भर्खरै :

चेतावनीलाई अर्को चेतावनी

क्रिश्चिना
अमेरिकास्थित टेनिसी स्टेट विश्वविद्यालयमा एसोसियट प्रोफेसर पदमा कार्यरत डा. घनश्याम भट्टको एक लेख ‘विचार’ स्तम्भमा २० फागुन २०७६ मा ‘अन्नपूर्ण’ मा छापिएको छ । ‘नेपाली प्रेसलाई चेतावनी’ शीर्षकको त्यस लेखमा उहाँको भनाइ हो, “एक स्वाधीन राष्ट्रले सरकारी स्तरबाटै त्यस्ता विदेशी चेतावनीको आलोचना, निन्दा र प्रतिवाद गर्नुपर्छ ।”
डा. घनश्याम भट्टको भनाइ ठीक नै हो, एक स्वाधीन देशको नाताले विदेशी चेतावनीको आलोचना, निन्दा र प्रतिवाद गर्नु आवश्यक छ । २५ असोज २०७६ अर्थात् ९ज्ञद्द इअतयदभच द्दण्ज्ञढ० मा चीनमा राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण हँुदै थियो । त्यस भ्रमणमा नेपाल र चीनको बीचमा ‘बन्दी आदानप्रदान’ बारे पनि सम्झौता हुने भएको थियो ।
तर, ज्ञज्ञ इअतयदभच द्दण्ज्ञढ अर्थात् (२४ असोज २०७६) को दिन संरा अमेरिकाको संसदको विदेश सम्बन्ध समितिका सदस्य रोबर्ट मेनेन्देजले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको नाउँमा एक पत्र लेखी तिब्बती शरणार्थीहरूलाई सुपुर्दगी गर्ने नेपाल र चीनबीच सम्झौता गर्नेबारे संरा अमेरिकाले ठूलो सरोकार राखेको उल्लेख ग¥यो ।
चिनियाँ राष्ट्रपति सीको काठमाडौँ भ्रमणको बेला सो सम्झौता भएमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र नेपाल र संरा अमेरिका द्विपक्षीय सम्बन्धमा गम्भीर नकारात्मक प्रभाव पार्ने चेतावनी दियो । (मजदुर–किसान, पूर्णाङ्क–२३, माघ–चैत २०७६)
त्यसबारे डा. घनश्याम भट्ट र नेपालका सम्पादकहरू मौन रहेको देखिए किन ? किनभने डा. घनश्याम भट्टजस्ता बुद्धिजीवी र अनुप काफ्लेजस्ता सम्पादकहरूको दृष्टिकोणमा खोट छ । त्यस खोटलाई दृष्टिकोणको दरिद्रता भनेमा फरक नपर्ला ।
आखिर संरा अमेरिकाको चेतावनी र धम्कीको अगाडि ओली सरकार झुक्यो र २४ असोज २०७६ कै दिन अर्थात् चिनियाँ राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणको एक दिनअगाडि राती मन्त्रिपरिषद्को बैठक राखी पहिल्यै निर्णय भइसकेको नेपाल र चीनको सुपुर्दगी सन्धि नगर्ने निर्णय गर्न बाध्य गराइयो । त्यसबेला देशको स्वतन्त्रता र सार्वभौमिकताको निम्ति डा. घनश्याम भट्ट र ती सम्पादकहरू कहाँ थिए ? संरा अमेरिकी सरकारको निर्णयसँग केही बुद्धिजीवीहरूको विचार जसरी मिल्छ, त्यस्तै त्यो विचारसँग सहमत हुनसक्ने नेपालीहरू पनि अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्न स्वतन्त्र छन् ।
डा. घनश्याम भट्टको उक्त लेखमा चीनबारे उहाँका विचारहरू निम्न छन् ः
(क) चीन एक अधिनायकवादी शासन भएको मुलुक हो ।
(ख) चीनले दिएको धम्कीलाई दुई कोणबाट हेर्न सकिन्छ । पहिलो हो – चीनको राजनीतिक अधिनायकवाद ।
(ग) माओको सर्वसत्तावादको अन्त्य भएपछि चीनले आर्थिक प्रगति गरेको हो ।
(घ) चीनमा कम्युनिस्टको अधिनायकवाद हावी छ ।
(ङ) अधिनायकवादी सत्ता भएकोले नै … चीनले १० दिनमै अस्पतालको निर्माण पूरा गरेर स्वास्थ्य सेवा दिनसकेको छ ।
(च) विश्वव्यापीकरणको सबभन्दा बढी लाभ लिने मुलुक चीन हो ।
माथिका समझदारीले राज्यसत्तालाई उहाँ परोपकारी संस्था सम्झनुहुन्छ भन्ने प्रस्ट छ । राज्यसत्ता एउटा सत्ताले अर्काे सत्तालाई दबाउने साधन हो । वर्ग भेद भएसम्म वर्गसङ्घर्ष रहन्छ र राज्यसत्ता पनि अस्तित्वमा रहन्छ । आज संसारमा सबभन्दा बलियो राज्यसत्ता संरा अमेरिकाको हो । त्यो शक्ति नै आज सबभन्दा ठूलो अधिनायकवादी, निरङ्कुश, स्वेच्छाचारी र एकाधिकारवादी हो ।
