भर्खरै :

राम्रो अध्ययनविना हचुवा टिप्पणी

– पी. ग्वाछा
नयाँ पत्रिका २८ फागुन ०७६ मा ‘साना दललाई छैन महाधिवेशनको हतारो’ शीर्षक लेख पढ्ने अवसर दिनुभएकोमा लेखकद्वय नवीन झा र शुरोजंग पाण्डेलाई साधुवाद छ । भनिन्छ नि, साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ । त्यस्ताहरुले झँै लेखकद्वयले नेमकिपालाई बुझ्न सके जस्तो लागेन । पत्रिकामा नियमित लेख्नेहरुले नै राम्रो अध्ययनविना कलम चलाउँछन् भने पाठक कसरी सुसूचित होलान् ? संसदीय राजनीतिमा ढुलमुलिएका पत्रकार तथा नेताहरूलाई सही मार्ग दर्शन गर्ने नेमकिपालाई सङ्ख्यामा मापन गर्ने लेखकद्वय पैसालाई मात्र धन ठान्छन् कि के हो ? विदेशीलाई नागरिकता दिने ऐन संशोधनको विपक्षमा एक्लो हात उठाएको मन्त्री प्रधानमन्त्रीको प्रस्तावलाई अस्वीकार गर्ने, नयाँ पुस्तालाई संसद्मा पु¥याउने पार्टीका नेता नयाँ भारतले मिचेको लिपुलेक, लिम्पियाधुराको विरुद्धमा खरो उत्रिएको पार्टी र एमसीसीको विरोध गर्ने एकमात्र पार्टीको नेताले नयाँ पुस्ता तयार नगरेको देख्नु दृष्टिदोषबाहेक अरु भन्न सकिन्न ।
सत्यको पक्षमा बोल्ने पार्टीलाई थप टेवा दिनु पर्नेमा देशको राजनीतिक दिशालाई कतै धुल्मुल्याउन त खोजेको होइन ? पवित्र शब्द ‘कर्मकाण्ड’ लाई अपवित्रताको बिल्ला भिराई शब्दको अपमान हुने गरी अपव्याख्या हुने गरी प्रयोग गर्नुको टुक नहुने गरी प्रयोग गर्नुभन्दा राष्ट्रियताको सवालमा पश्चिम नेपालको मिचेको लिम्पियाधुराबारे लेखकद्वयले कलम चलाएको भए वेश हुने थियो । आशा छ, अपवित्र गठबन्धन र सतालिप्सामा लिप्तहरूको दिशाबोधको लेख पढ्नपाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *