम अभाव रोकेर सरकारले आफ्नो क्षमता प्रदर्शन गरोस् ।
Leave a Reply