तर, डा. घनश्याम भट्ट अगाडि फरक ढङ्गले भन्नुहुन्छ ः
क) अधिनायकवादी चरित्र संसारकै राजनीतिमा देखिन्छ ।
(ख) नेपालको राजनीति अपरिपक्व छ ।
(ग) चीनको राजनीति अमेरिकाको जस्तो आक्रामक छैन ।
(घ) चीनको परराष्ट्र नीतिलाई नम्र नीति भन्न सकिन्छ ।
(ङ) नेपालमा माओको सर्वसत्तावाद बलपूर्वक लागू गर्न खोजिएको थियो । त्यो राष्ट्रवाद थियो ।
(च) माओवाद र उत्तर कोरियाको तानाशाहलाई समेत नेपालमा आदर्श मानिन्छ ।
(छ) चीन, भारत र अमेरिका नेपालका मित्र राष्ट्र हुन् … मोदी … ट्रम्पको एमसीसी सहयोग वा सी चिङफिङ विचारधारा यी कुनै पनि … राष्ट्रहितमा हुँदैनन् ।
माथिका भनाइहरू डा. घनश्याम भट्ट सम्भवतः राजनीतिशास्त्रका प्राध्यापक हुनुहुन्न, न त इतिहास र अर्थशास्त्रका ¤ उहाँको अभिव्यक्ति र प्रयोग भएका राष्ट्रहरूबारे तलका केही विषयमा छलफल गरे । पछि आउने उहाँका लेखहरू नेपाली पाठकहरूले बुझ्ने छन् ।
१) माक्र्सवाद–लेनिनवाद एक सार्वभौम सिद्धान्त हो अर्थात् माथितिर केही वस्तु फाल्दा जसरी तल पृथ्वीमै खस्छ, त्यो नियम जहाँ पनि लागू हुन्छ । त्यो सिद्धान्त र वाद हो ।
२) ‘माओवाद’ एक अमेरिकी विश्वविद्यालयको विद्यावारिधि गर्ने व्यक्तिको ठम्याइ हो । माओ त्सेतुङ्ग वा चिनियाँ कम्युनिस्ट पार्टीले ‘माओवाद’ लाई कहिले स्वीकार गरेनन् ।
३) माओ त्सेतुङ्ग विचारधाराको अर्थ हो – माक्र्सवाद–लेनिनवादलाई चीनको धर्तीमा लागू गर्दाको अनुभवको सार । त्यो अनुभवको सार
अन्त लागू हुन पनि सक्छ र नहुन पनि सक्छ, त्यो एक निर्देशक सिद्धान्तमात्र हो । त्यो कुनै वाद वा सार्वभौम सिद्धान्त होइन ।
४) नेपालमा ‘माओवाद’ को प्रयोग प्रचण्ड र बाबुरामजीहरूले भारतको सहयोगमा गरेको ‘गृहयुद्ध’ हो । यसबाट माओ त्सेतुङ्ग विचारधारा बदनाम भएको छ । ‘माओवाद’ ले चीनको समेत बदनाम भएको नेपाली जनता अनुभव गर्दै छन् ।
५) जहाँसम्म प्रजग कोरिया (उत्तर कोरिया) को जुछे विचारको अर्थ हो, जनताकै हितमा आफ्नै खुट्टामा उभिएर अगाडि बढ्ने राजनैतिक व्यवहार हो । अर्को शब्दमा आत्मनिर्भर अर्थतन्त्रमा आधारित समाजवाद ¤
६) भूमण्डलीकरणले चीनले सबभन्दा बढी लाभ लिएको भन्ने विषय छ – विश्व व्यापार सङ्गठन ९ध्त्इ० को नियमभित्र बसेर चीनले व्यापार गरेको बारे सबै जानकार प्रस्ट छन् ।
७) चीन, भारत र अमेरिकाबारे पनि डा. घनश्याम भट्टले स्पष्ट दृष्टिकोण राख्नु आवश्यक छ । चीनबारे परस्परविरोधी समझदारी देखिन्छ ।
८) संरा अमेरिका, बेलायतदेखि भारतसम्मका सबै पुँजीवादी व्यवस्था पुँजीवादी अधिनायकवाद अर्थात् पुँजीपति वर्गको हितमा पुँजीपति वर्गले चलाउने शासन हो । समाजवादी देशहरूमा बहुमत कामदार जनताको हितमा शासन चलेको हुन्छ । समाजवादी देशहरूमा पनि निर्वाचनबाटै सरकारका पदाधिकारीहरूको निर्वाचन हुन्छ ।
९) १० दिनमा चीनले ठूलो अस्पताल बनाउनु तानाशाही व्यवस्थाले होइन बरु चीनको विज्ञान, प्रविधि र निर्माणमा देखापरेको बन्दोबस्त हो । नेपालका ठेकेदारहरूले राष्ट्रिय गौरवका योजनाहरूलाई नाफाको निम्ति अधोगतिमा पु¥याएका हुन् । तिनीहरू देश र जनताको सेवाको निम्ति होइन नाफाको निम्ति ठेकेदार बनेका हुन् ।
डा. घनश्याम भट्ट अमेरिकास्थित टेनिसी विश्वविद्यालयमा एसोसियट प्रोफेसर पदमा कार्यरत हुनु राम्रो हो । तर, नेपालको विषयमा जानेरमात्र कलम चलाउँदा बढी उपयोगी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *